SKIP TO MAIN CONTENT

बुद्ध जयन्ती मनाउने हंगकंगको अनौठो परम्परा

HK Cheung Chau Bun Festival 2019
香港長洲舉辦太平清醮活動,凌晨零時舉行搶包山。 Source: RTHK/李大煒攝

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

चेङ्ग चाउ बन महोत्सवका उपलक्ष्यमा हंगकंगका केही स्थानीय मानिसहरूले पाउरोटीको एक प्रकार - बनले बनेको एक मिनार चढ्दै ती गुलिया मिठाई टिपेर बुद्ध जयन्ती मनाएका छन्।

उक्त मिठाई टिप्ने प्रतियोगितामा हरेक एक चोटिमा १२ जनाले १४ मिटर अग्लो “बन टावर” चढ्ने गर्दछन् र खल्तीभर “भाग्यशाली” बन लिएर वोर्लाने आस गर्छन्।

भेनस वंगले उक्त पर्वबारे जानकारी दिँदै ट्विटरमा लेखेकी छिन्,

“यो हंगकंगको परम्परागत क्रियाकलाप हो, रातो अक्षरमा लेखिएको सन्देशको अर्थ तपाईँकहाँ सदैव शान्ति छावोस र आशा गर्छौँ कि तपाईँलाई भविष्यमा सधैँ सफलता प्राप्त होस्।"

यो बन पर्वको लागि भनेर स्थानीय म्याक डोनाल्ड्सले समेत आफ्नो मेनुबाट मासु, अण्डा र दूधबाट बन्ने सबै परिकारहरू उपलब्ध नहुने जनाएको एक पर्चा एएफपीकी एक पत्रकार केटी फोर्सटरले ट्विट गरेकी छिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now