सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट हुन आगामी मार्च ३० मा नेपाल र अस्ट्रेलिया बीच काठमाडौँको दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदै छ।
कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुन नपाएका सकरुजका साथै झन्डै छ वर्ष देखि गृह मैदानमा आफ्नो खेल प्रदर्शन गर्न नपाएका नेपालका राष्ट्रिय खेलाडीहरुका लागि पनि यो खेल महातापूर्ण रहने बताइएको छ।
अस्ट्रेलियाली राष्ट्रिय फुटबल लीगका पुर्व खेलाडीका साथै सिड्नी ओलिम्पिक नामक फुटबल क्लबका प्रशिक्षक पनि रहीसकेका ग्यारी फिलिप्सलाई हालै नेपाली महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकको पदमा पनि नियुक्त गरिएको थियो।
पुरुष तर्फको राष्ट्रिय नेपाली टोलीका लागि चाहिं उक्त अस्ट्रेलियाली प्राविधिक निर्देशक हुन्।

फिलिप्स भन्छन दशरथ रंगशालाको अवस्थाका कारण गए केहि वर्ष देखिनै राष्ट्रिय टोलीले आफ्नो गृह मैदानमा नभई छिमेकि राष्ट्र भुटान लगायतका स्थानहरुमा म्याच खेल्न बाध्य भएका थिए।
यसकारण पनि काठमाडौँमा आयोजना हुने अस्ट्रेलिया विरुद्धको खेल ले नेपाली फुटबल प्रेमीहरुलाई धेरै उत्साहित बनाउने उनले बताए।
यस अघि विश्व कप छनौट अन्तर्गत अस्ट्रेलिया र नेपाल बीच गत अक्टोबर २०१९ मा क्यानबेरामा भएको म्याचमा ५ - ० ले नेपाल पराजित भएको थियो।
"तर उक्त खेलमा अस्ट्रेलियाले झनै बढी गोलका साथ् म्याच जित्नुपर्ने थियो", ५७ वर्षीय फिलिप्स ले एसबीएसको वर्ल्ड गेमलाई बताए।
"फुटबललाई नम्बर एक खेलको रूपमा हेरिने देशमा राष्ट्रिय खेलाडीहरुले आफ्ना समर्थकहरुका माँझ प्रदर्शन गर्न नपाउनु धेरै दुखको कुरा हो। त्यसैले आगामी म्याचको नतिजा जेभएता पनि उक्त दिनले नेपाली खेल प्रेमीहरुलाई धेरैनै हर्षित बनाउने छ।"

"सन् २०१९ मा २३ वर्ष मुनिका उमेरका खेलाडीहरुको दक्षिण एसियाली खेल नेपालमा आयोजना गरिएको थियो, र भुटान विरुद्धको नेपालको फाइनल म्याचको क्रममा, खेल हेर्नेहरुको संख्याका कारण काठमाडौँनै ठप्प भएको थियो। रंगशाला बाहिर राखिएका ठुला स्क्रीनहरुमा फुटबल हेर्न लाखौं मानिसहरु भेला भएका थिए, सडकमा सवारी साधनहरु पनि ठप्प भएका थिए", उनले भने।
"एक विकासोन्मुख फुटबल राष्ट्रको हिसाबले, उक्त म्याचको प्रभाव धेरैनै राम्रो हुने छ, यसकारण पनि नेपालको जीत भइसकेको छ।"
फिफा विश्व वरियतामा हाल १६१ औं स्थानमा रहेको नेपालले विश्व कप छनौट अनतर्गत अहिले सम्म खेलेको पांच ओटा खेलहरु मध्ये एउटामा मात्र जीत हासिल गरेको छ।
अस्ट्रेलिया पनि रहेको बी समूहमा नेपालले चाइनिज ताइपेलाई पराजित गरेको थियो र हाल आफ्नो समूहमा नेपाल चौथो स्थानमा रहेको छ।
हालै मर्मत कार्य सकिएको दशरथ रंगशालाको अवस्था राम्रो रहने भन्दै १८ देखि २३ डिग्री सम्मको तापमान अस्ट्रेलियाली खेलाडीहरुका लागि पनि धेरै राम्रो रहने ग्यारी फिलिप्स बताउछन्।

राष्ट्रिय टोलीका कप्तान पनि रहेका गोल कीपर किरण चेम्जोङ्ग हाल भारतीय क्लब पन्जाब एफसीका लागि खेल्दछन भने, अभिषेक रिजाल मोहम्मेदन एससीका लागि र मिडफ़िल्डर रोहित चन्द चाहिं इन्डोनेसियाली क्लब पर्सिया जकार्ताका लागि खेल्दछन्।
साथै कोरोनाभाइरस को महामारीका कारण नेपाल फर्कन नपाएका पुर्व प्रशिक्षक योहान कालिन को स्थान, नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी बाल गोपाल महर्जनले सम्हाल्ने छन्।
"हाम्रो पुरानो स्विडिश प्रशिक्षक ले राजिनामा दिनुपरेको थियो", फिलिप्सले भने।
एक महिना अगाडी मात्र नेपाल पुगेका ग्यारी फिलिप्स आगामी दिनहरुका लागि आफु उत्साहित रहेको बताउछन्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
