कार्यस्थल दुर्घटना: उपचार खर्च कसले बेहोर्छ ?

Workplace Safety

Source: Pixabay

तपाईको कार्यस्थलमा तपाइले आफू सुरक्षित भएको अनुभूति पाउन अत्यन्तै आबस्यक हुन्छ र यसको प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व तपाईको रोजगारदाताको रहन्छ।

अस्ट्रेलियामा कार्यस्थललाई भौतिक रुपले मात्र नभई मनोबैज्ञानिक रुपले पनि सुरक्षित राख्नका लागि सरकारले थुप्रै निर्देसिका र नियमवाली जारी गरेको छ।यसको अर्थ, रोजगारदाताहरुको सुरक्षित कार्यस्थल बनाउने क्रममा खर्च बढी भए पनि उनीहरुको कर्मचारीले भने उच्च वातावरणमा आफ्नो काम गर्न पाउछन्।

तर यस सम्बन्धिमा कानूनी प्रावधानहरु रहेता पनि, अस्ट्रेलियामा सन् २०१३-१४ मा ५ लाख भन्दा बढी कर्मचरीहरु आफ्नो कामको सिलसिलमा घाईते भएका थिए। यस किसिमको दुर्घटनामा परे कर्मचरीहरुले आफ्नो रोजगारदाताले गरेको बिमाका कारण उपचार खर्च,सहुलियत लगायतका सुबिधाहरु पाउछन्।

तर विदेशबाट यहाँ आई काम गर्नेहरु भने कार्यस्थल दुर्घटनामा परे पनि, भाषागत वा अन्य समस्याका कारण उपचार खर्चको माग गर्न हिच्किचाउने देखिएका छन्। कतिले यस बिषयमा आफुलाई धेरै ज्ञान नभएका कारण वास्ता नगरेको बताउछन्।

काम गर्ने सिलसिलामा कोहि दुर्घटनामा पर्छ भने तिनलाई उपचार खर्च रोजगारदाताको बिमा मार्फत उपलब्ध गराईनुपर्छ र यो ती कर्मचारीको कानुनी हक हो।

थप जानकारीको लागि तलको लिंकमा जानुहोस्:

 


1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now