SKIP TO MAIN CONTENT

किन चुरोट तान्नुमा पहिले जस्तो आकर्षण छैन ?

Smoking
General stock of people smoking PRESS ASSOCIATION Photo.Dempsey/PA Wire Source: Press Association

1 min read

Published

By Nakari Thorpe

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अस्ट्रेलियामा बिगत केहि बर्ष देखि धुम्रपान गर्ने हरु को संख्या मा कमि आउदै छ, र हालै प्रकाशित तथ्यांकले बिकसित देशहरुमा अस्ट्रेलिया, यस सम्बन्धको सुधारमा निक्कै अगाडि रहेको देखिन्छ। दैनिक धुम्रपान गर्नेहरुको संख्यामा निक्कै कमि आएको छ र हाल तेह्र प्रतिशतमा झरेको बताईन्छ।

केहि बर्ष अघि यहाँको सरकारले चुरोटका डब्बाहरुमा आकर्षण नगराउन सादा प्याकेजिंगको कानूनी निर्देशन जारी गरेको थियो। यसलाई धेरै बिज्ञहरुले धुम्रपानमा आएको कमिको कारक हुन सक्ने बताएका छन्।

क्यानसर काउन्सिलका अधिकारीका अनुसार धुम्रपान, पछिल्ला दिनहरुमा सामाजिक रुपमै अलिक नपच्ने रुपमा हेरिदै आएकाले - यसरि लगातार रुपमा चुरोट सेवनमा कमी आएको हो। सरकारको लक्ष्य यो संख्यालाई अझै घटाएर, सन् २०१८ सम्ममा १० प्रतिसतमा झार्ने रहेको छ।

अन्य समुदायमा निक्कै उत्साहजनक प्रगति देखिए पनि , अस्ट्रेलियाको आदिबासी समुदायमा भनी सफलताको ठुलो फड्को मार्न नसकेको अधिकारीहरुले बताएका छन्। आउदा बर्षहरुमा यसमा पनि प्रगति हुने आशा लिईएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now