नेपालबाट अस्ट्रेलिया आएका विद्यार्थीहरूको बसाइ अझ कसरी सहज होला?

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले नेपालबाट अस्ट्रेलिया उच्च अध्यनका लागि आएका विद्यार्थीहरूको समस्याहरूलाई समेट्ने गरी कार्यक्रम तर्जुमा गर्न विद्यार्थीहरूबाट नै राय सङ्कलन गर्ने प्रयासको थालनी गरेको छ।

International students in Canberra protesting

International students during a protest demonstration against the ACT Government in August. Source: Supplied

विद्यार्थीहरूको करियर डेभलपमेन्टदेखि सुरक्षा र अन्य जुन कुनै सरोकारका विषयहरू छन् भने गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया त्यसबारे बुझ्न उत्सुक रहेको जनाइएको छ।

सर्वेक्षणको परिणाम अनुरूप आफ्ना नीति तथा कार्यक्रमहरूलाई विकास तथा परिमार्जन गरी व्यवहारिक र विद्यार्थी उपयोगी बनाउने प्रयास स्वरूप उक्त सर्वेक्षण गरिएको गैर आवासीय नेपाली सङ्घ, अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले एसबीएस नेपालीलाई बताए।

"अस्ट्रेलिया आउने नेपाली विद्यार्थीहरूका यथार्थ समस्याहरू लाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारे बुझ्न गैरआवासीय नेपाली सङ्घले यो सर्वेक्षण गर्न लागेको हो।"
Dila Kharel
Dila Kharel, NRNA-A Spokesperson Source: Facebook/Dila Kharel

यस सर्वेक्षणमा अनलाइन मार्फत अस्ट्रेलियाभर भरका सम्पूर्ण नेपाली, सरोकारवाला विद्यार्थी, अभिभावक, विभिन्न क्षेत्रका विज्ञ तथा राष्ट्रिय अन्तर्राष्ट्रिय शैक्षिक सङ्घ संस्था र परामर्श सेवा का सम्बन्धित व्यक्तिहरू बाट उनीहरूको रचनात्मक र सकारात्मक राय, सल्लाह र सुझाव को अपेक्षा सहित यो मत सर्वेक्षण सुरु गरिएको बताइएको छ।

पछिल्लो समयमा नेपाली समुदायका विधार्थीहरूमा देखिएको मानसिक स्वास्थ्य समस्या, पानीमा सुरक्षा सतर्कता नअपनाउँदा ज्यान गुमाउनु परेका घटना लगायतलाई समेट्ने गरी सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श लिइने प्रवक्ता खरेलले बताएका छन्।

कानुन, शिक्षा , कर, लेखा, स्वास्थ्य, पानी, यातायात, विभिन्न किसिमका प्रकोप, वातावरण लगायत मानव जीवन सँग सम्बन्धित अन्य सघन क्षेत्र मध्ये कुन विषयमा सङ्घले नियमित रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने आवश्यकता छ ? लगायतका प्रश्नहरू सर्वेक्षणमा समावेश गरिएका छन्।

सङ्घका प्रवक्ता डिला खरेलले भने, "हामीले अस्ट्रेलिया आउनु पूर्व नेपालमा नै यस्ता विषयमा विद्यार्थीहरूलाई जानकारी दिने कार्यक्रमहरू ल्याउने योजना बनाएका छौँ।"

त्यसका लागी अस्ट्रेलिया आउनु पूर्व यहाँको शिक्षा प्रणाली, सुरक्षा का विषय तथा अस्ट्रेलियाको रहनसहन र बसाइ बारे जानकारी भए नभएको भन्ने प्रश्नका साथ विद्यार्थीहरूको अस्ट्रेलिया आउनु अगाडिको तयारी कस्तो हुने गरेको छ भन्ने बुझ्ने प्रयास गरिएको छ।

सङ्घले विभिन्न समयमा नेपाली विद्यार्थीहरू लाई आर्थिक सहयोग गर्दै आएको पनि जनाएको छ।

संघले उपलब्ध गराएको सहयोग विवरण :

वर्ष                     रकम              विद्यार्थी सङ्ख्या

२०११- १३            २२,५०० डलर           ८

२०१३- १५           ४०,००० डलर           १४

२०१५- १७           ४१,७०० डलर           २४

२०१८                 १६,१२० डलर            १०

नेपालबाट अस्ट्रेलिया उच्च अध्यनका लागि आएका विद्यार्थीहरूले अस्ट्रेलियामा भोग्नु परेका समस्या र सङ्घले कसरी त्यसलाई सम्बोधन गर्नु पर्छ जस्ता प्रश्नहरू समावेश गरिएको सर्वेक्षण जनवरी १७ देखि जारी गरिएको छ। 

सर्वेक्षणमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस्।


Share

2 min read

Published

Updated

By Sunita Pokharel



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now