SKIP TO MAIN CONTENT

अस्ट्रेलियाबाट विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण कहाँ र कसरी हेर्ने?

सकरूजले विश्वकप खेलका लागि आफ्नो स्थान पक्का पारेसँगै, कतारमा हुने सम्पूर्ण खेलहरू प्रत्यक्ष, निःशुल्क र एचडी क्वालिटीमा एसबीएस मार्फत हेर्न सकिनेछ।

The 2022 FIFA World Cup will take place in Qatar.jpg
The 2022 FIFA World Cup will take place in Qatar.

3 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

फिफा विश्वकप फुटबल २०२२ का ६४ वटै खेललाई प्रत्यक्ष हेर्न वा आफ्नो समय मिलेका बेला निःशुल्क हेर्न एसबीएस अन डिमान्डमा खाता खोल्नुहोस्।

खेलको अन्तिम तैयारीमा जुटेको सकरूजले विश्वकपमा लगातार पाँचौ पटक सहभागिता जनाउदैछ।

हालसम्म ६ पटक विश्वकप खेल्ने अवसर पाएको अस्ट्रेलियाली टोलीलाई यस पटक प्रशिक्षक ग्राहम आर्नोल्डले नेतृत्व दिइरहेका छन्।

ग्रुप डी अन्तर्गत रहेर यस पटक अस्ट्रेलियाले फ्रान्स, डेनमार्क र टय्युनिसीया जस्ता मुलुकहरूसँग मैदानमा प्रतिस्पर्धा गर्नेछ।

सन् २०१८ को विश्वकप पछि लगातार दोस्रो पटक अस्ट्रेलिया डेनमार्क र फ्रान्ससँग भिड्ने भएको हो।

प्रशिक्षक ग्राहम आर्नल्डले २६ सदस्यको टोली विश्वकपका लागि तैयार पारेका छन्।

युवा खेलाडीहरूलाई अवसर दिँदै, प्रशिक्षक आर्नल्डले बलियो टोली तैयार पारेका छन्, १८ वर्षका गारङ्ग कुल विश्वकपमा अस्ट्रेलियाले चुनेका खेलाडी मध्ये सबैभन्दा कान्छा सदस्य हुन्।

यद्यपि अधिकांस खेलाडीले विश्वकप खेलेको अनुभव बोकी सकेकाले नोभेम्बर २३ मा फ्रान्स विरुद्ध हुने पहिलो खेलमा अनुभवी खेलाडी समावेश रहने पक्का छ।

अल जुनोव स्टेडियममा फ्रान्स विरुद्ध हुने पहिलो खेल अस्ट्रेलियाली समय अनुसार बिहान ६ बजे सुरु हुनेछ।

यसै गरी शनिवार २६ नोभेम्बरका दिन अल जुनोव स्टेडियममा ट्युनिसिया विरुद्ध हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ।

डिसेम्बर १ बिहीबारको दिन डेनमार्क विरुद्धको खेल भने अस्ट्रेलियाली समय अनुसार रातिको दुई बजे सुरु हुनेछ।

सकरुजका प्रत्येक खेलहरू केवल एसबीएस मार्फत प्रत्यक्षनिःशुल्क हेर्न सकिनेछ।

कतारमा हुने विश्वकपमा हरेक खेल एसबीएसले प्रत्यक्ष प्रसारण गर्नेछ।

करिब ५०० घण्टाको खेल सामाग्री एसबीएस र एसबीएस भाइसल्यान्ड मार्फत प्रसारण हुनेछ।

जस अन्तर्गत खेलका हाइलाइट्स, खेलको पुन: प्रसारण र अन्य खेल गतिविधिहरू समावेश हुनेछन्।

विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल भने डिसेम्बर १९ मा कतारको राजधानी दोहामा रहेको लुसेल स्टेडियममा हुने तालिका छ।

एसबीएसका पाठक दर्शक एवम् श्रोताहरूलाई विश्वकपका हरेक गतिविधिका बारेमा जानकारी दिन डिजिटल प्लाटफर्महरु मार्फत पनि खेलको प्रत्यक्ष प्रसारण, पुन: प्रसारण वा खेल सारंशहरु प्रस्तुत हुनेछन्।

एसबीएस अन डिमान्डले सम्पूर्ण खेल गतिविधि जुनसुकै बेला हेर्नका लागि व्यवस्था मिलाउने छ।

यसबाहेक एसबीएसको नयाँ वेबसाइट एसबीएस स्पोर्ट्स मार्फत पछिल्ला हाइलाइट्स, अन्तर्वार्ता, भिडियोहरू, समाचार, फिचरहरू र विचारहरू प्रस्तुत हुनेछन्।

विश्वकप फुटबलमा २०२२ मा सकरुजको खेल कुन दिन र कुन समयमा हेर्ने?

नोभेम्बर २३, बुधवार

समूह-डी फ्रान्स विरुद्ध अस्ट्रेलिया

बिहान ५ देखि ८:३० सम्म

प्रत्यक्ष प्रसारण एसबीएस र एसबीएस अन डिमान्डमा

नोभेम्बर २६, शनिवार

समूह-डी ट्युनिसीया विरुद्ध अस्ट्रेलिया

८ देखि ११:३० बजेसम्म

प्रत्यक्ष प्रसारण एसबीएस र एसबीएस अन डिमान्डमा

डिसेम्बर १, बिहीबार

समूह-डी अस्ट्रेलिया विरुद्ध डेनमार्क

रातिको एक बजेदेखि ४:३० सम्म

प्रत्यक्ष प्रसारण एसबीएस र एसबीएस अन डिमान्डमा

विश्वकप फुटबल २०२२ का प्रत्येक खेलहरू प्रत्यक्ष र निःशुल्क एसबीएस र एसबीएस अन डिमान्ड मार्फत हेर्नुहोस्। पछिल्ला खेल गतिविधिका बारेमा जानकार रहन एबीएस स्पोर्ट्सलाई फेसबुक, ट्विटर, इन्स्टाग्रामयुट्युबमा फलो गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now