SKIP TO MAIN CONTENT

भीगन हुने इच्छा: नयाँ वर्षको नयाँ सङ्कल्प

नयाँ वर्षको सुरुवात सँगै धेरैले आफूमा केही सुधार ल्याउन, केही परिवर्तन गर्न खोज्नु त स्वाभाविक नै हो। हामीले सुन्ने नै गरेकै छौ, धेरैले शारीरिक व्यायाम, योगा, आफ्नो शरीरको तौल घटाउने जस्ता कुराहरूमा ध्यान दिने गरेका छन्।

Vegan Uprising

3 min read

Published

Updated

By Michelle Rimmer

Presented by SBS Nepali

Source: SBS



Skip to article content

आफ्नो मन तथा शरीरमा सुधार ल्याउन यस्ता विषयहरूलाई ध्यान दिन जरुरी पनि हुन्छ, तर लागेको बानी झ्याटै छोड्न पनि सजिलो भने हुन्न।

त्यही भएर जनावर विरुध्द हिंसा कम गर्न र साथै वातावरणको संरक्षणको लागि – कम्तीमा जनवरी महिनाभर शुद्ध शाकाहारी बस्न, यस सम्बन्धका अभियानकर्ताहरुले अपिल गरेका छन्।

अभियानकर्ताहरुले भीगन खानाको स्वाद लिन र यसलाई अपनाउन आग्रह गरेका छन्।

भीगन खानामा माछा,मासु र अण्डा मात्र नभएर दूधका परिकार पनि वर्जित रहेका छन्।

Vegan food
Source: Getty Images

भीगन खाना अहिले धेरै ठाउँहरूमा सजिलै उपलब्ध हुने भएकाले यस परिकारको स्वाद लिन कुनै गार्‍हो नहुने यी अभियानकर्ताहरुको भनाई रहेको छ।

यस किसिमको खानाले आफ्नो शरीरलाई नबिगार्ने त छदैछ, जनावरहरूमाथिको हिंसामा पनि कमी ल्याउँछ भनी भीगन खानाका प्रचारकहरू बताउँछन्।

सिड्नीको न्यूटाउनमा रहेको लेन्टिल याज एनिथिङ्ग रेस्टुरेन्टकी सञ्चालिका निकोल खौरिले यस रेष्टुरेनटमा पाउने खानाहरू सबै स्वादिलो हुने बताउँछिन्।

खासगरि दक्षिण एसियामा परिकारहरू त झनै मिठो हुने, आफ्ना ग्राहकहरू मन पर्ने खौरि बताउँछिन्।

त्यस रेस्टुरेन्टमा काम गर्ने स्वयंसेवीहरूले कम्तीमा पनि ६०० भाग खाना दैनिक ग्राहकहरूलाई पस्कने उनी बताउँछिन्।

भीगन खानाले कसैप्रति पनि भेदभाव राख्दैन र जनावर र वातावरणको हित र संरक्षण गर्छ भनी खौरि बताउँछिन्।

Lentil as Anything
Customers eating vegan meals at Lentil as Anything. Source: SBS News

जनावरहरूमाथि हुने हिंसालाई लिएर नै अहिले धेरै मानिसहरू भीगन हुँदै गएको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन्। अस्ट्रेलिया कै कुरा गर्ने हो भने, अहिले यहाँ भीगनहरुको सङ्ख्या निकै बढ्दै गइरहेको छ र यसरी भीगन हुने सख्याको दरमा तेस्रो स्थानमा रहेको छ।

सिड्नी सहरको मुख्य बजारको छेउमै रहेको न्यु टाउन , युवा पुस्ताका लागि निकै नै लोकप्रिय स्थान रहँदै आएको छ। त्यहाँ रहेको आफ्नो रेस्टुरेन्टहरूमा पनि युवा वर्ग नै निकै आउने खौरि बताउँछिन्।

अहिले आम मानिसहरूलाई भीगन हुनका लागि नयाँ वर्षको पहिलो महिना नै चुनौती स्वीकार गर्नका लागि अन्तर्राष्ट्रिय अभियान नै चलेको छ।

जनवरी महिनामा भीगन खाना मात्रको बानी बसाल्ने प्रयास संयुक्त अधिराज्यबाट सुरु भएको हो।
Go Vegan
जनवरी महिनामा यी शुद्ध शाकाहारी खाना बनाउने विधि र यसका फाइदाहरूको बारेमा व्यापक प्रचार गरिन्छ। Source: Getty

एनिमल्स अस्ट्रेलियाकी लिसा चकले भीगन खाना सम्बन्धमा आफ्नो इच्छा वेबसाइटमा दर्ता गराएमा मानिसहरूले यस सम्बन्धमा थप विवरण पाउने बताउँछिन्।सामन्य खाइरहेका परिकारभन्दा यी खाना बेग्लै हुने, स्वादिलो पनि हुने र साथै वातावरणका लागि राम्रो पनि हुने, चक बताउँछिन्।

तर यसरी खाइने शाकाहारी खानामा शरीरलाई चाहिने सबै पोषक तत्त्वहरू नहुन सक्ने शङ्का भने धेरैले लिँदै आएका छन्।

डाईटिशियन निकोल डाईलनले पनि भीगन खाना सुरु गर्नु अघि यसले आफ्नो पौषिक आवश्यक्तालाई कत्तिको पूरा गर्छ त्यसमा ध्यान दिन आवश्यक हुन जान्छ भनी बताउँछिन्। आमेगा थ्री र भिटामिन बी ट्युवेल्भजस्ता पोषण तत्त्वहरू शाकाहारी खानामा नहुनै उनी बताउँछिन्।

भीगन मात्र खानाले शरीरमा सोडियमको मात्रा बढ्ने र यसले शरीरलाई दीर्घकालीन रूपमा हानी गर्न सक्ने खतरा रहेको डाईलनले चेतावनी पनि दिएकी छिन्। भीगन खानाको मात्रा बढाउने र अन्य पोषक खाना पनि बढाउँदै लैजान उनले सल्लाह दिएकी छिन्।

यस जनवरी महिनाभर भीगन खाना मात्र खाने वाचा ३ लाख अस्ट्रेलियालीहरूले गरेको लिशा चकले जानकारी दिएकी छिन्। अहिले आएर भीगन खानाको सजिलो उपलब्धता भएकाले भीगन हुने समय अहिले भन्दा राम्रो कहिले नभएको उनको भनाई छ।

While we can’t say for certain if being a vegetarian helps you live longer, we do know having a well-planned, balanced diet is certainly good for you.
While we can’t say for certain if being a vegetarian helps you live longer, we do know having a well-planned, balanced diet is certainly good for you. Source: AAP/Mary Evans/Ardea/Jean-Michel Labat

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now