SKIP TO MAIN CONTENT

भिक्टोरियामा कोभिड–१९ प्रतिबन्ध थप खुकुलो,आज राती देखि २५ किलोमिटर भित्र अर्को एक परिवारको भ्रमण गर्न सकिने

भिक्टोरियामा कोविड- १९ का प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ जस अन्तर्गत मङलबार राति देखि लागु हुने गरी एकै परिवारका दुई जना सम्मले २५ किलोमिटरमा रहेका अर्को कुनै परिवारको भ्रमण गर्न सक्नेछन् ।

Hot air balloons are seen over Melbourne in early June when Victoria had recorded no zero cases.
Melbourne'da bugün yeni esnemeler bekleniyordu. Source: AAP Image/James Ross

2 min read

Published

Updated

By SBS Nepali

Presented by SBS Nepali, Krishna Pokharel

Source: SBS News



Skip to article content

क्रिसमस सम्म अस्ट्रेलियालाई खुलाउने सङ्घीय सरकारको योजनामा साथ दिँदै राज्य सरकारले भिक्टोरियामा जारी कोभिड–१९ का प्रतिबन्धहरूलाई केही खुकुलो बनाएको छ,जस अन्तर्गत मङलबार राति देखि लागु हुने गरी एकै परिवारका दुई जना सम्मले २५ किलोमिटरमा रहेका अर्को कुनै परिवारको भ्रमण गर्न सक्नेछन् ।

 

दुई वयस्क बाहेक अन्य कुनै आश्रित उनीहरू सँग रहने भए उत् व्यक्ति  पनि भ्रमणमा  सहभागी हुन सक्नेछन् ।

 

भिक्टोरिया प्रिमीयर ड्यानियुल एन्ड्रीउज भन्छन् भेटघाटका क्रममा कडा दिशानिर्देश हुनु आवश्यक छ किनकि घरमा प्राय मानिसहरूले सुरक्षाका नियमहरू तोडिदिन्छन् ।

 

उनि भन्छन् “एउटा परिवारले भ्रमण गरेपछि उत्त घरमा अन्य आगन्तुक आउन  पाउने छैनन् ।”

यद्यपि यस्ता भ्रमणमा मानिसहरू अरूको घर कति समय सम्म रहन सक्नेछन् भन्ने बारेमा केही बताइएको छैन ।

भिक्टोरियामा लामो समय पछि पहीलोपटक लगातार दुई दिन कोरोना सङ्क्रमणका कुनै पनि मामला फेला परेका छैनन् ।

 

महीनौ पछि आतिथ्य सेवामा ग्राहकहरूले बसेर सेवा लिन सक्नेछन् भने खुद्रा व्यापार एवम् ब्युटी पार्लर जस्ता सौन्दर्य सम्बन्धी सेवाहरू सञ्चालन आउने छन् ।

 

राज्य सरकारले आफ्नो घरमा आउने मानिसहरूको रेकर्ड राख्न पनि अनुरोध गरेको छ ता कि प्रकोपको अवस्था आए जानकारी र ट्रेसिङ सजिलो होस ।

मेलबर्नमा पछिल्लो १४ दिनको दैनिक संक्रमणदर २ दशमलव ८ मा झरेको छ भने ११ देखि २४ अक्टोबरका बिच जम्मा ६ वटा श्रोत फेला नपरेका सङ्क्रमण देखिएका छन् ।

 

रिजनल भिक्टोरीयमा भने औसत संक्रमणदर शून्य दशमलव २ मा झरेको छ ।

सोमबार प्रिमीयर एन्ड्रउजले  विश्वकै सबैभन्दा लामो लकडाउनको अन्त्य भएको घोषणा गरेका थिए ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now