

Interactive
Published
अस्ट्रेलिया अझै बहु सांस्कृतिक हुँदै गइरहेको छ।
वर्तमान अस्ट्रेलियाका करिब २८% मानिसहरू विदेशमा जन्मिएका हुन् भने झन्डै आधाभन्दा बढी जनसङ्ख्याका अभिभावकहरू विदेशमा जन्मिएका - तर केही स्थानहरूमा यो सङ्ख्या झनै धेरै छ।
यस वर्ष सार्वजनिक भएको सन् २०२१ को जनगणनाको अनुसार सन् २०१७ यता अस्ट्रेलियाले १० लाखभन्दा बढी नयाँ आप्रवासीहरूलाई स्वागत गरेको छ।
त्यस मध्य करिब २,२०,००० जना भारतबाट आएका हुन्। अस्ट्रेलियामा जन्मिएका मानिसहरू पछि जनसङ्ख्या सबैभन्दा धेरै वृद्धि हुनेमा भारत पर्दछ।
अस्ट्रेलिया र बेलायत पछि तेस्रो स्थानमा रहेको भारतले यस पक्षमा चीन र न्यु जिल्यान्डलाई पनि उछिनेको छ।
तपाईँको सब्अर्बका बासिन्दाहरू अस्ट्रेलिया बाहेक कुन-कुन देशमा जन्मिएका हुन् त - तल दिइएको नक्सामा हेर्नुहोस्। त्यस्तै, व्यापक प्रयोग हुने भाषा र धर्म सम्बन्धी अन्य दुई नक्साहरू पनि हेर्न सक्नु हुन्छ।
दोस्रो स्थानमा मेलबर्नको इन्नर सिटी सब्अर्ब छ (१३७ देशहरू) भने सिड्नीका ब्ल्याकटाउन र मरूब्रा तेस्रो स्थानमा (१३३ देशहरू) रहेका छन्।
त्यस्तै, १००० जनाभन्दा बढी बासिन्दा रहेका क्षत्रहरू मध्य विदेशमा जन्मिएका मानिसहरू सिड्नीको हेमार्केटमा रहेका छन्।
सहरको चाइनाटाउन र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अधिकतम सङ्ख्या भएको सब्अर्बको लागि यो कुनै नौलो कुरा भने होइन।
हेमार्केटमा बसोबास गर्ने करिब ७८% बासिन्दाहरू विदेशमा जन्मिएका हुन्, जस मध्य २१% चीनबाट, १७% थाइल्यान्डबाट, ११% इन्डोनेसियाबाट र ३% क्रमशः मलेसिया र कोरियाबाट हुन्।
अर्को हातमा, (१००० जनाभन्दा बढीको बसोबास हुने क्षत्र मध्य) विदेशमा जन्मिएका मानिसहरूको सबैभन्दा कम सङ्ख्या क्वीन्सल्यान्डका शेरबर्ग र याराबा आदिवासी समुदायहरू, र नर्दन टेरिटरीको मिलिनगिम्बी रहेका छन्।
ध्यान दिनु पर्ने कुरा - अस्ट्रेलियामा जन्मिएका मानिसहरूलाई समावेश नगर्दा समग्र अस्ट्रेलियाली जनसङ्ख्याको ३.२% रहेका ८,१२,७२८ आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू पनि समावेश हुँदैनन्।
भाषाको कुरा गर्दा, अस्ट्रेलियाभर ३५० वटा भन्दा बढी भाषाहरूको प्रयोग हुन्छ। ती मध्य आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डका मानिसहरूले प्रयोग गर्ने १६७ वटा भाषाहरू पनि पर्दछन्, र केहीलाई तल दिइएको नक्सामा हेर्न सक्नु हुन्छ।
घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा प्रयोग गर्ने मानिसहरूको सङ्ख्या सन् २०१६ देखि झन्डै ८,००,००० ले बढेर ५५ लाख नाघेको छ।
अस्ट्रेलियामा करिब ८,५०,००० मानिसहरूले आफूलाई अङ्ग्रेजी भाषा बोल्न नआउने, या राम्ररी बोल्न नआउने बताएका छन्।
तपाईँको सब्अर्बमा कुन भाषाहरू प्रायः बोलिन्छ - तलको नक्सामा हेर्नुहोस्।
त्यस पछि अरेबिक भाषा पर्दछ, जसलाई करिब ३,६७,००० ले प्रयोग गर्दछन्।
त्यस्तै, घरमा बोलिने अङ्ग्रेजी बाहेक अरू भाषा मध्य पन्जाबी भाषाको प्रयोग सबैभन्दा बढेको हो। सन् २०१६ को तुलनामा ८०% बढ्दै हाल घरमा पन्जाबी बोल्ने मानिसहरू २,३९,००० भन्दा बढी छन्।
पछिल्लो जनगणना धर्मको विषयमा पनि निकै रोचक पाइएको छ - हाल अस्ट्रेलियामा ३८.९% मानिसहरूले कुनै धर्म नमान्ने बताएका छन्। सन् २०१६ ३०.१% मानिसहरू यस समूहमा थिए।
सन् २०१६ मा ५२.१% रहेको इसाई धर्म हाल ४३.९% मा झरेको छ।
त्यस्तै, इस्लाम ३.२%, हिन्दु २.७% र बौद्ध धर्म २.४% रहेका छन्।
अस्ट्रेलियाका शीर्ष १० धार्मिक सब्अर्बहरू दुर्गम क्षत्रहरूमा या पश्चिमी सिड्नीमा छन्, जहाँ आप्रवासी जनसङ्ख्या औसतभन्दा बढी पाइन्छ।
तपाईँको सबअर्बमा कुन धर्महरू सबैभन्दा धेरै मानिन्छन् - तलको नक्सामा हेर्नुहोस्।
सन् १९४२ मा यस क्षत्रमा मेथोडिस्ट तरिका स्थापना भएको थियो, जसमा अहिले ४७% ले युनाइटिङ चर्च, र २६% ले आदिवासी परम्परागत आदिवासी विश्वासहरू मान्ने बताएका छन्।
पश्चिमी सिड्नीका यी सबअर्बहरूको तथ्याङ्क यस्तो छ: बंगरिबी ३४% हिन्दु, एलिजाबेथ हिल्स ४४% क्याथोलिक, माउन्ट लुविस ४०% क्याथोलिक, गिरावीन ५२% हिन्दु, एबट्सबरी ५३% क्याथोलिक, माउन्ट भर्नन ५८% क्याथलिक र कार्न्स हिल ३७% क्याथोलिक। माउन्ट भर्नन बाहेक यी सबै सबअर्बहरूमा विदेशमा जन्मिएका मानिसहरूको सङ्ख्या अस्ट्रेलियामा जन्मिएकाको (औसत २७.६%) भन्दा बढी छ।
त्यस्तै, उत्तरी मेलबर्नको सबअर्ब रक्सबर्ग पार्कमा ३४% ले इस्लाम धर्म मान्छन्। टिवी टापुस्थित अबोरिजिनल समुदाय वुरुमियांगामा ८२% जनसङ्ख्या क्याथलिक छन्।
विदेशमा जन्मिएका मानिसहरूको अत्यधिक सङ्ख्या - ७५% - ह्यारिस पार्कमा रहेको छ। त्यहाँका बासिन्दाहरू मध्य ४५% भारतमा जन्मिएका छन्, र ४७% ले हिन्दु धर्म मान्ने गरेको बताए।
भारतीय पृष्ठभूमिको सङ्ख्या अधिक भएतापनि भाषिक विविधता केही कम छैन। १५% ले गुजराती, १२% ले हिन्दी, १२% ले पन्जाबी र १२% ले नेपाली र ६% ले तेलुगु भाषा बोल्ने गरेका छन्।
अस्ट्रेलियन नेशनल विश्वविद्यालयकी जनसङ्ख्या विद् डा. लिज एलेन भन्छिन् कि कतिपयले एक समूहको रूपमा सोच्ने यी समुदायहरू खासमा विविध हुन सक्छन् भनेर भाषिक विविधताले देखाउँछ।
"बाहिरबाट समान देखिन सक्ने यी समुदायहरूमा धेरै भिन्नता देख्न सकिन्छ," उनले बताइन्।
त्यस्तो, कतिपय मानिसहरूले आफ्नो पहिचान या अभ्यासको रूपमा कुनै धर्मको नाम भने तापनि, वास्तविकता फरक हुन सक्ने डाक्टर एलेनले बताइन्।
"धेरै जसो अवस्थामा हामीले सेन्ससको धर्म प्रश्नमा छानेको धर्म हाम्रो बाल्यकालमा रहेको हुन सक्छ, र त्यसलाई हामीले "वर्तमान"मा मानिरहेको नहुन पनि सक्छौँ।"
"हाम्रो धर्म हाम्रो संस्कृतिसँग जोडिएको हुनाले, कतिपय समयमा हामीले बाध्यताको रूपमा पनि आफूले कुनै धर्म मान्ने गरेको भन्छौँ।"
उनी बताउँछिन् कि प्रायः अभिभावकहरूले आफ्ना बालबालिकाका लागि धर्मको पहिचान गरिदिन्छन्, र मानिसहरू विवाह पछि पारिवारिक आदर्शका कारणले कुनै धर्ममा संलग्न हुन्छन्। तर, उमेर बढ्दै जाँदा धेरै मानिसहरूले आफू कुनै धर्मसँग पहिचान नगर्ने बताउने गरेका छन्।
गिरावीनका बासिन्दा गोवर्धनको जन्म भारतमा भएको थियो। वेट्मिड नजिकको एक हिन्दु मन्दिरमा जाने गरेका उनी भन्छन् कि उनको समुदायमा धर्मले ठूलो भूमिका खेल्दैन।
सात वर्ष अगाडी भारतीय समुदायको ठूलो जनसङ्ख्या देखेर आफू यो सबअर्बमा सरेको उनले बताए। तर उनका लागि आकर्षणका मुख्य विषयहरू भनेको पारामाटा (सिड्नीको दोस्रो ठूलो सीबीडी) बाट नजिक भएको हुनाले, यातायात, किनमेल गर्न सजिलो, र राम्रा विद्यालयहरू हुन्।
उनको सबअर्ब ह्यारिस पार्कबाट पनि नजिक छ।
गोवर्धन ती ७% स्थानीयहरू मध्य पर्दछन्, जसले भारतको शास्त्रीय भाषा तेलुगु बोल्छन्। उनी भारतको साझा भाषा हिन्दी पनि बुझ्छन् अनि बोल्छन्।
भारतीय समुदायलाई शिक्षा, चाडपर्व र अन्य समाचारको साझा जानकारी आदानप्रदानका लागि उनले एक फेसबुक पेज सुरु गरेको बताए।
"हामी सबै जना एउटै ठाउँबाट आएका हौँ र हामीसँग एक अर्कालाई आदानप्रदान गर्ने धेरै विचार र चीजहरू छन्।
चौध वर्ष अस्ट्रेलियामा बसेका उनले आइटी आफ्नो करियरलाई अगाडी बढाएका छन्।
"यहाँ मेरो करियर राम्रो छ, समुदाय राम्रो छ, सुन्दर देश छ, मानिसहरू राम्रा छन् र राम्रो अर्थव्यवस्था छ," उनले भने।
"अस्ट्रेलिया एक बहुसांस्कृतिक देश हो, र हामीलाई सबै संस्कृति र सबै मानिसहरू मन पर्छ।"
विदेशमा जन्मिएका सबैभन्दा धेरै मानिसहरू बेलायतबाट छन्, जुन अस्ट्रेलियाको कूल जनसङ्ख्यामा ४% रहेको छ। त्यस पछि भारत ३%, र चीन र न्यु जिल्यान्डमा जन्मिएकाहरू क्रमशः २% मा छन्।
त्यस्तै, जनसङ्ख्याको १% ओगट्ने अरू देशहरू फिलिपिन्स, भियेतनाम, साउथ अफ्रिका, मलेसिया, इटाली र श्रीलङ्का हुन्।
करिब ७२% अस्ट्रेलियालीहरूले घरमा अङ्ग्रेजी बोल्ने गरेको बताएका छन्।

अस्ट्रेलियन नेशनल विश्वविद्यालयका प्राध्यापक जेम्स रेमर भन्छन् कि धेरै अङ्ग्रेजी आप्रवासी अस्ट्रेलियामा लामो समयदेखि छन्, र चीन र भारतका मानिसहरू हालसालै आउन थालेका हुन्।
"यदि तपाईँले जन्मिएको देशको आधारमा आप्रवासीहरू उमेर संरचना हेर्नु हुन्छ भने, ६०, ७०, ८० र ९० उमेर समूहका थुप्रै मानिसहरू बेलायतमा जन्मिएका थिए। भारत र चीनमा जन्मिएका निकै कम आप्रवासीहरू ती उमेर समूहका छन्।"
त्यस्तै, बेलायतमा जन्मिएका मानिसहरूको जनसङ्ख्या अस्ट्रेलिया भर निकै फैलिएको छ, र उनीहरू कुनै पनि ठाउँको कूल जनसङ्ख्यामा १% भन्दा बढी छैनन्।
ती समुदायहरू अधिक रहेका यी क्षत्रहरूमा हुन् - दक्षिणी पर्थको बाल्डिभिस, हार्बर नजिकको सबअर्ब मोस्मन, भिक्टोरियाको मर्निङ्गटन र पर्थको सबअर्ब रकिङ्गह्याम।
अस्ट्रेलियामा आप्रवासीहरू आउने अर्को चर्चित देश भनेको नेपाल हो।
पछिल्लो जनगणनामा नेपालबाट आउनेहरूको सबैभन्दा बढी प्रतिशत वृद्धि र दोस्रो ठूलो जनसङ्ख्या वृद्धि पाइएको छ।
सन् २०१७ देखि ७०,००० भन्दा बढी मानिसहरू अस्ट्रेलिया आएका छन्, जससँगै सन् २०१६ देखि यहाँको नेपाली जनसङ्ख्या दोब्बर बढेको छ।
डा. एलेनले बताइन् कि ऐतिहासिक रूपमा अस्ट्रेलियामा नेपालीहरूको सङ्ख्या थोरै थियो। त्यसैले यो हालको वृद्धि महत्त्वपूर्ण देखिएको हो।
यस वृद्धिले नेपालको आर्थिक अवस्थामा विकास भएको देखाउने सक्ने उनले बताइन्, जस कारण नेपालीहरू विदेश यात्रा गर्न सक्छन् र आफ्ना बालबालिकालाई अस्ट्रेलियाली विश्वविद्यालयहरूमा पढ्न पठाउन सक्छन्।
नेपाली समुदायको ठूलो सङ्ख्या सिड्नीका अबर्न, हर्स्टभिल र स्ट्र्याथफिल्ड सबअर्बहरूमा छन्।
प्राध्यापक रेमर भन्छन् कि आप्रवासी अस्ट्रेलिया आएर, विभिन्न भाषा बोल्नु र फरक धर्म मान्नु नयाँ कुरा होइन।

उनी भन्छन् कि भविष्यमा अफ्रिकाका देशहरूबाट आउने मानिसहरू सङ्ख्या धेरै हुन सक्छ, किनभने उनीहरू सङ्ख्या तीव्र गतिमा बढिरहेको छ, र चीन लगायत अन्य पूर्वी एसियाली राष्ट्रका मानिसहरू अलि कम हुँदै गएका छन्।
केही समयहरूमा अस्ट्रेलियालाई आप्रवासीहरूसँग अनुकूलन गर्न गाह्रो भएतापनि, "भविष्यको कुरा गर्ने हो भने, उनीहरूका बालबच्चाहरू अस्ट्रेलियामा हुर्किन्छन् ... अस्ट्रेलियाली विद्यालयहरूमा जान्छन्, र अस्ट्रेलियाली बन्छन्" भन्ने रेमरको भनाइ छ।
सन् २०२१ को जनगणना अनुसार तपाईँ बस्ने ठाउँ, तपाईँले बोल्ने भाषा र देश कसरी परिवर्तन भइरहेको छ भन्ने बारे थप जानकारीका लागि एसबीएसको सेन्सर एक्सप्लोररमा हेर्नुहोस्।