SKIP TO MAIN CONTENT

डढेलोले हजारौ क्वाला मारिएको अनुमान

यसपल्टको भयानक डढेलोको कारणले न्यु साउथ वेल्स राज्यमा ८००० भन्दा बढी क्वाला मारिएको अनुमान गरिएको छ।

A dehydrated and injured Koala receives treatment at the Port Macquarie Koala Hospital.
A dehydrated and injured Koala receives treatment at the Port Macquarie Koala Hospital. Source: Getty

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

क्वालाको ठूलो बस्ति रहेको यस राज्यको उत्त्तरी तटिय क्षेत्रमा सल्केको डढेलोले यस जनावर बस्ने हजारौ युकलेप्टस रुखहरु नष्ट भएका थिए। यहि डढेलोका कारण यी क्वालाहरु मारिएका थिए।

अस्ट्रेलियालाई चिनाउने एक विशेष जनावरको रुपमा क्वाला परिचित रहेको छ।

केन्द्रिय वातावरण मंत्री सुसन लेका अनुसार, न्यु साउथ वेल्स राज्यको पोर्ट मक्वारी क्षेत्रमा सल्केको ढढेलोको कारण यस राज्यको करिब ३० प्रतिशत क्वालाको जनसंख्या मारिएको बताएकी छिन्।

यसैबिच, अजी आर्क नामक वातावरण प्रवर्धनमा सक्रिय रहेको एक संस्थाका अनुसार अहिलेको डढेलोका कारण धेरै वन्यजन्तुहरु निकै प्रभावित भएको जनाएको छ। यस संस्थाका अध्यक्ष टिम फोक्नरका अनुसार अहिलेको अवस्थामा वन्यजन्तुहरुको लागि आपातकालीन अवस्था रहेको छ।

A sign, indicating koalas live in the area, stands in a burnt out forest near the town of Taree.
A sign, indicating koalas live in the area, stands in a burnt out forest near the town of Taree. Source: Getty

उनले सरकार र समुदायले यस सम्बन्धमा अझै काम गर्नु पर्ने बताएका छन्।

समाचारका अनुसार, यस गर्मी यामको डढेलोले अहिलेसम्म ५० लाख हेक्टर जमीन जलाई सकेको छ भने ९ जनाको ज्यान पनि गएको छ।

न्यु साउथ वेल्स राज्यमा अझै पनि १३०० भन्दा बढी दमकलकर्मीहरु सक्रिय रहेका छन्। केहि दिन अघि मात्र सिड्नीका दुई दमकलकर्मीहरुको आगो निभाउने क्रममा एक दुर्घटनामा परी मारिएका थिए। 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now