SKIP TO MAIN CONTENT

के नया बजेट ले तपाईलाई असर गर्ने छ त ?

Budget
Source: AAP

2 min read

Published

Presented by SBS Nepali

Source: SBS News


Skip to article content

अस्ट्रेलियाका अर्थ मन्त्री स्कट मरिसोंनले आज सार्वजनिक गरेको बजेटले आफ्नो पहिलो घर किन्ने तयारीमा रहेकाहरुलाई केहि कर सहुलियत उपलब्ध हुने घोषणा गरेका छन्। तर सन् २०१९ को मध्य मा हुने ०.५  प्रतिसतको मेडीकेरको कर बृदीले भने आउने दिनहरुमा सबैले थप कर सरकारलाई तिर्नुपर्ने हुन्छ।

 आज घोषणा भएको बजेट को मुख्य बुंदा हरु:

 आफ्नो पहिलो घर किन्ने तयारीमा रहेकाहरुलाई केहि कर सहुलियत उपलब्ध हुने भएको छ।  पछिल्ला दिनहरुमा आकासिएको घरहरुको मूल्यलाई ध्यानमा राख्दै यो घोषणा गरिएको हो।  यस अन्तर्गत घर किन्नेहरुले आफ्नो सुपरएनुएसन बाट चलाएको ३०,००० सम्ममा कर छूट पाउने छन्।  साथै बिदेशी लगानीकर्ताहरुलाई प्रदान गरिदै आएको सहुलियत घटाइने भएकाले घर किन्न पहिले जस्तो अफ्ठेरो नहुने विश्वास अर्थ मंत्रीले लिएका छन्।

 विधालय-स्तरको शिक्षाले अर्को दश बर्षका  लागि १८ अर्ब पाउने भएको छ भने बाल स्याहार केन्द्रको खर्चमा जागिरे आमा-बाबुहरूले पनि केहि सुबिधा पाउने भएका छन्। त्यसै गरि साना उधमी र सैन्य क्षेत्रले पनि यस बजेट बाट केहि लाभ पाएका छन्।

 तर  सन् २०१९ को मध्यमा हुने ०.५  प्रतिसतको मेडीकेरको कर बृदीले गर्दा सबै करदाताले थप कर तिर्नु पर्ने हुन्छ। साथै पाँच मुख्य ब्यांकहरुले अर्को चार बर्ष भित्र सरकारलाई   नया करको रुपमा ६ अर्ब डलर  तिर्नु पर्ने भएको छ।  बिश्वबिधालयको शुल्क बढेको छ भने, बिधार्थीले लिएको ऋण चुक्ता गर्नु पर्ने समय छोट्टाइएको छ।  बिदेशी सहयोगमा रोक्का र अस्ट्रेलियामा रोजगारी दिन बिदेशी  भित्राउने कम्पनीहरुले पनि थप रकम तिर्नु पर्ने यस बजेटले घोषणा गरेको छ।

 साथै सरकारी भत्ता पाउनेहरुले ती रकम   दुरुपयोग नगरुन भने हेतूले सरकार ले थप जांचहरुको पनि घोषणा गरेको छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now