गृह मन्त्री डट्टन "औ पेर" भिसामा हस्तक्षेप गरेको कारण दबाबमा

गृह मन्त्री पिटर डट्टन अध्यागमन तथा भिसा सम्बन्धी सार्वजनिक भएको तेस्रौं "औ पेर" घटनामा पनि मुछिए पछि, उनीमाथि त्यसको स्पष्टिकरण दिन दबाब परेको छ।

Dutton presenta proyecto de ley para reforzar poderes de ASIO

Mr Dutton remains as Home Affairs Minister Source: SBS

मुख्य बुँदाहरु

  • आफुलाई अलि नराम्रो लागेको भएर निर्णय उल्ट्याएको 
  • कुनै पनि आपराधिक इतिहास नभएकी युवतीलाई देश निकाला गर्नु उचित नभएको 
  • सन् २०१५ मा उनी अध्यागमन मन्त्री भएको बेला घटेको घटना 
  • सिड्नीको टू जीबी रेडियोसंगको कुराकानीमा भनेका: ती युवतीले कुनै पनि किसिमको काम नगर्ने शर्तमा मैले उक्त निर्णय गरेको हुँ 
  • सिफारिस गर्ने व्यक्तिको सामाजिक कद भन्दा निवेदनको स्तर तथा योग्यता हेरेर हुने 
  • टर्नबुललाई मन पराउने व्यक्तिहरुले आफ्नो प्रतिष्ठामा आँच पुर्याउन खोजेको 
  • सिनेट समिति छल-कपट पूर्ण

 

गृह मन्त्री पिटर डट्टनद्वारा लिबरल पार्टीलाई चन्दा दिने एक व्यक्तिको घरमा विदेश बसाईंको क्रममा घरेलू कार्यहरुमा सहायता गरे वापत निशुल्क: खानापिना तथा बस्न पाउने सुविधा उपभोग गर्ने अनि "औ पेर" पनि भनेर चिनिने एक फ्रान्सेली नागरिकको भिसा सम्बन्धी अध्यागमन विभागको निर्णय उल्ट्याउँदै उनलाई भिसा दिन तोकादेश दिएको आरोपको जवाफ दिनुपर्ने भनी लेबर पार्टीले आवाज उठाए पछि उनको खण्डन आएको हो।

पर्यटक भिसामा अस्ट्रेलिया आउन दरखास्त हालेकी "औ पेर" एलेक्सजान्द्रा डुवेल उक्त भिसामा यहाँ आएर कमाई गर्ने शङ्का लागेपछि अध्यागम विभागले उनलाई त्यस प्रकारको भिसा दिन मानेको थिएन।

अस्ट्रेलियन रुल्स फुटबल (एएफएल)का मुख्य कार्यकारी अधिकृत गिलन मक्लाक्लनका एक नजिकैका नातेदार समेत रहेका पशु-पालक क्यालम मक्लाक्लनको फार्ममा कथित रुपमा काम गर्न आउन लागेकी डुवेललाई आफ्नो स्वविवेक प्रयोग गर्दै गृह मन्त्री डट्टनद्वारा अस्ट्रेलिया आउन भिसा प्रदान गरिएको थियो।

अस्ट्रेलियन चुनाव आयोगमा रहेको अभिलेखहरुका अनुसार क्यालमका पिता ह्यु मक्लाक्लनले लीबरल पार्टीलाई पटक पटक गरेर एक लाख डलर भन्दा बढी रकम चन्दाको रुपमा दिएका छन्। उनले आर्थिक बर्ष २००७/०८ मा $३०,९७५, २०१२/१३ मा  $४४,१७० तथा २०१५/१६ मा $५०,००० लीबरल पार्टीलाई चन्दा स्वरुप प्रदान गरेका थिए। 

छायाँ सरकारमा बसेर अध्यागमन मामिला हेर्ने सङ्घीय सांसद शेन न्युम्यानका अनुसार लिबरल पार्टीलाई चन्दा दिने व्यक्ति वा त्यस्ता मानिसका नातेदारले गृह मन्त्रीलाई सम्पर्क गरेको मुद्दा सिनेटद्वारा जांच गरिनुपर्छ।

"यस घटनामा गृह मन्त्री जस्तो उच्च आहोदाका मानिसले जसरी हस्तक्षेप गरेका थिए, त्यो कुरा राम्ररी जनता सामु आउनु पर्छ', न्युम्यानले एबीसीलाई बताए।

लेबरको उक्त आरोप नकार्दै, कुनै चन्दा दिने मानिसको प्रभावमा परेर आफुले निर्णय नगरेको डट्टन बताउँछन्।

"यो बिल्कुलै निराधार तथा कपोलकल्पित आरोप हो। छायाँ मन्त्रीले पनि आफु मन्त्री पदमा छँदाको बखतमा यस्ता निक्कै निर्णयहरु गर्नु भएको छ। अब उहाँलाई सोध्नुपर्यो कि लेबर पार्टीलाई चन्दा दिने मानिसहरुको आग्रहमा त उहाँले त्यस्तो कार्य गर्नुभएको होइन ?" डट्टन प्रतिप्रश्न गर्छन्।

डट्टनका अनुसार, हरेक बर्ष अध्यागमन मन्त्रीहरुले आप्रवास विषयमा हजारौंका संख्यामा निवेदनहरु प्राप्त गर्दछन् र आफुले भिसा सम्बन्धी गर्ने निर्णयहरुको आधार भनेको प्राप्त निवेदनका योग्यता हुने बताए।

उनका अनुसार अध्यागमन मन्त्रीहरुलाई बर्षौंदेखि प्राप्त विशेषाधिकार आफुले पनि प्रयोग गरेको र त्यस्तो अधिकार प्रयोग गर्दा आफुले धेरै कुराको हेक्का राख्नुपर्ने जानकारी आफुलाई जानकारी रहेको बताए।

"हामीले यस्तो निर्णय गर्दा प्रशासनिक प्रक्रियाको पालना गर्नेपर्छ र हेरक निर्णयमा यो लागु हुन्छ", उनले थपे।

उता ग्रिन्स सिनेटर निक मक्किम पनि न्युम्यानसंग सहमती जनाउँदै भन्छन्, "डट्टनले केही गम्भीर प्रश्नको जवाफ दिनै पर्दछ।"

अघिल्लो हफ्ता लेबर पार्टीले "औ पेर"हरुको सन्दर्भमा मन्त्री पदको दुरुप्रयोग हुँदै आएको भन्ने कथित कार्यहरु माथि छानबिन समिति सङ्घीय संसदको उपल्लो सदनमा स्थापित गरेको थियो। सन् २०१५ मा दुई युवतीहरुलाई अध्यागमन विभागले प्रवेशाज्ञा नदिएपछि डट्टनद्वारा आफ्नो पदीय शक्तिको दुरुपयोग गर्दै त्यस्तो निर्णय उल्ट्याइको भन्ने आरोपको पनि सिनेट समितिले छानबीन गर्नेछ।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now