SKIP TO MAIN CONTENT

इस्लामिक स्टेट लडाकुको अस्ट्रेलियाली नागरिकता रद्द

आतंकबाद बिरोधि कानुन लागु भएपछिकै पहिलो पटक दोहोरो नागरिकता रहेका एक पुरुषको अस्ट्रेलियाली नागरिकता केन्द्र सरकार द्वारा रद्द गरिएको छ।

Khaleed Sharrouf
Khaleed Sharrouf. Source: SBS

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: AAP, SBS


Skip to article content

सन् २०१५ साल देखि लागु भएको आतंकबाद बिरोधि कानुनलाई पहिलो पटक प्रयोग गर्दै नागरिकता रद्द गरिएको उक्त व्यक्तिको परिचय केन्द्र सरकार द्वारा सार्वजनिक नगरिएता पनि द अस्ट्रेलियन नामक पत्रिकाले भने उक्त व्यक्ति इस्लामिक स्टेट नामक समूहका लडाकु खालिद शारुफ रहेको बताएको छ।

अध्यागमन मन्त्री पिटर डटनक को कार्यालय द्वारा यो बर्षको सुरुमा एक अस्ट्रेलियाली पुरुषको नागरिकता रद्द गरिएको पुष्टि गरेको छ।

उक्त व्यक्तिको परिचयबारे भने उक्त प्रवक्ता द्वारा केहि बताइएको छैन तर द अस्ट्रेलियन नामक पत्रिकाले उक्त व्यक्ति खालिद शारुफ रहेको बताएको छ।

एक आतंकबादी हमलाको योजनामा भूमिका निभाएको आरोपमा एक बर्ष जेल सजाए पुरा गरेपछि शारुफ सन् २०१३ सालमा सिरिया गएर इस्लामिक स्टेट समूहमा भर्ति भएका थिए।

२०१५ सालमा एक हवाई हमलामा शारुफको मृत्यु भएको भन्ने समाचार आए पनि यसको पुष्टि नभएकोले उनको पक्राउ पुर्जी अझै पनि कायम रहेको छ।

उनि र उनको ७ बर्षे छोराले मृत सिरियाली सैनिकहरुको काटिएको शिर बोकेको तस्विर सन् २०१४ सालमा सार्वजनिक भएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now