अस्ट्रेलियाको लेबर पार्टीले हालै सार्बजनिक गरेको एक प्रचारमा उक्त पार्टीले रंगभेदलाई बढावा दिएको अरोप लागेको छ।
उत्तरी क्विन्सल्याण्डका दर्शकहरु माझ सार्वजनिक भैसकेको उक्त प्रचारमा नेता बिल शोर्टनले बिदेशी कामदारको ठाउँमा अस्ट्रेलियाकै कामगरहरु लाई रोजगारी दिनु पर्छ भनी दाबी गरेका थिए। तर अस्ट्रेलियाका नागरिकहरु भनि देखाइएका जनसमूह भने "श्वेत" रंगका बढी देखिन्थे। र यसले गर्दा लेबर पार्टीले यस प्रचारमा अस्ट्रेलियाको सही प्रतिनिधित्व गर्न चुकेको आरोप लागेको छ।
नेता शोर्टनले उक्त प्रचार बनाउने क्रममा गल्ति भएको स्वीकार गरेका छन् र आईन्दा यस्तो नहुने दाबी पनि गरेका छन्।
