SKIP TO MAIN CONTENT

लोकमान बिरुद्ध नयाँ मुद्धा

Lokman Singh Karki
Source: Kantipur

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

ख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अदालतको अवहेलाना गरेको आरोप लगाउदै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन् ।

नेपाल क पत्रिका हरुले जनाए अनुसार, म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महल अनुसार १५ दिन कैद, एक हजार रुपैंया जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । आयोगका निलम्वित प्रमुख आयुक्त कार्की विरुद्ध मुद्दाको म्याद तामेली गर्ने सर्वोच्च अदालतको तेस्र्रो प्रयास पनि असफल भएको थियो । दुई पटकसम्म विभिन्न कारणले रोकिएको कार्कीकोे म्याद तामेली स्थानीय टोले युवाहरुले अवरोध गरेपछि असफल भएको थियो। यसअघि म्याद तामेलका लागि खटिएका तामेलदार शम्भु खत्रीले आफूले नसकेको प्रतिवेदन दिएपछि सर्वोच्चले नयाँ तामेलदार खटाएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now