Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आइएलटीएस सञ्चालन गर्ने आइडीपीका कार्यकारी प्रमुख सर्वाधिक कमाइ गर्ने अस्ट्रेलियाली

अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलिया ल्याउने र आइएलटीएस भाषा परीक्षामा सह-स्वामित्व रहेका संस्थाका कार्यकारी प्रमुखले गत वर्ष ३ करोड ८० लाख डलर कमाएका छन्।

Visas for overseas students

Visas for overseas students Source: Getty Images

आइडीपी एजुकेसनका एन्ड्रु बार्कलाको उक्त तलब अस्ट्रेलियालीहरूको औसत तलब भन्दा ४२० गुणा बढी रहेको बताइएको छ।

एबीसीका अनुसार सन् २०१५ सालमा आइडीपी एजुकेसनमा शेयर सार्वजनिक गरिनु अगाडी बार्कलाले आफ्नो तलबको ठुलो भाग शेयर मार्फत लिएका थिए र पहिलो पटक शेयर सार्वजनिक हुँदा ६६ करोड डलरमा रहेको उक्त संस्थाको बजार भाउ, ३० जुन २०१९ सम्म बढेर ४ अर्व ४० करोड डलर पुगे पछि बार्कलालाई व्यापक मात्रामा नाफा भएको हो।

यसका साथ उनी सन् २०१९ मा अस्ट्रेलियाकै सबै भन्दा धेरै तलब पाउने कार्यकारी प्रमुखहरूको सूचिमा पहिलो स्थानमा पुगेका थिए।

International students
Source: Getty Images/Klaus Vedfelt

सुपरएनुएशन लगानीकर्ताहरूको अस्ट्रेलियाली परिषद् (एसीएसआइ) द्वारा तयार पारिएको उक्त सूचिमा पहिलो पटक अस्ट्रेलियाली शेयर बजारका एक सय प्रमुख संस्थाहरू भन्दा बाहिरका व्यक्तिले पहिलो स्थान हात पारेका हुन्।

यस भन्दा पहिला सन् २०१७ को आर्थिक वर्षमा डोमिनोज पिज्जाका डन मेजीले ३ करोड ७० लाख डलर कमाइ गरेर रेकर्ड बनाएका थिए।

आइडीपी एजुकेसन कि एक प्रवक्ताका अनुसार चाहिँ एन्ड्रु बार्कलाको तलब कार्यकारी प्रमुखको पदमा रहेका अन्य व्यक्तिहरू समान रहेको र २०१९ को आर्थिक वर्षमा प्राप्त मुनाफाले चाहिँ उक्त वर्षको सफलता मात्र दर्साउँदछ।

आइडीपी एजुकेसनले अस्ट्रेलिया लगायत विश्वका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विश्वविद्यालयहरूमा भर्ना हुन सहयोग गर्नुका साथै अङ्ग्रेजी भाषा परीक्षा आइएलटीएसमा पनि उक्त संस्थाको स्वामित्व रहेको छ।

ielts
Source: Pixabay

बार्कलाको अतिरिक्त उक्त सूचीमा स्वास्थ्य, पर्यटन, खानी कम्पनीका कार्यकारीहरूको वर्श्च्व रहेको छ जसमा ट्रेजरी वाइन इस्टेटका माइकल क्लार्क (पूर्व अस्ट्रेलियाली क्रिकेट कप्तान होइनन्) अर्का एक अपवाद हुन्।

त्यसै गरी हवाई टिकट बेच्ने वेबसाइट वेबजेटका प्रमुख कार्यकारी जन गसकिकको कमाइमा सो कम्पनीको शेयर बापतको आम्दानी पनि गणना हुने र हाल विद्यमान परिस्थितिमा उक्त कम्पनीको शेयर अवमूल्यन भएकाले उनको कमाइमा कमी देखिएको एसीएसआइ उल्लेख गर्छ।

अरू को-को छन् त उक्त सूचीमा?

२। पल पेर्रअल्ट - सीएसयल - ३७.५ करोड डलर

३। फिलिपे वल्जेन - क्लिनुभेल फार्मासिट्युकल्स - २०. ६ करोड डलर

४। माइकल क्लार्क - ट्रेजरी वाइन इस्टेटस् - १९.८ करोड डलर

५। जन गसकिक - वेबजेट - १६.४ करोड डलर

६। ग्रेग गुडम्यान - गुडम्यान ग्रुप - १४. ९ करोड डलर

७। रबर्ट केली - स्टेडफास्ट ग्रुप - १४.४ करोड डलर

८। एलन जोइस - क्वान्टस एयरवेज - १२.२ करोड डलर

९। कोलिन गोल्डश्मिड - सोनिक हेल्थकेयर - ११.९ करोड डलर

१०। जे एस ज्याक्स - रियो टिन्टो - १०.३ करोड डलर

महिला परिनन्

IELTS Test
Source: Rawpixel/Unsplash

माथिको सूचिमा कुनै महिलाको नाम छैन - हाल मक्वारी समूहको नेतृत्व गरिरहेकी सेमारा विक्रमनायके सन् २०१९ आर्थिक वर्षको मध्य तिरबाट मात्र सो पदमा आसीन रहेकीले उनको नाम "टप टेन"मा समावेश हुन सकेन।

तर उनले पहिलो ६ महिनामा कमाएको कुल रकम हेर्दा भने एक वर्षमा विक्रमनायकेले झन्डै १९.३ करोड डलर आम्दानी गर्ने देखिन्छ।


3 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now