सन्दीप लामिछानेलाई भिसा नदिएर नेपालीलाई “हेपेकै” हो त अमेरिकाले?

नेपालीहरू माझ मङ्गलवार पुरै दिन जसो नै युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको खेल कौशल वा उनको प्रदर्शन बारे भन्दा पृथक् विषयमा चर्चा चलेको थियो।

Nepalese sensation Sandeep Lamichhane has called for the World Cup to be expanded to up to 16 teams, saying limiting it to 10 hurts players from emerging cricket nations.

Cricketer Sandeep Lamichhane Source: RAKASH SINGH/AFP/Getty Images

नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल ट्विटरमा मङ्गलवार दिनभर सन्दीप लामिछाने छाई रहे।

लेग स्पिनर लामिछानेलाई नेपाल स्थित अमेरिकी दूतावसालले भिसा नदिएको र पछि हो-हल्ला भएपछि फेरी दिएको विषयले नेपाली बजार तताएको थियो।

नेता रविन्द्र मिश्रले सन्दीपले भिसा नपाउनु भनेको देशकै अपमान हो भन्दै ट्विट गरेका थिए।

यस्तै ट्विटरमा पवित्रा राउतले भिसा पाउनु कसैको अधिकार नभएको भन्दै अर्को पटक राम्रो कागजात बनाएर पेस गर्न सुझाव दिएकी थिइन।

अर्का एक व्यक्तिले चाहिँ क्रिकेट खेलकै बारेमा उनीहरू अनभिज्ञ रहेकाले यस्तो हुन सक्छ की भनी प्रश्न गरेका छन्।

त्यसै गरी, भिसा नपाएको कुरालाई सामान्य रूपमा स्वीकार गर्न पनि कतिपयले सन्दीपलाई सुझाव दिएका थिए।

अन्य केही व्यक्तिहरुले चाहिँ उनलाई संयुक्त अधिराज्य हुँदै क्यारेबीयन क्षेत्र तिर जान सुझाव दिएका छन्।

सन्दीपको क्यारेबीयन भ्रमण

सन्दीप यस वर्ष पनि क्यारेबीयन प्रिमियर लिग खेल्दै छन् र त्यसकै लागि उनले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए।

उनलाई क्यारेबियन लिगको यो सत्रका लागि बार्बेडस ट्राइडन्टस् क्लबले करिब ७८ लाख रुपैयाँमा अनुबन्ध गर्ने कबुल गरेको छ।

सेप्टेम्बरको पहिलो साता अमेरिका हुँदै क्यारेबीयन लिग खेल्न जाने योजना बनाएका १९ वर्षीय सन्दीपलाई मङ्गलवार बिहान भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए।

तर उनलाई दूतावासले भिसा दिन अस्वीकृत गरेको थियो।

बिहान अस्वीकृत, दिउँसो स्वीकृत

दूतावासको उक्त निर्णय प्रति सन्दीपले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालको प्रयोग गर्दै ट्विटर मार्फत गरे।

अमेरिकी दूतावास, प्रधानमन्त्री केपी ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतलाई मेन्सन गर्दै गरेको उक्त ट्विट भाइरल बन्यो।

भाइरल बनेको उक्त ट्विटमा उनले क्यारेबियन लिग खेल्न जानका लागि अमेरिकाको भिसा लिनका लागि अमेरिकी दूतावासमा अन्तर्वार्ता दिन गएको तर भिसा नपाएको भन्दै ट्विट गरेका थिए।

“नेपालको राष्ट्रिय टोलीको खेलाडीको हैसियतले सन् २०१६ देखि विश्वभर क्रिकेट खेल्न गइरहेको छु तर आज अमेरिकी दूतवासबाट भिसाका लागि मैले दिएको आवेदन अस्वीकृत हुँदा छक्क परेको छु”, उनको ट्विटमा भनिएको छ।

उनले हालसम्म अस्ट्रेलिया, भारत, क्यारेबियन, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान लगायतका देशमा व्यावसायिक लीग खेलिसकेका छन्।

तर दिउँसो सन्दीपले फेरी अर्को ट्विट गर्दै आफूले अन्ततः: भिसा पाएको भन्दै सहयोगका लागि सबैलाई धन्यवाद दिए।

बिहान भिसा नदिएको दूतावासले सन्दीपलाई दिउँसो “भिसा रिभ्यु”का लागि बोलाएर अन्ततः भिसा दियो।

यससँगै सन्दीप क्यारेबीयन लिगका लागि प्रस्थान गर्न पाउने भएका छन्।

 


Share

2 min read

Published

By Pratichya Dulal




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now