‘बलमा थुक नमिसाई खेलिने क्रिकेट निरश हुन्छ’

देशमा राष्ट्रिय खेलको रुपमा चिनिने क्रिकेट कोरोनाभाईरस पछि पहिलो चोटि अस्ट्रेलियामा प्रतिस्पर्धात्मक रुपमा फर्किदैछ, तर केहि नियमहरु भने नयाँ परिस्थितिलाई ध्यानमा राख्दै परिवर्तित हुनेछ।

South African cricket tour of Sri Lanka postponed again

South African cricket tour of Sri Lanka postponed again Source: Getty Images

कोरोनाभाईरसकको प्रकोप अस्ट्रेलियामा नियन्त्रण हुँदै गर्दा विभिन्न गतिविधिहरु सामान्य स्थितिमा फर्कदै गरेको छ। गत बिहिवारदेखि रग्बि लिगको खेल शुरु भएको थियो भने, अर्को हफ्ता क्रिकेट पनि शुरु हुने भएको छ।

अस्ट्रेलियाको राष्ट्रिय खेलको रुपमा हेरिने क्रिकेटको केहि नियम भने, कोरोनाभाईरसका कारण परिवर्तन हुने भएको छ। खेलाडीहरुले अबदेखि बलमा थुक मिसाउन पाउँदैनन्।

यसको अर्थ बलरले बल फाल्दा चाहेको जस्तो गतिको नियन्त्रण त्यस हुँईकाईको बलमा हुँदैन। केहिले यसले गर्दा खेलको महत्व घट्ने बताउछन्। 

अस्ट्रेलियाका फास्ट बलरको रुपमा हाल टोलीमा रहेका मिचेल स्टार्कले यो नयाँ नियमले खेललाई निरश बनाउने बताउछन्।

“क्रिकेटमा ब्याट्सम्यान र बलरको समान प्रतिस्पर्धा हुनु पर्छ। यस नयाँ नियमले ब्याट्सम्यानलाई बढी फाईदा दिन्छ,” भनि उनले प्रतिक्रिया दिएका थिए। 

तर अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले कोरोनाभाईरसको संक्रमणलाई ध्यानमा राक्दै यो नयाँ नियम अघि सारेको बताएको छ। थुकले बल चम्काउन नपाए पनि खेलाडीहरुले पसिना भने प्रयोग गर्न पाउने छन्।

यि सबै नियमहरु अल्पकालिन रहेको अधिकारीहरुले उल्लेख गरेका छन्।

ICC has published guidelines for the safe resumption of cricket to assist its Members in restarting cricket activity
ICC has published guidelines for the safe resumption of cricket to assist its Members in restarting cricket activity Source: AAP

कोरोनाभाईरसको प्रकोप पछि अस्ट्रेलियामा पहिलो चोटि प्रतिस्पर्धात्मक क्रिकेट खेल यहि जुन ६ तारिखका दिन शुरु हुँदैछ।

नर्दन टेरिटोरिको डार्बिनमा हुन लागेको यो प्रतियोगिता संसारभरिका क्रिकेटप्रेमीहरुको लागि ईन्टरनेटमा पनि प्रसारण गरिने बताईएको छ। 

अस्ट्रेलियाको अन्य क्षेत्रको तुलनामा नर्दन टेरोटेरिमा कोरोनाभाइरसको प्रकोप निकै कम रहेको छ र यहाँको व्यवसायिक केन्द्रहरु पनि प्राय: सामान्य स्थितिमा फर्किनै सकेका छन्।

यो आयोजना हुन लागेको क्रिकेट खेलका लागि पनि ५०० जनालाई मैदानमा प्रवेश दिन मिल्ने बताईएको छ। 

कोरोनाभाईरसको कारण यस खेलको आधिकारिक निकाय- क्रिकेट अस्ट्रेलियाले निकै आर्थिक नोक्सानी बेहोर्नु परेको छ।

यसका कारणले खेलाडीहरु तथा अन्य कर्मचारिहरुको तलबमा २० प्रतिशत कटौति गरिएको त्यस संस्थाले जनाएको छ। 

यसपल्टको गर्मी मौषमको खेलका लागि भारतको टोली यहाँ आउने अहिलेसम्म पक्का देखिएको छ।

तर यहि अक्टोबर महिनामा हुन लागेको टि-२० विश्वकप भने पछि सारिने अहिलेसम्मको संकेत रहेको छ।

यसले गर्दा क्रिकेट अस्ट्रेलियालाई झण्डै २५ मिलियन डलर घाटा लाग्ने देखिन्छ। 

तर अहिलेको लागि भने, खेल सामान्य स्थितिमा फर्काउनुनै सबैको प्राथमिकता रहेको छ।

 

 

 


2 min read

Published

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now