SKIP TO MAIN CONTENT

सावधान: कतै आफ्ना बच्चाहरुलाई गाजल भनेर यो विषादी त लगाई दिनुभएको छैन?

पाकिस्तानी तथा भारतीय मुलका तीन बाल-बालिकाहरु बिरामी परेपछि अस्ट्रेलियामा बिक्रि भईरहेका आइलाइनरहरु जफत गरिनुका साथै सरकारी तवरबाटै स्वास्थ्य चेतावनी दिईएको छ।

A supplied image of Hashmi Kohl eyeliner.
An imported eyeliner containing high lead levels is believed to have made three children sick. (AAP) Source: AAP

2 min read

Published

Updated

By Maya Jamieson



Skip to article content

करिब ८४ प्रतिशत सीसाबाट बनेको हाश्मी कोह्ल ब्राण्डको उक्त सौन्दर्य प्रसाधनमा आर्सेनिक, क्याडियम, क्रोमियम तथा पारो पनि पाईएको छ।

गाजल जस्तै उक्त आइलाइनरको प्रयोग पछि सिड्नीमा तीन बच्चाहरु बिरामी भएका छन् ।

न्यु साउथ वेल्स राज्यका सु-व्यवस्था सम्बन्धि मन्त्री म्याट कीनका अनुसार अधिकारीहरुले ल्याब परीक्षण गरेपछि उक्त प्रसाधन विषाक्त सामग्रीहरुद्वारा निर्मित भएको पाएका थिए।

"कुनै प्याकेटहरुमा त "यो सीसा मुक्त उत्पाद" हो भनेर समेत लेखिएको थियो। जुन बिल्कुलै गलत हो र यस्तो गर्नु एकदमै निन्दनीय कार्य हो।" मन्त्री कीनद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

बिरामी भएर स्वास्थ्य परिक्षण गर्दा चिकित्सकहरुले एकै परिवारका ती तीन बच्चाहरुको रगतमा अत्यधिक मात्रामा सीसा भेटेका थिए। तत्पश्चात, न्यु साउथ वेल्स फेयर ट्रेडिंगले आफ्नो अनुसन्धान सुरु गरेको थियो भने अस्ट्रेलियन बोर्डर फोर्सलाई थप अनुसन्धानका लागि सिफारिश गरिएको थियो।

न्यु साउथ वेल्स फेयर ट्रेडिंगका निरीक्षकहरुले नेपालीहरुको बाक्लै उपस्थिति रहेको सिड्नी वरपरका ग्रानभिल, ब्ल्याक टाउन, पारामाट्टा लगायातका क्षेत्रहरुमा रहेका ८३ वटा पसलहरुमा छापा मारेका थिए। त्यस मध्ये १२ वटा पसलहरुबाट उक्त प्रसाधन जफत गरिएको थियो।

मुख्यतया भारतीय तथा पाकिस्तानी सामानहरु बेच-बिखन भईरहेको यो वस्तु संयुक्त राज्य अमेरिकामा भने प्रतिबन्धित छ। गलत व्याख्या गरिएको प्याकेजिङ्ग तथा अधिक मात्रामा सीसा हुने कारणले गर्दा त्यहाँ कोह्ल ब्राण्डका आँखा वरिपरि प्रयोग गरिने सौन्दर्य प्रसाधनहरुमाथि अधिकारीहरुले कडा निगरानी राखेको बताईएको छ।

अस्ट्रेलियामा सरकारी मापदण्ड विरुद्ध सामानहरु बिक्रि-वितरण गर्ने व्यवसायहरुलाई ११ लाख डलरसम्म दण्ड जरिवाना हुने नीति-नियम रहेको छ।

आउँदा दिनहरुमा न्यु साउथ वेल्स फेयर ट्रेडिंगले अन्य सौन्दर्य प्रसाधनहरुको पनि जाँच गर्ने बताएको छ।

यदि तपाईंहरुले उक्त सामग्री प्रयोग गर्नुभएको भए तत्काल नजिकैको स्वास्थ्य सेवा प्रदायककहाँ सम्पर्क राख्नुहोला।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now