SKIP TO MAIN CONTENT

बन्द सीमाले अन्तर्राष्ट्रिय विधार्थीहरु माझ ल्याएको अन्यौल

अन्तर्राष्ट्रिय विधार्थीहरुको लागि अस्ट्रेलियाले आफ्नो सीमा छिट्टै नखुलाएमा धेरै विधार्थीहरु नफर्कने र स्थानिय अर्थतन्त्रलाई असर पर्ने देखिएको छ।

International students in Australia
Source: Getty Images

3 min read

Published

Updated

By Claudia Farhart



Skip to article content

कोरोनाभाईरसकको कारणले अस्ट्लियाले आफ्नो सीमा बन्द गरेपछि यसको मारमा पर्नेमध्ये यहाँको विश्वविधालय तथा अन्य शैक्षिक संस्थाहरुमा भर्ना भएका अन्तर्राष्ट्रिय विधार्थीहरु पनि रहेका छन्। 

मार्च महिनामा सरकारले विदेशीहरुलाई यहाँ आउन रोक लगाएपछि, अन्तर्राष्ट्रिय विधार्थीहरु यसबाट प्रभावित भएका हुन्। यिनमध्ये कतिपय नयाँ विधार्थीहरु रहेका थिए भने, केहि भने यहाँ पढ्दै गरेका तर विदाका लागि अस्ट्रेलिया बाहिर रहेकाहरु थिए।

यहाँका विश्वविधालयहरुमा भर्ति भएका कुल अन्तर्राष्ट्रिय विधार्थिहरु मध्ये झण्डै पच्चिस प्रतिशतहरुले हाल आफ्नै देशबाट अनलाईन पढ्दै गरेको बताईन्छ।

यिनीहरुलाई जुलाई देखि शुरु हुने अर्को शैक्षिक सत्रसम्ममा देशभित्र आउन नदिएको खण्डमा- धेरै जनाले यहाँ पढाई जारी गर्ने कुरामा पुर्नविचार गर्ने बताएका छन्। 

आफ्नै देशमा बसेर अनलाईन अध्ययन गर्ने विधार्थीहरुमध्ये एक हुन्- ग्रेटा फे। उनी आफ्नो पढाई जारी राख्न मार्चको अन्त्यतिर मेलबर्न फर्किने योजनामा रहेकी थिइन्।

त्यसै बखत अस्ट्रेलियाका प्रधानमंत्री स्कट मरिशनले देशको सीमा बन्द गर्ने घोषणा गरे, जसले गर्दा फे फर्कन पाईनन्। 

चीनको शहर शङ्घाईमा रहेको आफ्नै घरमा बस्दै उनी अध्ययन गरिरहेकी छिन्। उनले यस प्रकारको अध्ययनबाट असन्तुष्ट रहेको बताईन्।

“घरमा बसेर पढ्दा ध्यान धेरैतिर बाँडिएको हुन्छ, र बेग्लै वातावरणलेनै पढाईमा भिज्न मिल्दैन,” उनले भनिन्। 

आउँदो सेमेस्टरमा पनि यस्तै अवस्था हो भने, आफूले पढाईलाई पछि सार्ने उनले बताईन्। 

“यसपल्टको अनुभवले अनलाईन अध्ययनलाई जारी राख्ने मेरो कुनै ईच्छा छैन। मेरो लागि यो उपयुक्त छैन,” एस बि एससँग कुरा गर्दै उनले बताईन्।

International students in NSW
Source: SBS

अन्तराष्ट्रिय विधार्थीहरु अस्ट्रेलियामा पढ्नका लागि निकै चर्को शुल्क तिर्ने गर्दछन्, र यहाँको वातावरणमा पढ्न नपाए त्यस्को कुनै अर्थ नहुने बताउछन्। 

कोरोनाभाईरसले गर्दा बन्द भएको सिमाको कारणले चीनमै अड्केर बसेकी अर्की विधार्थी हुन्- फ्लोरा ज्याङ्ग।

सिड्नी युनिभर्सिटिमा कानूनको अध्ययन गर्दै रहेकी ज्याङ्गले बर्षेनि ४४ हजार डलरभन्दा बढी शैक्षिक शुल्क तिर्ने गरेकी छिन्।  

“पढाईको अनुभव भनेको किताबी ज्ञानमात्र हैन। कक्षाको वातावरणले पनि धेरै सिकाउछ- शिक्षक, र साथीहरुबाट धेरै ज्ञान हुन्छ। अहिले मसँग मात्र ल्यापटप छ र यसबाटै सबैकुरा सिक्नु पर्छ,” उनले बताईन्।

यो नयाँ वातावरणमा शैक्षिक शुल्कमा कमी नआएकाले पनि उनलाई चित्त बुझेको छैन। “हामी चर्को शुल्क तिर्छ्यौं, र यसमा धेरै प्रशासनिक खर्च जोडिएको हुन्छ।अहिले क्याम्पसनै नजाँदा पनि यो खर्च हामीले किन तिर्नु पर्ने?” उनले प्रश्न गरिन्।

यसैबिच, अन्तराष्ट्रिय विधार्थीहरुको अर्थतन्त्रमा ठूलो योगदान रहेकाले, न्यु साउथ वेल्स राज्यले यो समूहलाई देश भित्रिन दिनु पर्ने कुरामा पछिल्ला दिनहरुमा पहल गर्दै आएको छ।

अन्तराष्ट्रिय विधार्थीहरुको कारणले यो राज्यले बर्षेनी १४ अर्बको आर्थिक टेवा पाउने बताईन्छ।

देश फर्केका आफ्ना नागरिकहरुलाई १४ दिने क्वारेन्टाईनमा राखेको जस्तै, अन्तराष्ट्रिय विधार्थीहरुलाई पनि राख्न कुनै आपत्ति नहुने न्यु साउथ वेल्सकी प्रिमियर ग्ल्याडीस बर्जेक्लिनले बताईन।

साथै उनले यस सम्बन्धमा छिटो निर्णय लिन नसकेमा, ग्रामीण क्षेत्रमा रहेका – चार्ल्स स्टुवर्ट जस्ता विश्वविधालयहरुको संचालन जारी राख्न निकै कठिन हुने जानकारी दिईन्।

Australia's universities had lost a combined $4.5 billion in just six weeks, the NTEU said.
Australia's universities had lost a combined $4.5 billion in just six weeks, the NTEU said. Source: Supplied

यसै क्रममा संघिय शिक्षा मंत्री ड्यान टिहानले अन्तराष्ट्रिय विधार्थीहरुका लागि सीमा खोल्ने कुरामा विचार भईरहेको बताएका छन्, तर कहिलेसम्म निर्णय हुने कुराको जानकारी दिएका छैनन्।

 सेप्टेम्बर २०१९ को तथ्यांक अनुसार, अस्ट्रेलियामा ७ लाख २० हजारभन्दा बढी बिधार्थीहरु अन्तराष्ट्रिय विधार्थीहरुको रुपमा रहेका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now