वेम्बली स्टेडियममा भएको खेलमा निधार्रीत ९० मिनेटमा दुवै टोली एक–एक गोल गरी बराबरीमा भएपछि पेनाल्टी शुटआउटको मद्धतद्धारा खेल टुङ्गाइएको हो ।
थपिएको ३० मिनेटमा पनि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल टाई ब्रेकर पुगेको थियो ।
टाई ब्रेकरमा इग्ल्याण्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको छ ।
जियान्लुगी डोनारुम्बाले इङयाण्डका बुकायो साकाबाट भएको पेनाल्टी प्रहार रोक्न सफल भए सँगै इटालीका लागि नायक साबित भएका थिए ।
खेलको सुरुवातमा राम्रो पर्दशन गरेको इङल्याण्डका ल्यूक शहले खेलको सुरुवाती चरणमै गोल गर्न सफल भएका थिए ।
पहिलो हाफमा एक शून्यले अगाडी बढिरहेको खेलमा ६७ औ मिनेटमा इटालीका डिफेन्डर लियोनार्दो बोनुसीले गोल फर्काएर बराबरीमा पुर्याएका थिए ।
सन् १९६८ मा युरो कप जितेको इटालीले सन् २००० र २०१२ मा फाइनल सम्म पुगेर पराजित बनेको थियो ।
विश्वकप पछिको फुटबलमा युरो कपलाई सबैभन्दा ठुलो प्रतियोगीताका रूपमा हेर्ने गरिन्छ ।
युरो कप पहीलोपटक ११ राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
