स्वास्थ्य चिन्ता: राम्रो जीपी कसरी भेट्टाउने?

आफ्नो स्वास्थ्यलाई लियर सचेत जो कोहीलाई नियमित जांच देखि स्वास्थ्यमा समस्या परे कहाँ जाने र कुन डाक्टरलाइ देखाउने भन्ने प्रश्न महत्वपुर्ण हुने गर्दछ । दक्ष, सुलभ र आफ्नो पृष्ठभूमिलाई बुझ्ने किसिम को जेनेरल प्राक्टिश्नर (जीपी) भेट्टाउनु आफ्नो स्वास्थ्य प्रतिको सजकताको पहिलो खुड्किलो हो ।

Rheumatoid arthritis, general practitioner examining patient and hand for signs of rheumatoid arthri

Rheumatoid arthritis. General practitioner examining a patient's hand for signs of rheumatoid arthritis. Source: Getty Images

यदि तपाइँ अस्ट्रेलियाका सहरी क्षेत्रमा बस्नु हुन्छ भने यो खोजि सजिलो हुन सक्छ । इन्टरनेट को एक क्लिकमा आफु बसोबास भएको स्थानमा उपलब्ध जीपीहरु सजिलै भेट्टाउन सकिन्छ । तर राम्रो जीपी भेट्टाउन अलि बढी मेहनत पक्कै पनि गर्नु पर्छ ।

अस्ट्रेलियन मेडिकल एसोसियसनका उपाध्यक्ष डा. टोनी बार्टनका अनुसार आफ्नो समुदायका साथि वा आफन्तहरुसंग परामर्श गरेर उनीहरुको सिफारिस अनुसार आफ्नो लागि जीपी चयन गर्नु यउटा राम्रो उपाय हो ।

यसरि निर्णय स्वामित्व र आफु कसलाई भेट्दै छु भन्ने बारेमा पूर्व जानकारी पाउदा उपभोक्तामा आत्मविश्वास बढ्ने गर्दछ ।
ea8ce07a-907c-4b16-8778-38d6fccf047f_1518572908.jpeg?itok=2djkMLj8

कतिपय स्थानमा आफ्नो भाषा बोल्ने जीपी पनि पाइन्छ तर यदि त्यो नभए, जसले आफ्नो जस्तै पृष्ठभूमिका मानिसहरुलाइ जांच गर्दै आएका छन् र साथमा तपाइको सांस्कृतिक पृष्ठभूमि बारे अबगत छन् त्यस्ता जीपी चयन गर्नु उपयुक्त हुन्छ ।

भाषा समस्यालाइ मध्यनजर गर्दै फोन या प्रत्यक्ष अनुबादन सुबिधा पनि प्रदान गरिन्छ। यस्ता सुबिधा र प्रक्रियाबारे पनि जीपी खोज्ने क्रममा ध्यान दिनु पर्दछ ।

कतिपय समयमा डाक्टरहरु सुलभ नहुने र जटिल कामहरु आय पन्छिन खोज्ने प्रबृत्तिप्रति लक्षित् गर्दै उपाध्यक्ष बार्टन भन्छन “केहि डाक्टरहरुले अलिकति जटिल काम वा सहायता दिनु पर्दा आफु अत्यन्त ब्यस्त रहेको वा कुनै निश्चित समयमा मात्र सेवा प्रदान गर्ने भन्न सक्छन ।

त्यसैले कुनै पनि स्वास्थ्य सेवासंग आबद्ध हुनुपुर्ब नै त्यसका बारेमा जतिसक्दो बढी जानकारी लिनु पर्दछ ।“

बालबालिकालाइ जांच गर्ने नगर्ने, घरमा सेवा प्रदान गर्ने नगर्ने, कुनै समयमा आउनु कत्तिको उपयुक्त छ, यदि आकस्मिक सेवा लिनु परे के गर्ने, नर्स छ या छैन, सामुदायिक स्वास्थ्य सेवा उपलब्ध भय नभयको, शुल्क नियम कस्तो छ, कार्यालय समय पश्चात कसरि सम्पर्क गर्ने लगायतका अनुत्तरित कुनै पनि बिषयमा प्रश्न गर्नु पर्ने डा. बार्टनको भनाइ रहेको छ ।

a2dcdf7e-74bb-4ee1-b9a7-9bcd1fbbdb0d_1518572957.jpeg?itok=F780j4Sa

आफ्नो जीपी छान्दा ध्यान दिनु पर्ने अर्को कुरा भनेको सेवा शुल्क पनि हो । सम्पूर्ण सेवा शुल्क मेडिकेयरको अन्तर्गत पर्दछ अथवा थप आफुले पनि तिर्नु पर्ने हो भन्ने बिषयमा बिस्तृतमा बुझ्नु आबस्यक हुन्छ ।

बिशेष गरि मेडिकेयरले बेहोर्ने रकम र जम्मा तिर्नु पर्ने रकम बिचको फरक अर्थात अन्त: शुल्क कति छ भन्नेबारे सेवा लिनु पूर्व जान्नु उपयुक्त हुने डाक्टर सम बलासुब्रमनियन बताउछन ।

जीपी अभ्यास को बिशेष गरि पश्चिम सिड्नीमा सरणार्थी स्वास्थ्यका बिषयमा प्रशिक्षण लिइरहेका डा. बलासुब्रमनियनका अनुसार केहि बिशेष परिस्थितिमा उपभोक्ताले उल्लेखित शुल्क भन्दा बढी तिर्नुपर्ने हुन सक्छ त्यसकारण पनि सिधै सेवा प्रदायकसंग कुरा गर्दा केहि सहुलियत मिल्न सक्छ ।


Share

2 min read

Published

Updated

By Ismail Kayhan




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now