SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा काम कसरी खोज्ने ?

Job searching
Source: AAP

2 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide



Skip to article content

आफ्नो सीप र दक्षता अनुसारको काम शुरुमै सजिलै र भने जस्तो तरिकाले पाउन धेरै लाई हम्मे-हम्मे पर्छ। अझ बाहिरबाट अस्ट्रेलिया भित्रिएकाहरुलाई त अझ अफ्ठेरो पर्न सक्छ। अर्को मुलुकमा आई काम खोज्दा शुरुमा त भाषा कै समस्या हुन्छ , र अर्को चाहि यहाँको चलन र सस्कृति बुझ्न समय लाग्छ। यसले गर्दा धेरै प्रवासीहरु तुरुन्तै भने जस्तो र आफ्नो सीप अनुसारको काम पाउदैनन्।

यसै बिषयमा, कामको खोजीमा रहेको जनशक्ति र कामदारको माग गरिरहेको रोजगारदाता बीच सेतु बनाउने काम "जब -एक्टिव" ले गर्दछ। अस्ट्रेलियाको सरकारको पहलमा शुरु भएको यस कार्यक्रमले कामको खोजीमा रहेका व्यक्तिहरुलाई विभिन्न रोजगारदाताहरुले प्रदान गर्ने अवसरको जानकारी दिन्छ र साथै जागीर पाउन सहयोग पनि गर्छ।

"जब एक्टिव"का अधिकारीहरुका अनुसार करिब एक - तिहाई जागीरहरु सार्वजनिक सूचनामा प्रकाशित हुँदैनन्, र यस्तो बेला आफ्नो सम्पर्क संजाल  कति फैलिएको छ, त्यसले फरक पार्दछ। यसै कारण, जागीरको खोजीमा रहेकाहरुले एकातिर आफ्नो दक्षता र सीप बढाउदै लानु पर्छ भने, अर्को तर्फ आफ्नो सम्पर्क पनि विस्तार गर्दै लानु पर्छ।

जागीर खोजी गर्दा ध्यान दिनु पर्ने कुराहरु :

१. आफु कुन काम को खोजीमा रहेको, त्यस सम्बन्धमा प्रष्ट हुने

२. ईमेल एकाउन्ट बनाउदा व्यबसायिक मर्यादा झल्कने गरी तयार गर्ने

३. आफ्नो व्यक्तिगत विवरण उच्चस्तरीय बनाउने

४. सेन्टरलिंक लगायत अन्य रोजगारी सबन्धि एजेंसीहरुमा आफ्नो विवरण बुझाउने

५. आफ्नो सम्पर्क विस्तार गर्ने र रोजगारदाता लाई सिधै सम्पर्क गर्ने

थप जानकारी अंग्रेजीमा

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now