SKIP TO MAIN CONTENT

वृद्ध स्याहारको क्षेत्रमा थप उत्तरदायित्वको माग

सन् २०१६ मा एक वृद्ध स्याहार केन्द्रको हेरचाहमा रहेका बब स्प्रिग्सलाई चाहिने भन्दा बढी मात्रामा औषधि दिएर ज्यान गएपछि उनको श्रीमतीद्वारा वृद्ध स्याहारको क्षेत्रमा थप उत्तरदायित्वको माग गरेकी छिन्।

Carers Support
Elderly care in nursing home - doctor with patient. Source: Getty Images

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

बार्बरा स्प्रिग्सले एडिलेड स्थित ओकडेन वृद्ध स्याहार केन्द्रमा भर्ती भएका आफ्ना श्रीमान् दुर्व्यवहार तथा उपेक्षाको पात्र भएकाको वृद्ध स्याहारबारे अनुसन्धान गरिरहेको शाही आयोगलाई बयान दिने क्रममा बताएकी छिन्।

आफ्नो मन नथामी गहभरि आँसु पार्दै आफ्नो श्रीमानलाई खासमा के भएको थियो भनेर अझसम्म थाहा नभएको उनले आफ्नो बयानको क्रममा बताएकी छिन्।

Barbara Spriggs and her son, Clive, give evidence at the aged care royal commission.
Barbara Spriggs and her son, Clive, give evidence at the aged care royal commission. Source: SBS

आफ्ना प्रश्न एवं चिन्ताहरूलाई उक्त वृद्ध स्याहार केन्द्रले हरेकपल्ट जसो नै किन बेवास्ता गरेको भनेर पनि जान्न चाहेको बताएकी छिन्।

"मेरो कुराहरू राख्न, मैले महिनौसम्म लामो र कठिन लडाइँ लड्नुपर्थ्यो जस्तो लाग्दैन," आयोग समक्ष आफ्नो पहिलो बयानका क्रममा स्प्रिग्सले भनिन्।

" यदि कहिल्यै पनि मेरो कुराहरू माथि सुनवाई हुँदैन भन्ने थाहा पाएकी भए म सहजै समस्या सुल्झाउन आफ्नो समय व्यथित गर्नु बान्छनीय छैन भन्ठान्थे।"

आफ्ना पति माथि दुर्व्यवहार गर्ने व्यक्तिहरू अझै अन्य वृद्ध स्याहार केन्द्रहरूमा कार्यरत हुनसक्ने भन्दै स्प्रिग्सले चिन्ता व्यक्त गरेकी छिन्।

वृद्ध स्याहार क्षेत्रमा जवाफदेहिता निकै कम रहेको भनेर पनि उनले त्यसको कटु आलोचना गरेकी छिन्।

स्प्रिग्सले विशेषतः: गम्भीर चिन्ता भएका बेला जानकारीहरू सजिलो तथा सहज रूपमा मानिसहरूले प्राप्त गर्न सकिने प्रावधानहरू बन्नुपर्नेमा पनि जोड दिएकी छिन्।

"समस्या भएको खण्डमा त्यसको समाधान गर्ने प्रक्रिया सामान्य मान्छेले बुझ्ने भाषामा हुनु जरुरी छ।"

उनको अनुसार वृद्ध स्याहार केन्द्रहरूमा हुने सार्वजनिक तथा सबैले प्रयोग गर्न मिल्ने ठाउँहरूमा सीसीटीभी अडान गरिनु जरुरी रहेको छ। उनको अनुसार निजी कोठाहरूमा पनि त्यस्ता निगरानी राख्न मिल्ने यन्त्रहरू जडान गर्ने विकल्प दिइनुपर्छ।

[videocard video="1440459331512"]


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now