SKIP TO MAIN CONTENT

कथित यौन दुर्व्यवहारको आरोप पछि लेबर नेताको राजिनामा

न्यू साउथ वेल्स लेबर पार्टीका नेता ल्युक फोलीले एबीएसकी एक महिला पत्रकार माथि कथित यौन दुर्व्यवहार गरेको आरोपका माँझ आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन्।

Ashleigh Raper and Luke Foley.
Ashleigh Raper and Luke Foley. Source: Twitter and AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

एक विज्ञप्ति मार्फत पत्रकार एश्ली रेपरले सन् २०१६ मा राज्यको संसद भवनमा आयोजना भएको क्रिसमस पार्टी पछि सिड्नीको मार्टिन प्लेस स्थित एक बारमा बिपक्षी नेताले आफुले लगाएको अन्डरवेयर भित्र हात राखेको बताएकी थिइन्।

तर आजै एक पत्रकार सम्मेलन आयोजना गर्दै फोलीले आफ्नो राजिनामा बारे घोषणा गर्ने क्रममा आफु विरुद्ध लगाइएको आरोप गलत भएको जोड दिए।

साथै,  एबीसीद्वारा सार्वजनिक आरोपले आफ्नो मानहानि भएको भन्दै आफ्ना वकिलहरुलाई मुद्दा दायर गर्न निर्देशन दिएको उनले बताए।

पत्रकार एश्ली रेपरले चाहिँ आफ्नो विज्ञप्तिमा उक्त कथित घटना भएको समयमा सिड्नी मार्निंग हेराल्डका पत्रकार शन निकोल्स पनि त्यहाँ रहेका बताइन।

तर आफूले निकोल्सलाई उक्त घटना बारे कसैसँग कुरा नगर्न आफूले आग्रह गरेको उनले बताइन।

गत महिना संसदीय विशेषाधिकार प्रयोग गर्दै लिबरल सांसद डेभिड एलियटले उक्त आरोप बारे राज्य संसद्मा बताए पछि उक्त मामिला बारे चर्चा बढेको हो। 

सो समयमा पनि लेबर नेताले उक्त आरोप पूर्ण रूपमा गलत भएको बताएका थिए।

तर आज एश्ली रेपरले आफ्नो विज्ञप्तिमा लेबर नेताले गत नोभेम्बर ४ को दिन फोन गरेर आफूसँग उक्त घटना बारे माफी मागेको बताएकी छिन्।

मदिरा सेवन गरेको अवस्थामा त्यसो भएको भनी लेबर नेताले आफूलाई बताएको रेपरको भनाइ थियो।

आगामी वर्षको मार्च महिनामा न्यु साउथ वेल्समा राज्य निर्वाचन हुँदैछ।

तर ल्युक फोलीले उक्त चुनावको लागि प्रचार र आफू निर्दोष भएको प्रमाणित गर्ने प्रयास एकै पटक गर्दा धेरै समस्या हुने सङ्केत गर्दै आफूले अबर्नको आफ्नो सिट नत्याग्ने पत्रकारहरूलाई बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now