करिब ६ वर्षदेखि इयुले नेपाललाई उसको कालो सूचीमा राख्दै आफ्ना २८ सदस्य राष्ट्रहरुको प्रवेश माथि रोक लगाउदै आएको छ।
अन्तरार्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकोओ)ले करिब डेढ वर्ष अघि उसले सन् २०१३ देखि नेपाललाई राख्दै आएको गम्भिर सुरक्षा चासो (एसएससी)बाट हटाए पछि अब इयुको प्रतिबन्ध पनि फुकुवा हुन्छ भन्ने धेरैले आशा लिएका थिए। तर आइकाओले उसको सूचीबाट हटाएकै केहि महिना पछि इयुले नयाँ सूचि निकाल्यो जसमा नेपालको स्थितिमा केहि फरक परेन अनी यो विषयमा बहस हुन सेलाएको थियो।
तर केहि समयअघि तत्कालिन संस्कृती, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले एउटा अन्तर्वाता दिने क्रममा अब इयुको प्रतिबन्ध पनि फुकुवा हुने दावी गरेका थिए।
दुखकको कुरा तीनै मन्त्री, नागरिक उड्डनयन प्राधिकरणका अधिकारी, हवाइ तथा पर्यटन क्षेत्रका एक नामी व्यवसायी सहित सात जना चढेको हेलिकप्टर गत साता ताप्लेजुङमा दुर्घटनाग्रस्त भयो।

ताप्लेजुङ्गको चुहानडाँडा स्थित एयरपोर्ट निर्माणको संभावना बुझ्न उक्त टोली काठमाण्डूबाट उडेको थियो। त्यहाँबाट त्यही क्षेत्रमा पर्ने प्रसिद्ध मन्दिर पाथिभरकाको द्शन गरेर काठमाण्डू फर्कने क्रममा डाइनेष्टी एयरलायन्सको हेलिकप्टर सिस्नेभीरमा ठोकिएर दुर्घटनाग्रस्त भयो।
केहि समयअघि तत्कालिन संस्कृती, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले एउटा अन्तर्वाता दिने क्रममा अब इयुको प्रतिबन्ध पनि फुकुवा हुने दावी गरेका थिए।
खराब मौसममा उडान गर्नु दुर्घटनाको एउटा कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लोस मौसम खराब हुँदा हुँदै हेलिकप्टर उडाउन थालिएको देखिएको एकजना पूर्व पाइलटले बताए।
"नेपालको भूभागमा विमान चलाउन सहज छैन। एकदम सावधानिका साथ चलाउनु पर्छ त्यसमा पनि पछिल्लो समय खराब मौसममा पनि उडान भर्ने नेपाली उड्डयन क्षेत्रमा निकै सामान्य बन्दैगएको छ," उनी भन्छन्, "खै के कारणले हो सुरुमा केहि पाइलटहरुले निकै जोखिम लिएर यस्तो उडान गरे? त्यसपछि विभिन्न एयरलाइन्सहरुले फलानो एयरलाइन्सको पाइलटले त फलानो (धेरै जोखिम भएको) एरपोर्टमा यस्तो मौसममा पनि हेलिकप्टर उडाए भन्न थाले। त्यसैले पछिल्लो समय पाइलटहरुलाई पनि यस्तो जोखिम लिन नजानिँदो दवाव पर्न थालेको मैले देखेको छु। तर यो पाइलट र एयरलाइन्स दुवैको लागि घातक हुनसक्ने जोखिम हो भन्ने बुझ्न र यसलाई रोक्न जुरुरी छ।"
उक्त दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन। सरकारले हेलिकप्टर दुर्घटनाको छानविन गर्न एक समिति पनि गठन गरिसकेको छ।

नागरिक उड्डयन प्राधिकरणका एक जना पूर्व महानिर्देशक त्रिरत्न मानन्धर पछिल्लो दुर्घटनाले इयुको कालो सूचीबाट हट्ने नेपालको प्रयासमा बाधा पुर्याउन सक्ने बताउँछन्,"दुर्घटना न्यूनीकरण गर्नका लागि पछिल्लो समय नेपालले थुप्रै हवाइ सुरक्षाका उपायहरु अपनाएको छ।
तर राम्रो कामको नतिजा देखिन समय लाग्छ अनी केहि गरी केहि खराब भइहाल्यो भने त्यसको हल्ला पनि धेरैहुन्छ र त्यसका खराब परिणाम निम्तयाउँछ। त्यसै पर्यटनमन्त्री नै चढेको हेलिकप्टर दुर्घटनामा पर्यो भन्ने कुराले इयुले नेपालमाथि लगाएको प्रतिबन्धमा पनि असर पर्नसक्छ।"
तर नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु भने हालको दुर्घटनाले त्यस्तो दुर्गामी असर नपार्ने तर्क गर्दछन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, "हवाई दुर्घटना जुन कुनै देशमा पनि हुनसक्छ।
इयुले कालो सूचिमा नराखेका देशहरुमा हवाई दुर्घटनानै नभएका पनि होइनन्। हामीले यस्तो दुर्घटना न्यूनिकरण गर्न संभावित उपायहरु अपनाउने काम गर्ने हो जुन हामीले गरिरहेका छौं। त्यसैले एउटै दुर्घटनाका कारण इयुले लगाएको प्रतिबन्ध हट्दैन भनि हाल्न मिल्दैन। तर हामीले यस्तो दुर्घटना भविष्यमा नदोहोरियोस् भन्ने तर्फ सजक हुँदै काम गर्नुपर्छ।"
"हवाई दुर्घटना जुन कुनै देशमा पनि हुनसक्छ"
इयुकै प्रतिबन्धका कारण नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गरेको करिब ८ महिना बितिसक्दा पनि त्यसलाई उडाउनका लागि नयाँ गन्तव्य थप्न सकेको छैन। विमान ल्याएपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान सुरु गर्ने बताइएको थियो।
२०६३ साल असोज ७ गते पनि यस्तै "हाइ प्रोफाइल" व्यक्तिहरु बोकेको एक हेलकप्टर ताप्लेजुङ जिल्लामै दुर्घटनाग्रस्त भएको थियो र त्यसमा सवार २४ जनाकै ज्यान गएको थियो। त्यस बेला तत्कालिन वन राज्यमन्त्री गोपाल राई, हर्क गुरुङ लगायत वातावरणविदहरु सवार हेलिकप्टर दुर्घटनामा परेको थियो।
