SKIP TO MAIN CONTENT

“यो सामान्य अवस्था होइन”: गए रात मात्रै न्यु साउथ वेल्समा कोरोनाभाइरसद्वारा थप १२ जना सङ्क्रमित भएको पुष्टि

संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ लाई आधिकारिक रूपमा महामारीको दर्जा दिँदै गर्दा न्यु साउथ वेल्सका अधिकारीहरूले आफ्नो राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या बढिरहेको बताएका छन्।

Premier of NSW Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian. Source: AAP

2 min read

Published

Updated

By Maani Truu



Skip to article content

अस्ट्रेलियामा कोरोनाभाइरसद्वारा सबैभन्दा बढी पीडित न्यु साउथ वेल्स राज्यमा आज बिहानसम्म ७७ जना सङ्क्रमित भैसकेको सरकारी तथ्याङ्क छ।

ती मध्ये अधिकांश मानिसहरू अस्ट्रेलिया बाहिर नै वा कोभिड-१९ द्वारा पीडित बनाइएका आफन्तजनसँगको संसर्गका कारण सङ्क्रमित भएको बताइँदै गर्दा न्यु साउथ वेल्सका प्रमुख चिकित्सकीय अधिकारी केरी च्यान्टले भने राइड एवं हर्न्सबी क्षेत्रमा देखा परेको सङ्क्रमण बारे भने श्रोत पत्ता नलागेकोमा चेतावनी दिएकी छिन्।

त्यसै गरी गए राती कोरोनाभाइरसद्वारा सङ्क्रमित भएका भनिएका मानिसहरू मध्ये केही त वैदेशिक भ्रमणमा समेत नगएको उनले खुलाए पनि ती मानिसहरूको अन्य यात्रा बारे थप बुझ्न बाँकी रहेको बताइएको छ।

“यो सावधानी अपनाउनु पर्ने समय हो,” बिहीबार विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस प्रकोपलाई महामारीको दर्जा दिएपछि एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भनिन्।

“यदि तपाईँलाई बिसन्चो छ भने, सार्वजनिक भेलाहरूमा गएर आफ्नो कीटाणुलाई नफैलाउनुहोस्।”

20200302001453016652-original.jpg

न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त भाइरस आफ्नो मूल प्रकृतिबाट थप विकसित हुँदै गरेको बताउँदै यस अवस्थालाई “सामान्य” भन्न नमिल्ने बिचार व्यक्त गरेकी छिन्।

तर, उनले यसो भनिरहँदा आफ्ना नागरिकहरूलाई आतङ्कित नहुन पनि आग्रह गरेकी छिन।

“तपाईँहरूले दैनिक रूपमा गर्ने काममा खासै केही परिवर्तन गर्नुपर्दैन तर यो सामान्य अवस्था चाहिँ होइन,” बेरिजिक्लियनले भनिन।

“आज तपाईंले सुन्नुभएको कुरा भोलि परिवर्तन हुन सक्छन् र त्यसै गरी फेरी पर्सि। हामी के भनिरहेका छौँ भने, सबै जना सजक रहनुहोस्।”

उनले आफ्नो सारकारले जमघट र ठुलठुला कार्यक्रमहरू बारे आफ्नो नीतिको समीक्षा जारी रहेको पनि बताएकी छिन्।0.

अस्ट्रेलियाको टापु राज्य तास्मेनियामा डार्क मोफो पर्व र संयुक्त राज्यमा कोचेला सङ्गीत महोत्सव रद्द भएसँगै यस प्रकारका धेरै मानिसहरू जम्मा हुने कार्यक्रम बारे के हुने भन्ने बारे अस्ट्रेलियामा अन्योल छाएको छ।

भाइरसबाट सङ्क्रमित हुने अधिकांश मानिसहरूलाई घरमै राखेर सफलतापूर्वक उपचार हुने बताउँदै प्रिमियर बेरिजिक्लियनले नागरिकहरूलाई थप सावधानी अपनाए तर्सिनु पर्ने कुनै कारण नरहेकोमा पनि जोड दिएकी छिन्।

उता, आज बिहान विश्व स्वास्थ्य सङ्गठनका प्रमुख तेद्रोस अधानोम घेब्रियसले कोभिड-१९ को प्रकोपलाई आधिकारिक रूपमा महामारी भनी घोषणा गरेका छन्।

कोरोनाभाइरसबाट विश्वका १०० भन्दा बढी देश प्रभावित बन्न पुगेसँगै उनले उक्त घोषणा गरेका हुन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now