SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा तपाईँले कसरी कोभिड-१९ विरुद्धको खोप लगाउन सक्नुहुन्छ?

अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप वितरण कार्य हाल जारी छ। तपाईँले खोप लगाउन कहाँ र कसरी समय लिन सक्नुहुनेछ भन्ने जानकारी यस लेखमा छ।

COVID-19 vaccines
COVID-19 vaccines Source: Getty Images/Tang Ming Tung

3 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

अस्ट्रेलियाको कोभिड–१९ राष्ट्रिय खोप रणनीति प्राथमिकतामा परेका मानिसहरू र देशभर रहेका खोप केन्द्रका बारेमा सुसूचित गर्दछ।

अग्रपङ्क्तिमा रहेका स्वास्थ्य कर्मचारी, क्वारेन्टिन र सीमा कर्मचारी एवम् वृद्ध स्याहार वा आशक्तता केन्द्रमा बसोबास गर्ने मानिसहरू अनि त्यहाँका कर्मचारीहरू राष्ट्रिय खोप कार्यक्रमको पहिलो चरणमा समावेश गरिएका छन्।

यदि तपाईँ कोभिड-१९ खोप लगाउन योग्य हुनुहुन्छ र कहाँ अपोइन्टमेन्ट बुक गर्न सकिन्छ भनेर पत्ता लगाउन चाहनुहुन्छ भने यहाँ थिच्नुहोस्

यदि तपाईँ ४० वर्ष वा सोभन्दा माथि उमेरको हुनुहुन्छ भने तपाईँ खोपका लागि योग्य हुनुहुन्छ। १६ देखि ३९ वर्ष बिचका केही व्यक्तिहरू खोपका लागि पनि योग्य हुन सक्छन्।

खोप बारे तपाईँको योग्यता जाँच गर्नका लागि यो वेबसाइटमा गएर चरणबद्ध रूपमा निर्देशनहरूको पालना गर्नुहोस् : 

यदि तपाईँ योग्य हुनुहुन्न, र १८ वर्ष वा सो भन्दा बढी उमेरको हुनुहुन्छ भने, तपाईँ खोपका लागि योग्य हुने बित्तिकै सूचित हुन अनुरोध गर्न सक्नुहुन्छ।

हाल १६ वर्षभन्दा कम उमेरका मानिसहरू अझै पनि अस्ट्रेलियामा कोरोनाभाइरस विरुद्धको खोप लिन योग्य छैनन्।

तपाईँ आफ्नो जीपीसँग पनि खोप लगाउने बारे समय लिन सक्नुहुन्छ। 

 

नेपाली भाषामा खोप बारे आधिकारिक जानकारीका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयको वेबसाइट जानुहोस्।

सिफारिस गरिएका खोपहरू कुन-कुन हुन्?

खोपसम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी)ले १६ देखि ५९ वर्ष उमेरका मानिसहरूका निमित्त फाइजरद्वारा निर्मित कोमिर्नाटी खोप सिफारिस गरेको छ।

 

आफ्नो चिकित्सकको सल्लाह लिएर १८ देखि ५९ वर्षका मानिसहरूले एस्ट्राजेनेका खोप पनि लगाउन सक्नेछन्। यसो गर्दा तपाईँले यो खोप लगाउन म सहमत छु भन्ने व्योहोराको पत्रमा हस्ताक्षर गर्नुपर्छ।

 

मोडर्ना खोपलाई पनि १८ वर्ष माथिका अस्ट्रेलियावासीका प्रयोगका लागि अस्‍थायी अनुमति प्रदान गरिएको छ र सेप्टेम्बर महिनादेखि यो खोप उपलब्ध हुने आसा सरकारको छ।

https://www.sbs.com.au/labsembeds/vaccine-recipient-calculator-lote/index.html?lang=nepali

तपाईँको खोपको लगत राखिने छ

कसले खोप लगाएको छ भनेर सुसूचित हुन सरकारले खोप लिने व्यक्तिहरूमा केही जानकारी राख्नुपर्छ। 

 

यसरी रेकर्ड राख्नु अस्ट्रेलियाली खोप कार्यक्रम अन्तर्गतका सेवा प्रदायकहरूको दायित्व हो।

 

व्यक्तिहरूको खोप स्थितिको जानकारी माई हेल्थ रेकर्ड, मेडिकेयर (खोप इतिहास विवरण), वा खोपको समयमा एक प्रमाणपत्र छापिएको पत्र मार्फत उपलब्ध हुनेछ र पछि इमेल मार्फत इलेक्ट्रोनिक प्रतिलिपि रेकर्ड पनि उपलब्ध हुनेछ।

सबैलाई खोप निःशुल्क 

अस्ट्रेलियाका नागरिक, स्थायी बासिन्दाका साथै सबै किसिमका भिसावाहकहरूलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराइनेछ।

तपाईँ अस्ट्रेलियामा विद्यार्थी भिसा, कामदार भिसा, पारिवारिक भिसा, पार्टनर, शरणार्थी, अस्थायी संरक्षण भिसा, मानवीय भिसा, ब्रिजिङ वा अन्य जुनसुकै भिसामा हुनुहुन्छ भने पनि खोप लगाउन पैसा तिर्नुपर्दैन।

भिसा रद्ध भएर अध्यागमन वन्दी गृह वा इमिग्रेसन डिटेन्सन सेन्टरमा रहेकाहरूलाई पनि खोप निःशुल्क लगाइने सरकारी व्यवस्था छ।

कोरोनाभाइरस बारे पछिल्लो जानकारी, सूचना र समाचार नेपाली भाषामा यहाँ उपलब्ध छ

कोरोनाभाइरस सम्बन्धी सरकारी जानकारी

स्वास्थ्य विभाग- कोरोनाभाइरस जानकारी नेपाली भाषामा 

गृह मामला विभाग -कोरोनाभाइरस जानकारी नेपाली भाषामा 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरिटरी, एसीटी, टास्मेनिया।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now