SKIP TO MAIN CONTENT

काममा हुने अन्यायको जाँच-बुझ

Work abuse
Source: AAP

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

प्रवासी तथा अन्तराष्ट्रिय बिधार्थीमाथि काममा हुने ज्यादतिलाई ध्यानमा राख्दै अस्ट्रेलियाको सरकारले एउटा कर्यदाल गठन गरेको छ। उक्त कार्यदलले सरकारलाई के कस्ता नीतिहरु अवलम्बन गर्दा सबै किसिमका कामदारले उचित सम्मान तथा ज्याला पाउछन् भन्ने लगायतका बिषयहरुमा सल्लाह र सुझाव दिने छ।

आज घोषणा गरिएको सरकारी सूचना अनुसार, यदि रोजगारदाताले कामदारको आधारभूत हक खोसेमा, वा न्यून ज्याला दिएर राखेमा - त्यस रोजगारदाता माथिनै कारवाही हुने छ। रोजगारदाता, चाहे त्यो ठूलो कम्पनी होस् वा सानो पसल, सबैले आफ्ना कामदार माथि न्योचित्त व्यबहार गर्नुपर्छ भनी आज को प्रेस बिज्ञप्तिमा बताइएको छ।

केहि समय अघि सेवेन -लेवेन नामक ब्यबसायले आफ्ना कामदार, खासगरी अन्त राष्ट्रियविद्यार्थीहरु माथि कम तलब दिएर अन्याय गरेको समाचार आएपछि सरकारमाथि यस सबन्धमा थप जाच बुझ गर्न दबाब परेको थियो। यदि तपाई माथि पनि काममा दुर्ब्यबहार भएको छ भने यस बिषयमा सम्बन्धित निकाय मा सम्पर्क गर्न सक्नु हुनेछ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now