भिक्टोरिया: आज फेरी बस सेवा अवरुद्ध

मेलबर्न, बालाराट तथा जिलंगका केही बस सेवाहरु आज फेरी दिउँसो २ देखि साँझ ६ बजेसम्म अबरुद्ध हुँदैछन्

CDC Victoria Bus

A CDC Victoria Bus Source: SBS Nepali/Abhas Parajuli

मेलबर्न, बालाराट तथा जिलंगका केही बस सेवाहरु आज फेरी दिउँसो २ देखि साँझ ६ बजेसम्म अबरुद्ध हुँदैछन्। यस अघि, यहि मंगलबार सिडिसी भिक्टोरियामा कार्यरत यातायात कर्मचारी यूनियनमा आबद्ध बस चालकहरु हड्तालमा उत्रिएपछि २० बर्षमा पहिलो पटक भिक्टोरियामा बस सेवा अबरुद्ध भएको थियो।

पीटीभीका प्रमुख कार्यकारी अधिकृत जेरोइन वेइमारले निराशा पोख्दै भने, "यस हड्तालले भिक्टोरिया भर सार्वजनिक यातायातमा सफर गर्नुहुने महानुभावहरुलाई असर गर्दै छ र यो हामी सबै यसबाट निराश छौं।"

यातायात कर्मचारी यूनियनका उपाध्यक्ष जोन बर्गरका अनुसार बस चालकहरुले यस्तो कदम सजिलै नलिएको बताउँछन्।

"कम्पनीले एकादमै नाफा गरिरहेको स्थितिमा हामी कर्मचारीले पनि उक्त नाफाको केही हिस्सा पाउनैपर्छ। वार्ताबाट खासै केहि उपलब्धि नभएकाले हामीले २० बर्षको लामो अन्तराल पछि यस्तो बाध्यात्मक कदम उठाउनु परेको हो।"

सिडिसी भिक्टोरियाले यस अघि आफ्ना बस चालकहरुलाई २.५ प्रतिशतले तलब बढाउने प्रस्ताव राखेको थियो। बस चालकहरुले त्यो प्रस्ताव अस्वीकृत गरेका थिए।

स्थानप्रभावितरुटहरु
मेलबर्न१५०, १५१, १५३, १६०, १६१, १६६, १६७, १७०, १८०, १८१, १९०, १९१, १९२४००, ४०६, ४०७, ४०८, ४०९, ४१०, ४११, ४१२, ४१४, ४१५, ४१७, ४१८, ४१९, ४२१, ४२३, ४२४, ४२५, ४३९, ४४१, ४४३, ४९४, ४९५, ४९६, ४९७, ४९८६०१, ६०५, ६०६, ६१२, ६२३, ६२४, ६२५, ६२६, ६३०९००
बालाराटसम्पुर्ण बस रुटहरु
जिलंग१, १०, ११, १२, २०, २२, २३, २४, २५, ४३
यो हड्तालबाट ट्रेन, ट्राम तथा सीडीसी भिक्टोरियाले संचालन गर्ने बाहेकका अरु बस सेवाहरु अबरुद्ध हुने छैनन्।

सोमबार, ९ जुलाई

भोलि, १० जुलाई, मङ्गलबारका दिन मेलबर्न, बालाराट तथा जिलंगका केही बस सेवाहरु पुर्व नियोजित हड्तालका कारण अबरुद्ध हुनसक्ने बताइएको छ।

पब्लिक ट्रान्सपोर्ट भिक्टोरिया (पीटीभी)का अनुसार यदि उक्त हड्ताल स्थगित नभए, सीडीसी भिक्टोरियाका बस चल्ने रुटहरु प्रभावित हुनेछन्। यो असर, आज राति (९ जुलाई, सोमबार) चल्ने अन्तिम सेवादेखि पर्सि ११ जुलाई, बुधबार बिहानी गुड्ने पहिलो सेवाका बसहरुसम्म लागु हुनसक्छ।

सकेसम्म कम यात्रुहरुलाई यस हड्तालको असर महसुस होस् भन्ने हेतुले सीडीसी भिक्टोरियासँग बार्ता गरिरहेको बताइएता पनि पीटीभीले मङ्गलबारका दिन धेरै यात्रुहरु प्रभावित हुनसक्ने पूर्वानुमान गरेको छ।

पीटीभीका प्रमुख कार्यकारी अधिकृत जेरोइन वेइमारले यात्रुहरुमा पर्न जाने असुविधा प्रति इंगित गर्दै भने,

"सीडीसी भिक्टोरियाका बस सेवा प्राय:जसो प्रयोग गर्ने यात्रुहरुलाई यो मङ्गलबार आफ्नो यात्राबारे पुनर्विचार गर्न वा वैकल्पिक व्यवस्था गर्न म आग्रह गर्दछु। मङ्गलबार उहाँहरुले अरु बेला भन्दा बढी समय आफ्नो यात्रामा खर्चिनु पर्ने अवस्था आउनसक्छ।"

हड्ताल अवधिभर बसहरु संचालनमा आए, त्यो कति समयको दुरीमा चल्नेछ भनेर तालिका निर्माण भईरहेको पनि पीटीभीले उल्लेख गरेको छ। 

 


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now