जिन्दगीलाई “रकिङ” बनाउन सक्नुपर्छ : सृष्टि केसी

मोटिभेस्नल स्पीकरको रुपमा परिचित सृष्टि केसी, यतिखेर दृष्टिबिहीन अपाङ्ता भएका मानिसलाई सशक्त बनाउन विभिन तालिन प्रदान गर्न सक्रिय भएकी छिन् । उनी दृष्टिबिहीन अपाङ्ता भएको मानिसलाई अवसर दिने उद्देश्यले सन् २०१४ मा स्थापना भएको 'ब्लाइन्ड रक्स्’ नामक संस्थाकी संस्थापक समेत हुन् । आठ कक्षा अध्ययनरत छँदा आँखाको ज्योति गुमाएकी सृष्टि केसीसँग एसबिएस नेपालीले गरेको कुराकानी :

Shristi KC in Kathmandu

Shristi KC in Kathmandu Source: Smriti Dhungana

१.'ब्लाइन्ड रक्स्’ कसरी स्थापना गर्नुभएको थियो ?

१६ वर्षमा जव आँखाको दृष्टि घराए । त्यसपछि मलाई समाजले गर्ने व्यवहारबाट आश्चर्यमा परेको थिए । मैले सकिङ परिस्थितिलाई रकिङ बनाउनुपर्छ भनेर आत्म विश्वास बढाउनतर्फ जुटे ।

'ब्लाइन्ड रक्स’मार्फत मेरा राम्रा क्षमता अरु दृष्टिबिहीन अपाङ्ता भएका मानिसहरुलाई सिकाउन थालें । उहाँहरुबाट मैलेपनि सिकेर सशक्त भइरहेको छु । यसले जिन्दगीका रंगीन पाटोहरु जस्तै डान्स फेसन, साहसी खेल, हाउभाउका कुरा र क्षमता विकासका कुराहरु सिकाउने गरेको छ ।

२.'ब्लाइन्ड रक्स्’ कस्तो संस्था हो ?

सन् २०१४ मा स्थापना भएको 'ब्लाइन्ड रक्स्’ मोबाइल स्टक्चर खालको संस्था हो । हामी दृष्टिबिहीन अपाङ्ता भएका मानिसहरुसम्म पुग्छौं । उहाँहरु स्कुलमा भए स्कुलमै, नभए जहाँ हुनहुन्छ त्यही पुगेर कार्यक्रम गरिरहेका छौं । अहिले हामी अन्तराष्ट्रिय रुपमा गइरहेका छौं । यसै अन्तर्गत हामीले युकेमा आफ्नो शाखा बिस्तार गरिसकेका छौं ।

हामीले दृष्टिबिहीन र अपाङतालाई केन्द्रित भएर काम गरिरहेका छौं । त्यबाहेक सवलाङ्गलाई भनेर विभिन्न क्षमता विकासका तालिमदेखि सेमिनारहरुपनि आयोजना गरिरहेका छौं । देख्ने र नदेख्नेबीचको खाडल पुर्नको लागि यस्ता कार्यशालाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन् ।

३.तपाईले दिने कार्यशाला विशेषगरी के–के विषयमा केन्द्रित हुने गरेका छन् ?

प्राय मैले दिने कार्यशालाहरु व्यत्तित्व र क्षमता विकासका विषयले प्राथमिकता पाउने गरेका छन् । त्यसबाहेक हामीहरु नेपालका विभिन्न क्षेत्रमा पुग्ने हुँदा परिवेश सुहाउँदो प्रशिक्षणहरुको आयोजना समेत गर्ने गरेका छौं ।

४. 'ब्लाइन्ड रक्स्’ ले नेपाल र युके शाखामार्फत कस्ता कामहरुलाई प्राथमिकता दिएका छन् ?

अन्तराष्ट्रिय नेकवर्क र सेमिनारको लागि आवश्यक पर्ने रकम जुटाउन 'ब्लाइन्ड रक्स्’ को युके शालाको भूमिका महत्वपूर्ण रहेको छ । नेपालमा भने विभिन्न क्षेत्रमा पुगेर कार्यशाला र सेमिनारहरु गरेर दृष्टिबिहिन अपाङ्ता भएका मानिसहरुलाई सशक्त बनाउन लागिपरेका छौं ।

५.तपाईले आँखा देख्दा र दृष्टिबिहीन अपाङ्ता भएपछि जिन्दगी कस्तो पाउनुभयो ?

पहिला चुलबुले बोलिराख्नुपर्ने केटी थिए । जव १६ वर्षमा एक्कासी देख्न छाडेपछि समाज बुझ्ने अवसर पाए । अहिले जिम्मेवार नागरिकको रुपमा समाज विकासको लागि काम गरिरहेको छु । वास्तविक संसार बुझ्न थालेंकी छु ।

आँखा देख्न नसक्ने भएपछि बल्ल मैले, जिन्दगीको भिजन देखें । दृष्टिबिहीन भएपछि मैले जिन्दगी अझ रंगीन र सुखमय पाएको छु ।

६. मोटिभेस्नल स्पीकरको रुपमा स्थापित तपाईले युवाहरु कसरी प्रेरित गरिरहनु भएको छ जस्तो लाग्छ ?

म आफैंबाट प्रेरणा लिइरहेको हुन्छु । प्रत्येक पाइलाले मलाई सिकाइरहेको हुन्छ । जिन्दगीमा महत्व नलाग्ने कुराहरुबाट प्रेरित हुँदा सन्तुष्टी प्राप्त हुने गरेको छ । यस्ता कुराहरु सबैले सिक्नुपर्छ भनेर मोटिभेस्नल स्पीकरको रुपमा युवाहरुलाई प्रोत्साहित गरिरहेको छु ।

७. आफ्ना जिन्दगीमा घटेका घटनाबाट कहिल्यै निराश हुनु भएन् ?

विभिन्न परिस्थितिले मानिसहरुलाई निराश बनाउनु स्वभाविक हो । यो महशु्सको गर्ने कुरा हो । मैले पनि निराश भएको महशुस गरेको थिए । अहिले निराशापनलाई सकारात्मक रुपमा लिएर जिन्दगीमा अघि बढाउन लागिपरेको छु ।

८. 'ब्लाइन्ड रक्स्’को लागि तपाईजस्तो दृष्टिबिहीन अपाङ्ता भएका व्यक्तिहरु कसरी जुट्नुभएको थियो ?

यो संस्था खोल्नुअघि मैले गुगलमार्फत विभिन्न अध्ययन गरेको थिए। त्यही सिलसिलामा दृष्टिबिहीन अपाङ्तालाई क्षमता विकास गराउन जुटेको सान्सार इन्टरनेशनल केरेलाले प्रदान गर्ने प्रशिक्षणमा छनोट भएको थिए । त्यसपछि हामीले टिम बनाएर काम गरिरहेका छौं ।


3 min read

Published

Updated

By Smriti Dhungana




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now