SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय विद्यार्थीहरू हाम्रा लागि दुहुने गाई होइनन्: टास्मेनिया विश्वविद्यालय

अस्ट्रेलियाका केही विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना लिन आफ्नो अङ्ग्रेजी स्तर घटाउने गरेको आरोपहरूका बिच युनिभर्सिटी अफ टास्मेनियाले आफ्नो भर्ना प्रकिया पुनरावलोकन गर्ने बताएको छ।

A UTAS building.
A UTAS building. Source: Twitter

1 min read

Published

Updated



Skip to article content

एबीसी टेलिभिजनको “फोर कर्नर्स” कार्यक्रमका अनुसार अस्ट्रेलियाका केही विश्वविद्यालयहरूद्वारा धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न कथित रूपमा आफ्नो अंग्रजीको स्तर घटाएका हुन्।

यस्तो आरोप लगाउन उक्त कार्यक्रमले युनिभर्सिटी अफ टास्मेनियाका एक कर्मचारीले लेखेको भनिएको एक इमेललाई उद्धृत गरेको छ: “जुलाई २०१८ सत्रको निम्ति भर्ना हुन चाहिने स्वीकृतिलाई बढाउन विश्वविद्यालयले अन्तिम उपाय स्वरूप अङ्ग्रेजी स्तर कम भएका विद्यार्थीहरूको लागि उक्त सर्त मिनाहा गरेको छ।”

तर, उक्त विश्वविद्यालयका उपकुलपति प्रोफेसर रफस ब्ल्याकले भने आफूहरूद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई “दुहुने गाई” बनाएको भन्ने आक्षेपलाई खण्डन गरेका छन्।

“हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उच्च कोटिको अध्यापन गराउने संस्था बन्न चाहन्छौँ,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

“वास्तवमा भन्ने हो भने हामी आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको निकै नै राम्रो देखभाल गर्छौँ, उक्त कार्यक्रममा भनिए झैँ उनीहरू हाम्रा लागि दुहुने गाई होइनन्।”

“उनीहरू हाम्रो विश्वविद्यालयमा पढ्न आउने मानिसहरू हुन्। उनीहरू हाम्रो समुदायको महत्त्वपूर्ण पाटोको रूपमा छन्।”

यसो बताउँदै गर्दा प्रोफेसर ब्ल्याकले आफ्नो विश्वविद्यालयको भर्ना प्रक्रियाबारे एक स्वतन्त्र बाह्य समीक्षा गरिने घोषणा पनि गरे। उनको अनुसार त्यसले व्यापक रूपमा एक गहिरो जाँच गर्नेछ।

माथि उल्लिखित समीक्षाको रिपोर्ट नआएसम्मका लागि भने युनिभर्सिटी अफ टास्मेनियाको भर्ना प्रकियालाई उक्त विश्वविद्यालयका वरिष्ठ कर्मचारीहरूको एक टोलीले हेर्ने पनि बताइएको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now