SKIP TO MAIN CONTENT

अस्ट्रेलियाले आफ्नो आप्रवासी दर घटाउनु पर्छ: पूर्व प्रधानमन्त्री एबट

एक प्रभावशाली दक्षिणपन्थी नेता तथा पूर्व प्रधानमन्त्री टोनी एबटले अस्ट्रेलियाद्वारा आफ्नो आप्रवासी नीति पुनरावलोकन गर्दै यहाँ भित्राउने आप्रवासीको सङ्ख्यामा कटौती हुनुपर्ने बताएका छन्।

Tony Abbott says he is "only too keen to help" in his new role as the UK's trade adviser.
Tony Abbott says he is "only too keen to help" in his new role as the UK's trade adviser. Source: AAP

2 min read

Published

Updated



Skip to article content

आफूले आप्रवासनलाई समर्थन गरेता पनि जति सुकै सङ्ख्यामा अस्ट्रेलियामा आप्रवासीहरू भित्राउन नहुने धारणा टोनी एबटले व्यक्त गरेका हुन्।

“गैरकानूनी आप्रवासीहरू माथि अङ्कुश लगाउन हामी सफल भएता पनि कानूनी आप्रवासीहरूको सङ्ख्या नियन्त्रण बाहिर गएको छ,” उनले भने।

मङ्गलवार आफ्ना पूर्व प्रधान अर्थ शास्त्री एन्ड्रु स्टोनको अस्ट्रेलियाली अर्थतन्त्र माथिको एक पुस्तक विमोचन गर्दै जनसङ्ख्या वृद्धि गर्न आप्रवासी भन्दा मध्यम वर्गीय महिलाहरूलाई अधिक सन्तान जन्माउन थप सहुलियत तथा सुविधाहरू दिइनुपर्ने पनि टोनी एबटले बताएका छन्।

Perinatal Depression and Anxiety
1 in every 5 new mums experience perinatal depression and anxiety. Source: Getty Images

“घरमै बसेर सन्तान हुर्काउने आमाहरूको यदि आफ्नै इच्छा हो भने म उहाँहरूको साथ छु तर एक सही रूढिवादी सरकारले गर्न सक्ने कुरा भनेको कसैका लागि पनि आफ्नो परिवार बनाउनु सबैभन्दा उत्तम कुरा हो भन्ने स्वीकार गर्दै त्यसका लागि कामकाजी महिलाहरूका निमित्त थप सन्तान पाउन सजिलो वातावरणको निर्माण गरिदिनु नै हो,” एबटले भने।

“हाम्रो लगायत पश्चिमा राष्ट्रहरूको प्रमुख समस्या भनेको मध्यम वर्गीय महिलाहरू धेरै सन्तान जन्माउन खोज्दैनन्। कल्याणकारी प्रणालीमा निर्भर रहेका महिलाहरूको धेरै सन्तान हुन्छन् र अत्यन्त सम्भ्रान्त वर्गका महिलाहरूलाई पनि थुप्रै बच्चाहरू पाउन गाह्रो छैन।”

पूर्व प्रधानमन्त्री एबटका अनुसार, त्यसरी अत्यधिक मात्रामा आप्रवासीहरूको सङ्ख्या वृद्धि हुनुमा विश्वविद्यालयहरू विदेशी विद्यार्थीहरूको पछि लाग्नु र व्यापारिक संस्थाहरूले पनि अस्ट्रेलिया बाहिरबाट अस्थायी कामदारहरू मगाउनु रहेको छ।

साथै, उनले भिड बढ्नु र तलब घट्नुमा पनि यी दुई नै कारक तत्त्व रहेको बताए।

Australia's population grows by 1.5 per cent
Australia's population grows by 1.5 per cent Source: AAP

“त्यसरी आउने मध्ये प्राय सबैजसो मानिसहरू उत्तम अस्ट्रेलियाली हुनेछन्, तर त्यो हाम्रो हितमा नै हुनेछ भन्न मिल्दैन किनकि यहाँ पहिलेदेखि नै अरूहरू पनि छन् र खाली आर्थिक वृद्धिलाई हेरेर मात्र सङ्ख्या बढाएको बढाए गर्नु ठिक होइन।”

आफ्नो प्रधानमन्त्रीत्व कालमा निकै उदार पेड पेरेण्टल लीभ भनिने तलब सहितको अभिभावक बिदा योजना सङ्घीय संसद्बाट पारित गराउन खोजे पनि टोनी एबट त्यसमा असफल भएका थिए।

आफ्नो उक्त नीति गलत समयमा ल्याइएको भन्दै त्यसका लागि सही समय आउनेमा आफू विश्वस्त रहेको समेत उनले बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now