SKIP TO MAIN CONTENT

आगो निभाउने क्रममा अर्को एक दमकलकर्मीको ज्यान गयो

NSW RFS firefighters.
NSW RFS firefighters. Source: AAP

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स र विक्टोरिया राज्यको सीमा छेउमा सल्केको डढेलो निभाउने क्रम एक स्वयंसेवी दमकलकर्मीको ज्यान गएको छ।

 नियन्त्रणभन्दा बाहिर रहेको उक्त आगो अल्बरीभन्दा ७० किलोमिटर टाढा रहेको ग्रिन भ्यालिमा लागेको थियो। कडा हावाका कारण उनी चढेको दमकल पल्टिएपछि, ती दमकलकर्मी मारिएको समाचारमा जनाईएको छ। 

त्यस दुर्घटनाका कारण अन्य दुई दमकलकर्मीहरु पनि घाईते भएको बताईन्छ। मरे रिभरका प्रहरिहरु हाल दुर्घटनास्थलमा रहेको बताईन्छ।

केहि दिनअघि मात्रै न्यु साउथ वेल्स राज्यका दुई स्वयंसेवी अग्नि नियन्त्रकहरु दमकल पल्टेर मारिएका थिए। सिड्नीको दक्षिणमा लागेको आगो निभाउने क्रममा जेफ्री किटन र एन्ड्रयु ओडायरको ज्यान गएको थियो।

ग्रीन भ्यालीमा हाल लागेको ढढेलोले २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलको जमीनलाई प्रभावित गरेको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now