SKIP TO MAIN CONTENT

जनवरी २०२०: विश्वको इतिहासमा अहिलेसम्मकै सबैभन्दा गर्मी महिना

तापक्रमहरूको तथ्याङ्कलाई आधार बनाएर हेर्दा सन् २०२०को जनवरी हालसम्मकै सबैभन्दा गरम महिना रहेको देखिएको छ।

An aerial picture shows a ski slope mad of artificial snow in Garmisch-Partenkirchen, Germany, 16 January 2020.
An aerial picture shows a ski slope mad of artificial snow in Garmisch-Partenkirchen, Germany, 16 January 2020. Source: AAP

2 min read

Published

Updated

Source: AFP, SBS



Skip to article content

जलवायु परिवर्तनको प्रभावका कारण हाल विश्वभर नै हरेक महिना, वर्ष र दशक नयाँ-नयाँ रेकर्ड बन्ने क्रम जारी छ। उनीहरूका अनुसार फसिल फ्युल भनिने प्राचीन जिवाशेषमा आधारित इन्धनको प्रयोगले यी तापक्रम बढ्न थप मद्दत गरेको हो।

पछिल्लो पाँच वर्ष क्रमिक रूपमा तापक्रम बढ्दै जाँदा हरेक वर्ष नयाँ उचाइ दर्ता भएको थियो भने सन् २०१० देखि २०१९ सम्मको दश बर्से समयावधिमा पनि यही प्रवृत्ति देखिएको बताइएको छ।

सन् २०१६ को जनवरी महिनामा रेकर्ड गरिएको अत्यधिक गर्मी भन्दा पनि ०.०३ डिग्रीले यसपालीको जनवरीमा विश्वभरको औसत तापक्रम बढेको कोपर्निस क्लाइमेट चेन्ज सर्भिसले एक विज्ञप्तीमा उल्लेख गर्दै बताएको हो।

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा पनि पछिल्ला केही महिनामा औसत भन्दा बढी तापक्रम दर्ता हुँदै गर्दा व्यापक जनधनको क्षति हुने गरी भीषण डढेलो लाग्यो जसमा उक्त राज्यको ठुलो भूभाग जलेर नष्ट भयो।

वैज्ञानिकहरुका अनुसार यसरी तापक्रम बढ्न वातावरणमा रहेको कार्बन डाई अक्साइड (CO2) को सबैभन्दा ठुलो हात रहेको छ र यो पछिल्लो ८००,००० वर्ष यता कै सबैभन्दा बढी मात्रामा पृथ्वीको वायुमण्डलमा रहेको पाइएको छ।

अघिल्लो वर्ष मात्र संयुक्त राष्ट्रसङ्घले मानव सिर्जित हरित गृह ग्यास उत्सर्जन वार्षिक रूपमा करिब ७.६ प्रतिशतले आगामी दशकभर घटाउनुपर्ने बताएको थियो।

उसका अनुसार, यसो गर्न सकिएमा मात्र औद्योगिक युग अघिको भन्दा १.५ डिग्री सेल्सियसमै भूमण्डलीय तापक्रम सीमित गर्न सकिने छ।

there is not  planet B
There is no planet B Source: iStockphoto

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now