SKIP TO MAIN CONTENT

“विनाशकारी” डढेलोको दिन आफू र आफ्नो घर सम्पत्ति कसरी बचाउने?

सिड्नी लगायत न्यु साउथ वेल्स राज्य अहिले “विनाशकारी” डढेलोको प्रकोपमा छ।

NSW Rural Fire Service and Fire and Rescue NSW personnel conduct property protection as a bushfire burns in Woodford NSW, Friday 8 November, 2019.
NSW Rural Fire Service and Fire and Rescue NSW personnel conduct property protection as a bushfire burns in Woodford NSW, Friday 8 November, 2019. Source: AAP

2 min read

Published


Skip to article content

 

सन् २००९ मा पहिलो पटक डढेलोको वर्गीकरणमा “विनाशकारी” परेपछि यो वर्ष पहिलो पटक प्रयोगमा आएको छ।

बाहिरी सिड्नी सिड्नी लगायत बृहत् हन्टर, इलावारा/शोल्हेभन क्षेत्रका बासिन्दाहरूलाई मङ्गलवारका लागि पूर्वानुमान गरिएको “विनाशकारी” डढेलोको बेला आफू तथा आफ्नो सम्पत्तिको अस्तित्व बच्ने योजना बनाएर तयार रहन अधिकारीहरूले आग्रह गरेका छन्।

सिड्नीका पूर्वी तटीय सबर्बहरू देखि सहरको पश्चिममा अवस्थित ब्लू माउन्टेनसम्म पर्ने ३५ विभिन्न स्थानीय सरकारका कार्यक्षेत्रहरू मङ्गलवारको डढेलोबाट प्रभावित हुने अनुमान अधिकारीहरूले गरेका छन्।

यसका साथै, ग्रामीण अग्नि सेवाले बासिन्दाहरूलाई तम्तयार अवस्थामा बस्न सुझाएका छन् र आफ्नो “बुशफायर सर्भाइवल प्लान” को पुनः समीक्षा गर्न भनेका छन्।

“बुशफायर सर्भाइवल प्लान” - १ - छलफल

आफू नजिक डढेलो सुरु भए के गर्ने भन्ने बारे घरमा छलफल गर्नुहोस्। डढेलो एकदमै नजिक आइसकेको अवस्थामा घरमै बस्ने वा अन्यत्र जाने कुरा पहिल्यै निर्क्योल गरेर त्यसमा अडिग रहनु महत्त्वपूर्ण हुन्छ।

सकेसम्म चाँडो घर छोड्नु सबैभन्दा सुरक्षित उपाय हो।

घरमै बस्छु भन्ने हो भने राम्रो तयारी गर्नुहोस्।

घरमा आफू एक्लै पर्नुभयो भने के गर्ने बारे पनि राम्रो हेक्का राख्नुहोस् वा घरमा कोही एक्लै परे भने के गर्ने भन्ने बारे पनि पहिले नै सोच्नु आवश्यक हुन्छ।

त्यसै गरी, आफूले सोचेभन्दा द्रुत गतिमा आगो हिँड्यो वा फोन र बिजुलीको आपूर्ति भएन भने के गर्ने भन्ने बारे पनि छलफल गर्नुहोस्।

9e18537c-164a-492b-9676-546253930fef

“बुशफायर सर्भाइवल प्लान” - २ - आफू र आफ्नो घरलाई तयारी अवस्थामा राख्नुहोस्

घर वरिपरिका बोट बिरुवा र रुखहरू छिमलेर सफा अवस्थामा राख्नु उपयुक्त हुन्छ। त्यस्तै, पात पतिङ्गर जम्मा हुने नाली, गटर पनि सफा राख्नुहोस्।

 

“बुशफायर सर्भाइवल प्लान” - ३ - डढेलोको स्तरबारे जानकारी लिनुहोस्

तपाईँ बस्ने इलाका तिर डढेलो छ भने न्यु साउथ वेल्स अग्नि सेवाको वेबसाइट वा रेडियो मार्फत अद्यावधिक जानकारी पाउन सक्नुहुन्छ। अनि, “फायर्स नियर मी” एप पनि डाउनलोड गरेर सूचना प्राप्त गर्न सक्नुहुनेछ।

डढेलोको स्तरबारे जानकारी हुँदा मात्र कुन कदम कहिले लिने भन्नेबारे सही निर्णयमा पुग्न सजिलो हुन्छ।

“बुशफायर सर्भाइवल प्लान” - ४ - मुख्य जानकारी लीईराख्नुहोस्

डढेलोको बेला सही र अद्यावधिक जानकारी हुनु अति नै जरुरी हुन्छ। न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाका अनुसार आफूलाई पायक पर्ने र छिटो छरितो रूपमा जानकारी पाउने सेवासँग अभ्यस्त हुनु निकै नै जरुरी हुन्छ।

आपत्कालीन अवस्था भए ००० मा तत्काल फोन गर्नुहोस्।

डढेलो बारे केही बुझ्न परे वा थप जानकारी चाहिए बुशफायर इन्फरमेसन लाइनलाई १८०० ६७९ ७३७ मा फोन गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now