SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको डढेलो बिमा दावी: दुई दिनमा ‘डबल’; ७० करोड डलर नाघ्यो

अस्ट्रेलियाको डढेलो सङ्कटबाट भएको धनजनको क्षतिका कारण बिमा दाबी रकमले ७० करोड डलर काटेको बताइएको छ।

NSW Rural Fire Service crews fight the Gospers Mountain Fire as it impacts a property at Bilpin, Saturday, 21 December, 2019.
NSW Rural Fire Service crews fight the Gospers Mountain Fire as it impacts a property at Bilpin, Saturday, 21 December, 2019. Source: AAP

2 min read

Published

Updated



Skip to article content

इन्सुरेन्स काउन्सिल अफ अस्ट्रेलियाले जनाए अनुसार दुई दिनमा क्षति बापतको बिमा रकम दाबी दोब्बर हुँदै ७० करोड डलर नाघेको हो।

काउन्सिलका एक जना अधिकारी क्याम्पबेल फुलरका अनुसार सेप्टेम्बर महिनामा सुरु भएको यसपालिको डढेलो मौसमका कारण उत्पन्न अगजनीबाट क्षति पुगेको भन्दै हालसम्म ८, ९८५ बिमा दाबी दर्ता भई सकेका छन्।

यही अवधिमा १,८३० घरहरू ध्वस्त भएको तथ्याङ्क छ।

यसै सिलसिलामा प्रधानमन्त्री स्कट मरिसन र ट्रेजरर जोस फ्राईडेनबर्गले बिमा काउन्सिल र अस्ट्रेलियाका प्रमुख वित्तीय संस्थाका प्रमुखहरूसित भेटेर डढेलोबाट उत्पन्न सङ्कटलाई कसरी सम्बोधन गर्ने भनेर छलफल गर्दै छन्।

सोमबार मात्रै प्रधानमन्त्रीले आगामी दुई वर्षका लागि २ अर्व डलरको राहत प्याकेज राष्ट्रिय डढेलो पुनर्निर्माण कोषलाई अनुदान स्वरूप दिइने बाचा गरेका छन्।

मरिसनका अनुसार बजेट नाफा आफ्नो प्रमुख लक्ष नरहेको बताउँदै उनले अस्ट्रेलियाली जनतालाई पुनः आफ्नो खुट्टामा उभ्याउन आफूले सके जती सबै गर्ने बताए।

“मैले के कल्पना गरेको छु भने अस्ट्रेलियाका जनतालाई सङ्कटबाट निकाल्न हामीले खर्च गर्नुपर्ने सबै लागतहरू पूरा गर्नेछौँ,” उनले सोमबार भने।

Scott Morrison speaks during a media conference on the governments' bushfire response
Scott Morrison speaks during a media conference on the governments' bushfire response Source: AAP

ट्रेजरर फ्राईडेनबर्गका अनुसार हालसम्म २ करोड ५० लाख डलर बराबरको राहत भुक्तानीहरू भई सकेका छन्।

“हामी प्रभावित समुदायहरूमा छिटो भन्दा छिटो सहायता रकम पुगोस् भन्ने चाहन्छौँ, किन भने हामी उनीहरूलाई पुनर्निर्माण गर्न सघाउन चाहान्छौं, र आगामी दिनका लागी उनीहरू थप तयार रहन सकुन् भन्ने हाम्रो चाहना छ,” उनले मङ्गलवार एबीसीसँग कुरा गर्दै भने।

उनका अनुसार सङ्घीय सरकार अहिले नै यती पैसाको क्षति भयो भनेर भन्न सक्ने स्थितिमा छैन।

“ती समुदायहरूका बन्द व्यापार एकदमै गलत समयमा प्रभावित भएको छ, जुन उनीहरूको मुख्य कमाइ हुने बेला हो। त्यसैले यसले निकै गहिरो आर्थिक क्षति गरेको छ र यसबारे पूर्ण यकिन गरेर अहिले नै भन्न सकिने अवस्था छैन।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now