अस्ट्रेलियान नेशनल युनिभर्सिटिका उच्च शिक्षासम्बन्धिका प्राध्यापक एन्ड्रयु नोर्टनको उक्त भनाईलाई सिड्नि मर्निङ्ग हेराल्ड पत्रिकाले उदृत गरेको छ।
नेपाल आर्थिक रुपले कमजोर रहेको र तुलनात्मकरुपमा जनसंख्या धेरै नभए पनि अस्ट्रेलियाको अन्तराष्ट्रिय विधार्थिको श्रोत मुलुकमा तेस्रोमा पर्दछ।
“यसले धेरै प्रश्नहरु उब्जाउछ – कसरी यहाँको शिक्षा शुल्क नेपालबाट आएका विधार्थिहरुले तिरिरहेका छन त,” उनले भने।

तथ्यांकहरुका अनुसार, भारत र चीनपछि- यहाँको अन्तराष्ट्रिय विधार्थिहरुको श्रोत मुलकमा नेपाल तेस्रो स्थान पर्दछ। तर नेपाली विधार्थिहरुको बढोत्तरीको दर भने निकै उच्च रहेको छ।
सन् २०१८ अन्त्यदेखि अहिलेसम्ममा ६५ हजारभन्दा बढी नेपाली विधार्थिहरु अस्ट्रेलियाका शिक्षण संस्थाहरुमा भर्ना भएका छन्। सन् २०१६ मा आएका करिब २१ हजार को तुलनामा यो तेब्बरको बृदी हो।
सिड्नी मर्निङ्ग हेराल्डले यो बढेको संख्याले नेपाललाई अस्ट्रेलियाको एक ठूलो बजार बनाईदिएको उल्लेख गरेको छ- झण्डै साढे दुई अस्ट्रेलियन डलर बराबर को।
यहि कमाएको पैसाले शिक्षा शुल्क तिर्न निकै कठिन हुने र यसले गर्दा रोजगारदाताहरुको शोषणको शिकार पनि हुन सक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन्।
सिड्नी युनिभर्सिटिका साल्भाटोर बबोनेशले यहाँको सरकार र विश्बविधालयहरुले आर्थिक रुपले कमजोर परिवारमा भएको अन्यायलाई टुलु-टुलु हेरेको आरोप लगाएका छन्।

यस्तै नोर्टनले पनि नेपाली विधार्थिहरुको ठूलो हिस्साले आफ्नो श्रीमान/श्रीमति ल्याउने गरेको बताउछन्। “यस्ले प्रष्ट संकेत दिन्छ- एक जनाको कमाईले उनीहरुलाई पढ्न पुग्दैन,” उनले भने।
उक्त पत्रिकाले नेपाली बिधार्थिहरु ठूलो ऋण बोकी अस्ट्रेलिया आउने र त्यसलाई तिर्ने क्रममा काममा शोषित हुने संभावना रहेको उल्लेख गरेको छ।
