Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बाउ जस्तै चम्के छोरा तेन्दुलकर

यस साप्ताहिक क्रिकेट चर्चामा “जिङ्ग” बेल्स, अफगानिस्तानको क्रिकेट, भारतीय ओपनर शिखर धवन र अर्का चर्चित भारतीय सचिन तेन्दुलकरका छोराको बलिङ।

Mumbai Celebrity Sighting
MUMBAI, INDIA MAY 24: Arjun Tendulkar and Sara Tendulkar at the screening of Sachin: A Billion Dreams in Mumbai. Source: Milind Shelte/India Today Group/Getty Images

अहिलेसम्म, विश्वकपको यो संस्करणमा ५ पटक ती एलईडी बत्ती जडान भएका “जिङ्ग” बेलहरू बलले लागे पनि खसेनन्।

बलर वा फिलडरले फालेको बलद्वारा वा ब्याट्सम्यान स्वयम्ले पनि यता उता गर्दा स्टम्प (त्यो तीन वटा गाडेको लट्ठी क्या) मा दखल पुगेर त्यस माथि रहेको तेर्सो “बेल” नझरे ब्याट्सम्यान आउट हुँदैनन्।

अब, बल फाल्दा बेलहरू झरेनन् भने समस्या त हुने भई हाल्यो!

पहिले पनि यस्तो भएको थियो ?

थियो नि, अस्ति भर्खरै सक्किएको भारतीय प्रिमियर लीग (आइपीएल), बिग ब्याश लिग (बीबीएल) र अघिल्लो विश्वकप संस्करणमा पनि यस्ता घटनाहरू नभएका होइनन्।

के बत्ती राखेको भएर ती खस्न नसकेका हुन् त?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यी बेलहरू अलिक बढी नै गरुङ्गो भएर नझरेका भने होइनन्।

उसका अनुसार, यी बेलहरूको वजन त हावाहुरी लागेको दिन खेलिने खेलहरूमा प्रयोग हुने बेलहरूको तुलनामा कमै छन्। तर, सामान्यतया राम्रो मौसम भएका दिनहरूमा प्रयोग हुने भन्दा चाहिँ अलिक गरुङ्गो!

त्यसो भए…अब के हुन्छ?

हाल केही हुने वाला छैन।

खालि ५ भाग्यमानी ब्याट्सम्यान र ५ दुर्भाग्यशाली बलरहरू भए अहिले सम्म यो विश्वकपमा - आसा गरौँ, अब आउने महत्त्वपूर्ण खेलहरूमा यसले निर्णायक भूमिका चाहिँ नखेलोस!

बेल नखस्ने खेलमा को-को संग्लग्न भएका थिए?

  • इंग्ल्याण्ड/साउथ अफ्रिका - अदिल रसिद (बलर) - क्विनटन डी कक् (ब्याट्सम्यान)
  • न्युजिल्याण्ड/श्रीलङ्का - ट्रेन्ट बौल्ट -- दिमुथ करुनारत्ने
  • अस्ट्रेलिया/वेस्ट इन्डिज - मिचेल स्टार्क -- क्रिस गेल
  • इंग्ल्याण्ड/बङ्गलादेश - बेन स्टोक्स -- मोहम्मद सिफुद्दीन
  • अस्ट्रेलिया/भारत - जस्प्रित बुम्राह -- डेभिड वार्नर

अफगानिस्तानको प्रदर्शन र आन्तरिक कलह

गत साल जिम्बाब्वेमा भएको वर्ल्ड कप क्वालिफाएर जितेर यसपालिको विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको अफगान टोलीले आसा गरे अनुरूप खासै राम्रो प्रदर्शन गर्न सकेको देखिँदैन।

किन त?

अहिले सम्म ५ खेलमा कुनै पनि खेल जित्न नसकेको अफगान टोली र यसका प्रशासकहरू बिच असमझदारी तथा दोषारोपण बढ्दै गइरहेको देखिन्छ।

कसरी?

खास गरी पूर्व अफगान फास्ट बलर दौलत अहमदजाईले राम्रै मानिएका पूर्व कप्तान अश्गर अफ्घानलाई उक्त पदबाट हटाईदिएपछि यो दक्षिण एसिआलि टोलीले आफ्नो लय हराएको जानाकरहरु बताउँछन्।

अनि कोच के भन्छन्?

हिजो बुधवार एक ट्विट मार्फत अफगान क्रिकेट टोलीका हेड कोच फिल सिमंड्सले उक्त टोलीको असफलताको जिम्मेवारी दौलत अहमदजाईले लिनुपर्ने बताएका छन् र त्यसको कारणहरू आफूले विश्वकप पछि बेली बिस्तार लगाउने पनि बताएका छन्।

निकाली दिंदैंनन् त फेरी त्यसो गरे भने?

सिमंड्सले आगामी जुलाई १५ तारिख देखि लागु हुने गरी राजीनामा दिई सकेका छन् र त्यो स्वीकृत पनि भइसकेको छ।

अर्को अफगान विवाद पनि छ है

अफगान क्रिकेट बोर्ड (एसीबी)ले आफ्नो विकेटकिपर ब्याट्सम्यान मोहमद्द साह्जादलाई पनि “अन्फिट” भन्दै इङ्ग्ल्याण्डबाट फिर्ता बोलाएको थियो भने यो प्रतियोगितामामा पहिलो दुई खेल खेलेका साह्जाद भने त्यो सही नभएको भन्दै उक्त भनाइको खण्डन गरेका थिए।

यी सबैको सुरुवात गरेका अहमदजाईलाइ पनि खासै केही उपलब्धि भने भएको छैन। उनलाई अफगान क्रिकेट बोर्डले “डीमोट” गर्दै जुनियर छनौट प्यानलतर्फ राखिदिएको छ।

टुङ्गियो मेलबर्न निवासी शिखर धवनको विश्वकप यात्रा

त्यसो त विश्वकप भएर होला - खबरहरू सबै महत्त्वपूर्ण नै लाग्ने गर्दछन् ।

अब फेरी भारत त क्रिकेटको “पावर हाउस” देशहरू मध्येको एक भइहाल्यो - त्यसैले चर्चा पनि अलिक धेरै नै हुन्छ।

भारतीय टोलीका ओपनर शिखर धवन जो आजकाल अस्ट्रेलियामै घरजम गरेर बसेका छन्, अब उनी यो विश्वकप खेल्ने छैन।

किन?

आइतबार ९ जुन, अस्ट्रेलिया विरुद्धको खेलमा उनको औँलामा बलले लागेर “हेयरलाइन फ्राक्चर” भएको थियो।

जुन अब चाँडै निको होला जस्तो चाहिँ छैन - त्यसैले उनलाई घर पठाएर उनको साटो ऋषभ पन्तलाई टोलीमा फिर्ता बोलाइयेको छ।

यसको पुष्टि गर्दै उनले एक भिडियो ट्विटर मार्फत सार्वजनिक गरेका छन्।

क्रिकेट पिचमा अर्का एक जनाको पनि हात भाँचिएको छ

मङ्गलवार भएको इङ्गल्याण्ड र अफगानिस्तानको म्याचको कुरो हो।

एक दर्शक आए दौडँदै - खेल सक्किएपछि - मैदानमा। झ्याप्प पारी हाले त्यहाँ रहेका सुरक्षाकर्मीहरूले।

उनी बेस्कनै लडे र उनलाई अस्पताल पुर्याइएपछी थाहा लाग्यो की उनको त हातै पो भाँच्चएछ!

तर त्यो भन्दा नि उदेक कुरो के भने नि, त्यही म्याचमा एक अर्का दर्शक पनि ती हात भाँच्चिने दर्शक भन्दा अगाडी नै मैदान ओर्लिएर दुवै छोडका बेलहरू - त्यही बत्ती बलने क्या - उठाएर भागे।

अब, बेलायतमा पनि अस्ट्रेलियाको जस्तै पिचमा अनाध्रिकृत प्रवेश गरेपछि त दण्ड सजाय त भई हाल्छ तर यी दुवैले कस्तो जरिवाना तिरे या के दण्ड पाए भन्नेबारे चाहिँ केही खुलेको छैन।

A pitch invader knocks off the bails during the ICC Cricket World Cup group stage match at Old Trafford, Manchester.
Source: AAP

बाउ भन्दा के कम

अब सचिन तेन्दुलकरको नाम नसुन्ने त को होला - तर उनको १९ वर्षीय छोरा अर्जुन तेल्दुलकरले पनि इंग्ल्याण्डमा नै तहल्का मच्चाएका छन्, भर्खरै - त्यो पनि क्रिकेट मैदानमै - गज्जबको बल फालेर।

एमसीसी युवा क्रिकेटर्स टोलीबाट उनी हाल इंग्ल्याण्डमा “सेकेन्ड ११” प्रतियोगितामा सहभागी जनाई रहेका छन्।

यसैक्रममा उनले ब्याट्सम्यानले खेल्नै नसकिने किसिमको “जाफ्फा” भनिने बल सर्री विरुद्धको खेलमा फ्याँकेर वाहवाही लुट्न सफल भएका छन्।

यसो भएपछि भारतमा त फेरी अर्का तेन्दुलकर छाएका छन्!

यी छोरा तेन्दुलकरलाई क्रिकेट भन्दा अगाडी फुटबल र चेसको खेलाडी बन्न मन लागेको उनका बाबु सचिन तेन्दुलकरले एक अन्तर्वार्ताका क्रममा बताएका थिए।


4 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now