Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एक शताब्दी जिएका ३० जनाले बाँडे लामो जीवन जिउनुको अनुभव

मेलबर्नको किङ्गस्टनमा सय वर्ष वा सो भन्दा माथिका ३० जनाको एकै पटक जन्मदिन मनाइएको छ।

Mrs Surjit Kaur, the Punjabi centenarian from Melbourne
Mrs Surjit Kaur, the Punjabi centenarian from Melbourne Source: SBS Punjabi

त्यसको अर्थ जो सय वर्ष सम्म वा त्यो भन्दा बढी बाचे उनीहरूको सामूहिक जन्मदिन अघिल्लो हप्ता मनाइएको हो।

उक्त कार्यक्रममा एक शताब्दीको अनुभव बोकेका सहभागीहरूले ३० जनाको जम्मा गर्दा ३ हजार वर्षको अनुभव साटासाट गरेका थिए।

सन् १९०९ फेब्रुअरी ९ मा जन्मिएकी हेइक निआङ्ग अस्ट्रेलियाकै सबैभन्दा वृद्ध व्यक्ति हुन सक्छिन्।

११० वर्षीय यी मेलबर्नकी बासिन्दालाई खासै हिँड्नका लागी लठ्ठी पनि चाहिँदैन।

An elderly woman uses a mobility walker in Sydney (file image)
Source: AAP

हेइक कि नातिनी, काइलिया कोच उक्त सय बर्षीयहरूको जन्म दिन मनाइएको कार्यक्रममा उनले बोलेको कुरालाई उल्था गर्न आएकी हुन्।

उनी भन्छिन्, उनकी हजुरआमाको स्वास्थ्य सब ठिकठाक भए पनि स्मरण शक्ति भने पहिलेको जस्तो छैन।

हामीले बर्तमानका बारेमा कुरा गरी रहँदा उनको ध्यान भने प्राय विगत तर्फ नै फर्किने गर्दछ।

"मलाई लाग्छ उहाँको पुराना यादहरू प्राय गरी फर्की रहन्छन्, त्यसैले अहिले उहाँले युद्ध र आफ्ना दाजुभाइ र परिवार लगायतका बारेमा कुरा गरी रहनु भएको छ।"

उनी भन्छिन् यसमा हिएकलाई दोष दिन पनि मिल्दैन।

हेइक र उनका छोराछोरी, नाति नातिनी हरूले केही पिडा दायी समय पार गरेका छन्।

हेइकले आफूले अस्ट्रेलियामा पाएको नयाँ जीवन, मायालु परिवार र केही मादक पदार्थको प्रयोगलाई आफ्नो लामो आयु हुनुको श्रेय दिन्छिन्।

उक्त परिवारलाई कम्बोडिया छोडेर भाग्न बाध्य बनाइयो। र ८० को दशकमा उनीहरू अस्ट्रेलियामा शरणार्थीका रूपमा आएका थिए।

हेइकले आफूले अस्ट्रेलियामा पाएको नयाँ जीवन, मायालु परिवार र केही मादक पदार्थको प्रयोगलाई आफ्नो लामो आयु हुनुको श्रेय दिन्छिन्।

मेलबर्नको किङ्गस्टन सहरमा मात्र बसोबास गर्ने ३० जना १०० वर्ष बढी बाचेकाहरू मध्येकी एक हुन् हेइक ।

मेयर जर्जिना अक्स्ली भन्छिन् उनको काउन्सिल अस्ट्रेलिया कै सबैभन्दा बढी सय वर्ष बढी बाच्नेहरू भएको स्थान हो।

What is the centenarian secret of the City of Kingston, Victoria
What is the centenarian secret of the City of Kingston, Victoria Source: Google

त्यस्ता सय बर्ष पुगेकाहरू मध्ये एक जोडी दिदी बहिनी पनि छन् -जिन प्रुभन र एडा रिचर्डसन।

दिदी बहिनीहरू मध्येकी कान्छी जिनले आफू सय वर्षसम्म बाच्न नचाहेको भनेर आफ्नो पछिल्लो जन्मदिनमा भनेकी थिइन।

जिन भन्छिन्, चाहे पनि नचाहे पनि लामो आयु उनीहरूको वंशाणुगत विशेषता हो।

दिदी एडा एडा रिचर्डसन जो १०४ वर्षकी भइन उनी चाहिँ भन्छिन् लामो उमेर हुनुको प्रमुख कारण चिकित्सकहरूले दिएको सेवा र सहयोग हो।

 


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now