SKIP TO MAIN CONTENT

गृह मन्त्री पिटर डटनमा पनि देखियो कोरोना भाइरस सङ्क्रमण

अस्ट्रेलियाका गृह मामिला मन्त्री पिटर डटनले आफूलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको पुष्टि गरेका छन्।

peter dutton
Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Skip to article content

एक वक्तव्य जारी गर्दै डटनले आज बिहान घाटी दुखेको र शरीरको तापक्रम बढेको पाएको बताएका छन्।

"त्यसपछि मैले तुरुन्त क्विन्सल्याण्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर कोभिड-१९ को लागी जाँच भयो। "

र त्यहाँबाट आफूलाई कोभिड-१९ भएको पुष्टि गरिएको बताएका छन्। 

साथै क्विन्सल्याण्ड स्वास्थ्य विभागको नीति अनुसार कोभिड-१९ भएका सबैले अस्पतालमा बस्नु पर्ने भएकाले आफूले पनि सो नियम पालना गर्ने जनाएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now