SKIP TO MAIN CONTENT

पासपोर्ट तथा नोट छाप्ने कार्यालयमा हड्ताल

अस्ट्रेलियन राहदानीको मुख्य भाग तथा अस्ट्रेलियन बैंक नोट छाप्ने गरेको नोट प्रिन्टिङ्ग अस्ट्रेलिया नामक एक संस्थाले आफ्ना कामदारहरुलाई कार्यालय भित्र छिर्नबाट रोक लगाएको छ।

New financial year and many changes: Government announces new rule for Australian passports.
Source: Getty Images

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: AAP, SBS



Skip to article content

केही समयदेखि उक्त संस्था तथा त्यहाँ काम गर्ने कर्मचारीहरु बीच तलब-भत्ता सम्बन्धि विवाद निरन्तर चलिरहेको छ।

अस्ट्रेलियन म्यानुफ्याकचरिङ्ग वर्कर्स यूनियनका अनुसार उक्त संस्थाले मेलबर्न स्थित् आफ्नो कार्यालयमा कार्यरत आफ्ना कर्मचारीहरुलाई कार्यालय हाता भित्र प्रवेश गर्नबाट रोक लगाएको छ।

आफ्ना कर्मचारीहरुद्वारा माग गरिएको ३.५ प्रतिशत तलब वृद्धिको प्रतिवाद गर्दै नोट प्रिन्टिङ्ग अस्ट्रेलियाले यस्तो कदम चालेको उक्त यूनियनले आरोप लगाएको छ।

नोट प्रिन्टिङ्ग अस्ट्रेलियाले अस्ट्रेलियन राहदानी भित्र माइक्रो चिप हाल्ने महत्वपूर्ण कार्य गर्दछ। यसै चिपको सहायताले भ्रमण गरिरहेका यात्रीहरुको पहिचान हुन्छ।

"अस्ट्रेलियामा यस्तो विशिष्ट काम गर्ने क्षमता केवल नोट प्रिन्टिङ्ग अस्ट्रेलियाको मात्र छ। त्यहाँका कर्मचारीलाई काम गर्ने वातावरण बनाउनुको साटो भित्रै छिर्न नदिंदा राहदानी तथा बैंक नोटहरुको छपाई ढिलो हुने प्रवल सम्भावना रहेको छ", यूनियन भन्छ।

रिजर्ब बैंकका एक प्रवक्ताले भने यसो बताए "हामीसंग माग अनुसार पूर्ति गर्न सकिने नगद तयारी अवस्थामा रहेको छ।"

तर ती अधिकारीले शुक्रबार भएको भनिएको तालाबन्दी बारे भने केही पनि खुलाएनन्। नोट प्रिन्टिङ्ग अस्ट्रेलिया रिजर्ब बैंकको सहायक संस्था हो।

अनि अस्ट्रेलियन राहदानी वितरण गर्ने जिम्मा पाएको अर्को सरकारी कार्यालय डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेड (डिफ्याट)ले पनि आफुसँग मनग्य संख्यामा राहदानी मौजाद रहेको तथा नोट प्रिन्टिङ्ग अस्ट्रेलियामा चालु हड्तालले अहिल्यै केही समस्या उत्पन्न नहुने पनि बताएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now