इटलीको पहाडी भेगमा भैरहेको चुनौतीपूर्ण दौड प्रतियोगितामा नेपालका भिम गुरुङले बिजेताको उपाधि हात परेका छन्। किमा ट्रफीका लागि हुने, र पहाडी दौडमध्ये संसारकै सबैभन्दा जटिल मानिएको यस दौड जित्ने, गुरुङले यसअघि चीनमा भएको पहाडी दौडमा स्वर्ण पदक पाएका थिए।
५२ किलोमीटर लामो यस दौडको क्रम मा धावकहरुले थुप्रै उकाली र ओरालीमा दौड्नु पर्ने हुन्छ। गुरुङले नयाँ किर्तिमान कायम गर्दै ६ घण्टा १० मिनेटमा यो प्रतियोगिता जितेका थिए।
यो पहाडी दौड सन् १९९२ देखि लगातार हुदै आईरहेको छ।
Share
