SKIP TO MAIN CONTENT

मोबाइलमा बाल शोषण सम्बन्धी सामग्रीहरू भेटिएपछि एक अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

सन् २०१८ को क्रिसमस सन्ध्याको दिन, एक पाकिस्तानबाट अस्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरिएको अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) ले जनाएको छ। संयुक्त अरब इमिरेट्सबाट हवाई मार्ग हुँदै मेलबर्न विमानस्थल अवतरण गरेका ती अन्तर्राष्ट्रिय विद्यार्थीको मोबाइलमा बाल शोषण सम्बन्धी सामग्रीहरू भेटिएको थियो।

Melbourne Airport in Melbourne
Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

मेलबर्न विमानस्थलमा ओर्लेपछि एबीएफका अधिकारीहरूले उनको मालसामान जाँच गर्न ती अन्तर्राष्ट्रिय विद्यार्थीलाई छानेका थिए।

जाँच पड्तालको क्रममा उनीहरूले उक्त पाकिस्तानी विद्यार्थीको मोबाइल फोनमा बाल शोषण सम्बन्धी तस्बिरहरू भेटेका थिए।

जसको लगत्तै, आप्रवास सम्बन्धी सन् १९५८ को ऐन अनुसार उनको भिसा रद्द गर्दै उनलाई गिरफ्तार गरिएको जानकारी ती पाकिस्तानी विद्यार्थीलाई दिइएको एबीएफले जनाएको छ। भोलिपल्ट, क्रिसमसको दिन उनलाई अस्ट्रेलियाबाट निकाला गरिएको थियो।

भिक्टोरियाका लागि एबीएफका क्षेत्रीय कमान्डर क्रेग पामरका अनुसार यस्ता घिन लाग्ने सामाग्रीहरू पत्ता लगाउन अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू रातदिन सक्दो मेहनत गरिरहेका छन् र यो पछिल्लो घटनाले यही कुरालाई देखाएको छ।

"अस्ट्रेलियामा बाल शोषण जस्तो निन्दनीय कार्यको लागि कुनै स्थान छैन।"

"अस्ट्रेलिया आउने जो कोहीले पनि यदि यस्ता घिन लाग्दा सामाग्रीहरू हेर्ने, आफूसँग यहाँ ल्याउने अथवा यहाँ बाँड्ने नियत राख्छन् भने उनीहरूले अस्ट्रेलियामा बस्न पाउने आफ्नो अधिकार गुमाउने छन्," कमान्डर पामरले बताए।

deport
यस अघि, गत वर्षको अक्टोबर महिनामा पनि यस्तै आरोपमा एक भारतीय विद्यार्थीलाई पर्थ विमानस्थलबाटै फर्काइएको थियो। Source: Supplied/ABF

यदि तपाईँ पनि यस्तो दुष्कार्यको शिकार हुनुभएको छ वा तपाईँसँग यस्ता गैरकानुनी कार्यहरू बारे सूचना छ भने अस्ट्रेलियन बोर्डर फोर्सलाई australia.gov.au/borderwatch मा गई सम्पर्क गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now