SKIP TO MAIN CONTENT

नेपालको पर्यटन प्रवर्द्धन गर्न थाईल्याण्डको तस्बिर !!!

नेपाल भ्रमण २०२० को ठुलो प्रचारका साथ लन्डनका भूमिगत रेल सेवामा केही दिन अघि आकर्षक तस्बिरहरू र प्रचार सामाग्री देखिएका थिए।

Nepal tourism
Source: Twitter

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

नेपालको पर्यटन प्रवर्धन गर्ने एक समितिबाट प्रचार गरिएको भनिएका ती तस्बिरहरू, दुर्भागयवाश- नेपालको नभई थाईल्याण्डको थियो।   

बेलायतमा अहिले क्रिकेट विश्वकप चलिरहेको छ। लाखौँ मानिसहरू यो प्रतियोगिता चलेको समयमा त्यहाँ आएका हुन्छन्।

यही कुरालाई मध्यनजर गर्दै नेपालका एक उधोगपति सुरज वैध अध्यक्ष रहेको एक समितिले लन्डनको भूमिगत रेल स्टेसनहरू तथा विभिन्न स्थानहरूमा - नेपाल  भ्रमण   २०२० लाई लिएर विभिन्न प्रचार र प्रसार गर्न थाल्यो।

पहाड, झरना र बुद्ध धर्मालम्बीहरुले प्रार्थना गर्दै गरेको उक्त तस्बिरले नेपालको झझल्को त दिन्थ्यो। तर वास्तवमा त्यो तस्बिर नेपालको नभएर थाईल्याण्डको परेछ।

समाचारमा जनाइए अनुसार, अहिले ती तस्बिर र प्रचार सामाग्रीहरू हटाई सकिएको छ।

नेपाल पर्यटन बोर्डले आफूले त्यो प्रचार नगरेको दाबी गरेको भनी नेपालबाट प्रकाशित हुने द काठमान्डु पोस्टले जनाएको छ।

वैधले सञ्चालन गरेको समितिलेलाई एक स्थानीय डिजाइनरलाई त्यसरी प्रचार सामग्री बनाउन जिम्मा दिएको जसले गर्दा यो गल्ती भएको बोर्डले जनाएको छ।

लन्डनका कतिपय स्थानीयले सामाजिक सञ्जाल प्रयोग गर्दै, यस विषयलाई लिएर ठट्यौली गरेका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now