'हाइब्रिड' संस्कृति लागु हुदै गर्दा काम र जीवनलाई कसरी सन्तुलन गर्ने?

घरबाटै काम गर्न सहज मानेको अवस्थामा आफ्ना व्यवस्थापकसँग खुलेर कुरा राख्न विज्ञ सुझाव दिन्छन्।

ABS LABOUR FORCE FIGURES

People in the central business district (CBD) of Sydney. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

Key Points

  • मार्चको तुलनामा सेप्टेम्बरमा आइपुग्दा घरबाट काम गर्ने घण्टामा कमी
  • कर्मचारीहरूले अफिसबाटै काम गरुन् भन्ने चाहना रोजगारदाताले राख्ने सह-प्राध्यापक मोहन थिटेको भनाई
  • कामका बारेमा सिनेटको कमिटीद्वारा नयाँ कानूनको प्रस्ताव

एक नयाँ अध्ययनले कोभिड–१९ प्रतिबन्ध हटेपछि घर र अफिस दुवै स्थानबाट काम गर्ने चलन सामान्य बन्दै गएको देखाएको छ।

तर पछिल्ला केही महिनामा कार्यालयमै पुगेर काम गर्ने चलन पनि बढ्दै गएको छ।

अध्ययनका अनुसार मार्च महिनाको तुलनामा सेप्टेम्बरमा आइपुग्दा मानिसहरू घरबाट कम र कार्यालयमै गएर धेरै काम गर्न थालेका छन्।

घरमा काम गर्ने घण्टा ४३ प्रतिशत झरेर सेप्टेम्बरमा २६ प्रतिशतमा पुगेको पाइएको छ।

यसको अर्थ मानिसहरू घरबाट कम र कार्यालयमै गएर बढी काम गर्न थालेका छन्।

यसरी कार्यालय जानेहरूमा साउथ अस्ट्रेलियाका सबैभन्दा धेरै छन्।

उनीहरूको घरबाट काम गर्ने समयमा ५३ प्रतिशतको कमी देखिएको छ।

यसै गरी एसीटी, टास्मेनिया र नर्दन टेरीटरीमा पनि घरबाट काम गर्ने घण्टामा कमी आइरहेको देखिएको छ।

युनिभर्सिटी अफ सिड्नी विश्वविद्यालयको इन्स्टिच्युट अफ ट्रान्सपोर्ट एन्ड लजिस्टीकका प्राध्यापक डेभिड हेन्सर यी नतिजाहरूले काममा हाइब्रिड संस्कृति लागु भएको देखिने बताउँछन्।

“हामीले कामको हाइब्रिड संस्कृति स्थापना हुँदै गरेको देख्दै गएका छौ,” उनले भने।

Businesswoman planning strategy on video call
New South Wales and Victoria had the highest WFH proportion at 31.4 per cent and 28.9 per cent in September. Credit: Morsa Images/Getty Images

यता ग्रिफिथ विश्वविद्यालयमा कर्मचारी व्यवस्थापन र औद्योगिक सम्बन्ध विषयका सह-प्राध्यापक डा मोहन थिटे, कोभिड–१९ महामारीबाट अस्ट्रेलिया निस्कँदै गर्दा, व्यवस्थापकहरूको अपेक्षा पनि बढ्दै गएको तर्क गर्छन्।

“कामदारहरू कार्यालयमा आएर अन्य कर्मचारीहरूसँग घुलमिल होउन् भन्ने उनीहरू चाहन्छन्, र लगातार घरबाट काम गर्दा उनीहरू प्रतिको नियन्त्रण गुमाउने हो कि भन्ने पनि डर छ,” डा थिटेले एसबीएससँग भने।

“तर अनुसन्धानहरूले घर वा कार्यालय बाहिर बसेर काम गर्दैमा, उत्पादकत्व नघट्ने देखाउँछ, धेरै अवस्थामा यो बढेको नै छ।”

कतिपय कर्मचारीले यात्राको समयको बचत जस्ता कारणले कार्यालयमा गएर काम गर्न अप्ठेरो मानिरहेका छन्।

सिड्नी विश्वविद्यालयको कार्य र सङ्गठनात्मक अध्ययन अनुशासनका वरिष्ठ लेक्चरर डा जेम्स डोनाल्ड भने कर्मचारीहरूले आफ्ना हाकिमसँग इमानदारीताका साथ कुरा गर्नु पर्ने बताउँछन्।

“कुनै कम्पनीले हप्तामा तीन दिन अफिसबाटै काम गर्नका लागि आदेश दिन सक्छन् तर हरेक कम्पनीमा त्यो लागु हुँदैन,” जेम्स डोनाल्ड बताउँछन्।

“तर कार्यालयमा यस्ता नियम भए पनि त्यहाँ केही लचिलो हुने अवस्था पनि हुन्छ।”

घरबाट काम गर्दा आफ्नो मानसिक स्वास्थ्य र कल्याणका साथै काममा बढी कुशलता पर्दशन गर्न सकिन्छ भन्ने लाग्छ भने आफ्ना प्रबन्धकसँग कुराकानी गर्नमा हिचकिचाउनु हुदैन्

डा डोनाल्ड बजारमा कामदार अभाव भएका कारण, व्यवस्थापकले कुरा सुन्ने सम्भावना रहने बताउँछन्।

“कम्पनीका अधिकांस प्रबन्धकहरू आफ्ना कर्मचारीबाट उत्कृष्ट काम निकाल्न चाहन्छन्, त्यसैले यो उनीहरूलाई काममा तान्ने उपाय पनि हुन सक्छ,” उनले भने।

“यहाँ दुवैको जित हुने अवस्था छ, तर धेरै कर्मचारीले यसका बारेमा कुरा उठाउन सक्दैनन्, आफ्ना कुरा राख्दैमा कसैले पनि कामबाट निकाल्दैन,” उनले भने।

सधैँ घरबाट काम गर्दाको नकारात्मक प्रभाव

घरबाट काम गर्ने कुरामा जोड दिए तापनि डा थिटे यसका नकारात्मक पक्षलाई पनि हेर्नु पर्ने बताउँछन्।

“एक्लोपना र अरूसँग अन्तर्क्रिया गर्न नसक्ने जस्ता मनोवैज्ञानिक समस्याहरू त्यहाँ छन्, परिवारले घेरिएर रहेका बेला, शान्त र ध्यान केन्द्रित गर्न पनि गार्‍हो छ,” उनले भने।

कर्मचारीले पनि कार्यालयबाट काम गर्दा व्यक्तिगत र व्यावसायिक फाइदाहरू पाउने बारेमा विचार गर्नु पर्दछ

“सबैभन्दा पहिले त ताजा हावा लिनुहोस्, मानिसहरूसँग अन्तर्क्रिया गर्नुहोस्, आजको अर्थतन्त्र नवपरिवर्तन र रचनात्मकताद्वारा सञ्चालित छ, तपाई आफूमा रचनात्मकता बढाउनका लागि अन्य मानिससँग अन्तर्क्रिया गर्नै पर्छ,” उनी सुझाव दिन्छन्।

यो एउटा, सङ्गठित प्रयास हो, कामको ज्ञानका लागि टिम वर्क निकै महत्त्वपूर्ण छ, त्यसैले पनि केही दिन कार्यालयमै गएर काम गर्नु कर्मचारीका लागि पनि फाइदा हुन्छ

उनी घरबाट काम गर्ने कुरालाई कम्पनीले सावधानी पूर्वक व्यवस्थापन गर्नु पर्ने पनि उनी सुझाव दिन्छन्।

“कर्मचारीलाई सहयोग गर्ने बारेमा कम्पनीका आफ्नै नीति हुन्छन्, कामको बोझ कम गर्ने वा कार्यालय समय भन्दा बाहिर काम नलगाउने,”

कामबाट विच्छेद हुने अधिकार

घरबाट काम गर्ने परिपाटी चलेसँगै, मानिसहरूले कामका लागि यात्रा गर्ने समय बचत गरेको भएता पनि, कामको दायरा बढेको र काम गर्ने घण्टामा पनि वृद्धि भएको बताइन्छ।

ससंदको काम र हेरचाह सम्बन्धी कमिटीले गत महिना अस्ट्रेलियाली सरकारलाई काम सम्बन्धी नयाँ कानून लागु गर्नका लागि सिफारिस गरेको छ।

“महामारीका कारण धेरै मानिसहरू घरबाट काम गर्न थालेका छन्, यसले धेरै कामदारको जीवन परिवर्तन गरेको छ,” कमिटीले भनेको छ।

तर यसका बाबजुद, काम गर्ने परिधि बढेकोमा भने कमिटीले चासो दिएको छ।

सरकारलाई सिफारिस भएको कामबाट विच्छेद हुन पाउने अधिकारमा यी बुँदा संलग्न छन्।

  • घरबाट काम गर्दा उत्पादनशील र लचिलोपनका लागि सहयोग गर्नु।
  • काम गर्न तोकिएको घण्टा बाहेकको समयमा कामबाट सम्पर्क विच्छेद गर्ने अधिकार कामदारलाई दिनु र रोजगारदातालाई यो लागु गराउनु
  • उचित रूपमा कामको समायोजनका गर्नु
  • रोजगारदाताले नियम लागु नगरे फेयर वर्क कमिसनमा अपिल गर्न अधिकार दिनु।

Share

4 min read

Published

Updated

By Sahil Makkar

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now