भारतीय पक्षले उक्त आक्रमणमा हतियारधारी ३०० जनाको हत्या भएको जनाएको छ। तर पाकिस्तानी पक्षले आक्रमण भएको स्वीकारे पनि अत्यन्त न्यून मात्र हताहती भएको जनाएको छ।
भारतीय वायुसेनाका अनुसार उनीहरूले विवादित काश्मिरको पाकिस्तानी क्षेत्र तर्फ रहेको 'आतङ्कित प्रशिक्षण केन्द्र'लाई निशाना बनाएका थिए।
भारतीय सुरक्षा विज्ञ प्रफुल बक्शीका अनुसार वायुसेनाले उक्त कारबाही सफल भएको मानेको छ।
काश्मिरलाई लिएर पाकिस्तानसँग युद्ध गरिरहेको भारतले १९७१ देखि यता पहिलो पटक बम झारेर हवाई आक्रमण गरेको हो।
दुवै भारत र पाकिस्तानले मुसलमानहरूको बाहुल्यता रहेको काश्मिरलाई पूर्णतया आफ्नो बनाउने दाबी गर्छन् तर दुवै देशको यस क्षेत्रको केही भागहरू माथि मात्र नियन्त्रण रहेको छ।

भारतीय पक्षका अनुसार उक्त हवाई आक्रमणमा आतङ्ककारी समूह जैश-ए-मोहम्मद को प्रशिक्षणलाई ध्वस्त भएको छ।
पाकिस्तानका अनुसार भने उक्त आक्रमणबाट केही क्षति भएको छैन र भारतीय जहाजहरूको विरुद्ध पाकिस्तानी जेटहरू सञ्चालनमा ल्याइए पछि उनीहरू फर्किन बाध्य भएको पाकिस्तानको भनाइ रहेको छ।
भारतीय विदेश सचिव विजय केशव गोखलेका अनुसार सरकारले यसअघि उक्त समूह अर्को आक्रमण गर्ने तयारीमा रहेको गोप्य जानकारी प्राप्त गरेको थियो।
उक्त आक्रमण दुई आणविक शक्ति राष्ट्रहरू बिचको तनाव शिखरमा रहेको समयमा भएको छ भने दुवै पक्षमा कोही पनि पछाडि हट्ने पक्षमा नरहेको देखिएको छ।
फेब्रुवरी महिनाको सुरुवात तिर नै ४० भारतीय सैनिकहरूको ज्यान लिने गरी काश्मिरमा एक कार बम विस्फोट गराइएको थियो। जसको जिम्मेवारी जैश-ए-मोहम्मद समूहले लिएको थियो।

अनि लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका लागी जुन सुकै परिस्थितिमा पनि उभिने प्रण गरेका छन्।
भारतीय पक्षले पाकिस्तानलाई आफ्नो सिमाक्षेत्र भित्र हतियारधारी समुहरूलाई सञ्चालन गर्ने अनुमति दिएको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले यसको खण्डन गर्ने गरेको छ।
पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीले पनि राजधानी इस्लामाबादमा आयोजित एक सम्मेलनमा बोल्दै यदि भारतले फेरी आफ्नो सिमाक्षेत्रलाई नाघेको खण्डमा पाकिस्तान पनि रक्षाको उभिने बताएका छन्।
पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेशीले भारतीय पक्षले आफ्नो फाइदाको लागी र आउँदो मे महिनामा हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै यथार्थलाई तोडमोड गरेको आरोप लगाएका छन्।
