टालीको मध्यक्षेत्रमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा बुधबार कम्तीमा १५९ जना मारिएका छन् । उद्धारकर्ताहरूले खोजी गरिरहँदा दर्जनौ मानिस हराइरहेको सूचना प्राप्त भएको छ ।
केन्द्रविन्दु एक्युमोली वरपर धेरैजना मारिएका हुन् । उक्त क्षेत्र लगभग भग्नावेशषमा परिणत भएको छ । त्यहाँको पेस्कारा डेल ट्रोन्टो पुरै ध्वस्त छ । त्यहाँ मृतक संख्या बढ्न सक्ने अनुमान छ । स्थानीय समय बिहान साढे ३ बजे भूकम्प गएको थियो । केन्द्रविन्दु राजधानी रोमबाट सय किलोमिटर दूरीमा पर्छ ।
भूकम्प १० किमिको सानो गहिराइमा गएको हो । यसअघि सन् २००९ मा यस्तै खालको भूकम्प जाँदा ३ सय ९ जना मारिएका थए । भूकम्पको धक्का राजधानी रोममा करिब २० सेकेन्ड महसुस गरिएको थियो । मुख्य धक्कापछि लगातार ८० पटक परकम्पन गइसकेको छ ।
