मुख्य बुँदा:
- अस्ट्रेलियामा लगातार तेस्रो पटक ला निन्या भनिने वर्षामय मौसमी अवस्था आउने पूर्वानुमान।
- हे फिभर र एलर्जीका कारण प्रत्येक पाँच मध्ये एक अस्ट्रेलियालीलाई असर।
- समयमै उपचार नहुँदा यसले शरीरमा दीर्घकालीन समस्याहरू निम्त्याउन सक्ने।
वसन्त ऋतुको आगमनसँगै भिक्टोरियाका बसोबास गर्ने नोरीको क्लर्कलाई खोकी लाग्ने, आँखा चिलाउने र सिँगान बग्ने जस्ता लक्षणहरू देखिन थाल्छन्।
कोभिड–१९ सँग मिल्दा जुल्दा यी लक्षण आएसँगै प्रत्येक पटक उनले ऱ्यापिड एन्टीजेन परीक्षण गर्छिन्।
“अधिकांस समय त हे फिभर नै हुन्छ, तर पनि म परीक्षण चाहिँ गरिहाल्छु,” उनले भनिन्।
हे फिभर र कोरोना सङ्क्रमणमा खोकी लाग्ने, हाछुयु आउने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, थकान महसुस हुने, टाउको दुख्ने, खानाको स्वाद हराउने जस्ता उस्तै लक्षणहरू देखिने स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागले बताएको छ।
कोभिड या हे फिभर?
कोभिड र हे फिभरका लक्षणहरू मिल्दा जुल्दा हुने भएकाले यसका बिचमा फरक छुट्टाउनु महत्त्वपूर्ण हुने सिड्नीका जीपी डा.जेसन यु बताउँछन्।
“नाम भन्दा विपरीत हे फिभरले ज्वरो निम्त्याउने वा शरीर दुखाउने काम चाहिँ गर्दैन,” उनले भने।
“हे फिभरमा नाकमा पिडा हुने वा पोल्ने भन्दा चिलाउने बढी हुन्छ।”
हे फिभरका केही लक्षणहरू यस प्रकारका छन्:
- निन्द्राबाट बारम्बार बिउँझिरहनु
- दिउसोको समयमा थकान महसुस हुनु
- ध्यान केन्द्रित गर्न मुस्किल हुनु
- बारम्बार टाउको दुखी रहनु
- घाँटी दुख्नु
- आवाज बद्लिनु
- अनुहारमा दबाब वा पिडा हुनु
- गन्ध थाहा पाउने क्षमता घट्नु
- वयस्कहरूमा बारम्बार साइनस इन्फेक्सन हुनु
- बालबालिकामा बारम्बार कानमा इन्फेक्सन हुनु

डाक्टर यु आफूमा देखिएका लक्षणहरू ख्याल गर्न आग्रह गर्छन्।
“हे फिभर भएको अवस्थामा, एकै छिनमा ठिक भए जस्तो वा एक छिनमा बढी गराएजस्तो हुन सक्छ, जस्तो कि आज सिकिस्त बनाए जस्तो गरेर भोलि बिहान ठिक पनि हुन सक्छ, वा दिउसो फेरी बढ्न सक्छ,” उनले भने।
“तर लक्षण लामो समय देखिए चाहिँ कोभिड–१९ जाँच गराउनु पर्छ।”
आफूलाई शङ्का लोगमा चाहिँ कोभिड जाँच गराइहाल्नु पर्छडाक्टर यु
आफ्ना लक्षणहरूका बारेमा जानकारी राख्नका लागि सरकारी अनुदानबाट संचालित हेल्थ डाइरेक्टको वेबसाइटमा पनि जान सकिन्छ।

हे फिभर र एन्टीहिस्टामाइन्स
हे फिभर र यस्तै अन्य हाइभस, कन्जनटिभाइटीस, एक्जिमा जस्ता एलर्जीहरू एन्टीहिस्टामाइन्सबाट उपचार गरिन्छ।
तर डाक्टर यु का अनुसार हे फिभरका कारण नाक बन्द भएको अवस्थामा भने एन्टीहिस्टामाइन्सले काम गर्दैन।
“हे फिभरका कारण नाक बन्द भएकाहरूले गतिलो उपचार विधि खोज्नुपर्छ, यदि आफ्ना बच्चाहरूले नाक पुरै बन्द भएर मुखले श्वास फेरी रहेका छन् भने चिकित्सकको जानु पर्छ,” उनले भने।
“बेलैमा उपचार नभएमा यसले अनुहार विकृत बनाइदिन सक्ने सम्भावना हुन्छ,” डाक्टर युले थपे।
ला निन्या र 'पोलेन' अर्थात बोट बिरुवाका कण
अस्ट्रेलियामा लगातार तेस्रो वर्ष ला निन्या भनिने मौसमी घटनाको घोषणा गरिएको छ।
यसको मतलब यस पटक पनि सामान्य भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
जसले गर्दा बोट बिरुवाबाट निस्कने धुलो पनि बढ्न जान्छ।
चिकीत्सहरुले दमका रोगीहरूलाई पनि यसले खतरा निम्त्याउन सक्ने बताइरहेका छन्।
मौसम र हावामा विभिन्न फुल र बोट बिरुवाबाट निस्कने धुलो मिसिएपछि यसको सम्मिश्रणले एक खालको अनौठो संयोजन बन्ने बताइन्छ।
यी कणहरू हावाका माध्यमबाट विभिन्न स्थानहरूमा पुग्छन्।
यस्तो अवस्थामा मास्क लगाएर हिँड्दा पनि केही हदसम्म बचिने डाक्टर यु को सुझाव छ।
“फेस मास्कले कोभिड र हे फिबर दुबैबाट जोगाउन सक्छ,” उनले भने।
मध्यम वा अप्ठ्यारो पार्ने हे फिभर भएको अवस्थामा एलर्जी सम्बन्धी जाँच गर्न र उपचार खोज्न डाक्टर युले सबैलाई सल्लाह दिएका छन्।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
