SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बसोबास: “भोलनटिएर” बन्नुका फाइदा

हरेक दिन लाखौँ अस्ट्रेलियनहरुले आफ्नो समय सामुदायिक कार्यहरूका लागि दिने गरेका छन् जहाँ देशभरका विभिन्न सङ्घ संस्थाहरूले स्वयंसेवकहरूलाई खेलकुद लगायतका क्षेत्रहरूमा संलग्न हुने मौका प्रदान गर्ने गरेका छन्।

Saroj Khanal and his group of Nepali volunteers in Melbourne.
Saroj Khanal (2nd from left) and fellow volunteers who are helping new Nepali students in Melbourne. Source: Supplied

2 min read

Published

Updated

By Wolfgang Mueller, Audrey Bourget



Skip to article content

अस्ट्रेलियाभर करिब १०,००० भन्दा बढीको सङ्ख्यामा दर्ता भएका विभिन्न सङ्घ संस्थाहरूले स्वयंसेवकहरूलाई सामाजिक स्याहार, खेलकुद लगायत शिक्षाका क्षेत्रहरूमा संलग्न हुने मौका प्रदान गर्ने गरेका छन्।

स्वयंसेवक बन्नु भनेको अस्ट्रेलियन समुदायमा घुलमिल हुनु पनि हो र यसले भविष्यमा आफूलाई इच्छा लागेको क्षेत्रमा काम पाउन सजिलो बाटो पहिल्याइदिन पनि सक्छ।

साथै, स्वयंसेवक बन्नलाई एकदमै राम्रो स्तरको अङ्ग्रेजी हुनुपर्छ भन्ने पनि छैन।

volunteering
Source: AAP

न्यु साउथ वेल्स राज्यको आपत्कालीन सेवामा कमान्डर रहेका ग्राहम किन्डरका अनुसार उक्त संस्थाका प्रशिक्षकहरू भाषा, साक्षरता र गणितमा कमजोर हुने मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा तालिम प्राप्त छन्।

उनी भन्छन्, “हामी मानिसहरू विभिन्न पृष्ठभूमिका छन् र त्यसका साथै उनीहरूको फरक-फरक स्तर हुन्छ भन्ने कुरामा हेक्का राख्छौँ।”

अनि, कतिपय ठाउँहरूमा त तपाईँले नेपाली, नेवारी, भोजपुरी लगायतका आफूले घरमा बोल्ने भाषाहरूको सदुपयोग गर्न मिल्छ र आफ्नो पनि बोलीचालीको अङ्ग्रेजी सुधार्ने मौका पाउन सक्नुहुनेछ।

अस्ट्रेलियाको परिप्येक्षमा भन्ने हो भने, स्वयंसेवकहरूको बिना यहाँको समाज राम्ररी चल्न सक्दैन र बेला बेलामा विभिन्न सामुदायिक संस्थाहरूले उनीहरूको कदर गर्दै आइरहेका छन्।

Saroj Khanal in his car
सरोज खनाल Source: Supplied

मेलबर्न कै एक ग्रीक सामुदायिक कल्याण सङ्गठनमा स्वयंसेवक समन्वयकका रूपमा काम गर्दै आएका पारासेकी सिङ्गासका अनुसार स्वयंसेवक बन्दा मानिसहरूले पैसा बाहेक अरू थुप्रै कुरा पाउन सक्छन्।

“स्वयंसेवक बन्नु भनेको आफ्नो लागि केही गर्ने मौका हो। तपाईँले स्वयंसेवक बन्ने निर्णय गर्नुभयो भने आफ्नो क्षमता र कौशलद्वारा समुदायलाई सहयोग मात्र पुर्‍याउनु हुन्न, आफूलाई केही नयाँ कुराहरू सिक्ने मौका पनि दिनुहुनेछ,” उनी भन्छन्।

“स्वयंसेवक बन्दा आफ्ना प्रतिभाहरू प्रस्फुटन गर्दै व्यक्तित्व विकास गर्ने अवसर पनि प्रशस्त हुन्छ।”

हंगकंगबाट अस्ट्रेलिया आएकी लाप कुन लुङ्गले उनलाई अस्ट्रेलियन तरिकाहरू सिक्न स्वयंसेवक बन्न मन लागेको बताइन।

“म आएको ठाउँमा र यहाँ काम कुरा गर्ने चलनहरू सबैजसो फरक छन्। स्वयंसेवक बनेर मैले ती फरक चालचलनहरू सिक्ने र बुझ्ने राम्रो मौका पाएको छु।”

तर, केही समय यता, अस्ट्रेलियामा स्वयंसेवक बन्ने मानिसहरूको सङ्ख्यामा कमी आएको छ।

अस्ट्रेलियन तथ्याङ्क विभागका अनुसार, २०१० मा यहाँ बसोबास गर्ने ३६ प्रतिशत मानिसहरूले आफ्नो समय स्वयम् सेवक बन्न खर्चिन्थे भने सन् २०१४ सम्म त्यो सङ्ख्या घट्दै ३१ प्रतिशतमा झरेको थियो।

आफ्नो अमूल्य समय खर्चिने अस्ट्रेलियाका ६० लाख स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्ने उदेश्यका साथ मे २० तारिख देखि २६ सम्म देशभर विभिन्न समारोहहरुको आयोजना गरिंदैछ।

ब्रेकफास्ट, चियापान, लन्च, ओपन डे, पुरस्कार वितरण समारोह, पिकनिक आदि उक्त अवधिभर आयोजना हुनेछ।

राष्ट्रिय स्वयंसेवक सप्ताहबारे थप कुराहरू विस्तारमा बुझ्न र भोलनटियर सम्बन्धी अवसरहरू थाहा पाउन यहाँ क्लिक गर्नुहोस्।

National Volunteer Week
Source: Courtesy of Volunteering Australia.


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now